Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे जिल्लामा बयासी हजार निरक्षर

प्रभातफेरी अनलाइन १७२१ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार (१३ साल अघि)
Post Thumbnail

काभ्रे जिल्लामा बयासी हजार निरक्षर
गोबिन्द खनाल
काभ्रेपलाञ्चोक जिल्लामा अझै ८२ हजार ५ सय ६ जना नागरिक निरक्षर रहेको तथ्याँक सार्वजनीक भएको छ ।
जिल्ला शिक्षा कार्यालय काभ्रेले काभ्रे जिल्लाभरका निरक्षर नागरिकलाई साक्षर बनाउन ’’ साक्षर नेपाल अभियान’’ सञ्चालनको पूर्व तयारीका क्रममा सो तथ्याँक सर्वजनिक गरेको हो ।
विगतमा राष्ट्रिय साक्षरता अभियानका नामले सञ्चालन भएको साक्षरता अभियान कार्यक्रम अन्तर्गत जिल्लाका ८७ गाउँ विकास समिति र ३ नगरपालिकाबाट कूल २ करोड ९२ लाख ७ सय ९ जना नागरिक साक्षर भईसकेको कुरा समेत जिल्ला शिक्षा कार्यालयको तथ्याँकमा उल्लेख छ ।
’’साक्षरता काभ्रेपलाञ्चोक अभियान’’ अवधारणा अन्तर्गत सन् २०१५ भित्र नेपालबाट निरक्षर उन्मूलन गर्ने महत्वकाँक्षी योजना अन्तर्गत काभे्रपलाञ्चोक जिल्लामा पनि त्यस अभियानलाई सफल वनाउन साक्षर अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्ट बताउँछन् ।
अभियानलाई अगाडी वढाउँन ३२ गाउँ विकास समिति र २ नगरपालिकाबाट यस आ. व. मा ९ हजार १ सय नागरिकलाई साक्षर बनाउन कार्यक्रम विस्तार गरिएको हो र चैतको दास्रो सातादेखि कार्यक्रम सञ्चालनको तयारीमा जुटिरहेको जिल्ला अनौपचारिक शिक्षा शाखा प्रमुख खगेन्द्रप्रसाद प्रसाईले जानकारी दिएका छन् ।
तीन महिने साक्षर नेपाल अभियान अन्तर्गत जिल्लामा कूल ४ सय ५५ कोटा बितरण गरिएको छ । जस अनुसार काभ्रेमा साक्षर बनाउने संख्या ९ हजार १ सय र स्वयं सेवाबाट साक्षर हुने संख्या ३ हजार ९ सय गरी यस आ. व. मा १३ हजार नागरिकलाई साक्षर बनाउनु पर्नेछ ।
नगरपालिकाभित्रका काही पनि नागरिक निरक्षर नहुन भन्नाका लागि सघन रुपमा अभियान सञ्चालन गरिने कार्यक्रम प्रमुख प्रसाईको भनाई रहेको छ । साक्षर नेपाल अभियानलाई सफल एवं प्रभावकारी वनाउन यस वर्ष अनौपचारिक शिक्षा केन्द्रले विगतको रणनीतिलाई केहि परिवर्तन गरि समुदायिक अध्ययन केन्द्र, सामुदायिक विद्यालय तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्था मार्फत प्रस्ताव माग गरी छनोट भएका संस्थामार्फत सो अभियान सञ्चालन गर्न लागेको छ । साक्षर नेपाल अभियानलाई पूर्ण सहयोगका लागि जिल्ला शिक्षा कार्यालय काभ्रेले नागरिक समाज, राजनीतिक दलका प्रतिनिधी, स्थानिय संघ संस्था, सामुदायिक विद्यालय, नीजि विद्यालय तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ । काभे्रमा राष्ट्रिय जनगणना २०६८ को तथ्याँक अनुसार जिल्लाको कूल साक्षरता प्रतिशत ६९.८०% रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0