ज्ञानमणि कालोटोपी ÷ चण्डेनीमण्डन
केहि वर्ष पहिले सम्म गाउँघरमा धेरै चल्तीमा रहेका ढिकी जाँतोहरु अहिले त्यति देखिदैनन् । आधुनिक मेशिनको प्रयोग बढेकाले पुरानो ढिँकी जातोहरु विश्थापित जस्तै भएका छन् ।
कुनै समय गाउँमा ढिकी जाँतो हुनु अनिवार्य जस्तै थियो । बिहानै देखि गाउँका महिलाहरु ढिकी जाँतोमा व्यस्त हुने गदर्थे । गाउँका प्राय जसो घरहरुमा ढिकी जाँतोहरु राखिएका हुन्थे । त्यतिखेर कुटानी पिसानीका लागि धेरै चल्तीमा रहेका ती उपकरणहरु अहिले त्यति प्रयोगमा छैनन् ।
जिल्लाको गहते गाउँकी ६५ वर्षीय सुन्तली मिजार ढिकी जाँतोको कुरा गर्ने वितिकै आफु बुहारी हुँदाको समय याद गर्छिन् । “ हाम्रो पालामा त विहानै उठ्ने वितिकै पहिलो काम ढिकीजाँतो चलाउने नै हुन्थ्यो । ” उनी सम्झन्छिन् , “त्यति बेला अहिले जस्तो आधुनिक मेशिनहरुको प्रयोग नभएकोले घण्टौं लगाएर ढिकीजाँतो चलाउनु प¥थ्यो । ”
आधुनिक प्रविधीको विकास सँगै चलाउन झन्झटिलो र धेरै समय लाग्ने यस्ता घरेलु उपकरणहरु विस्तारै लोप हुँदै गएका छन् । ढिकीजाँतो मात्र होइन, गाउँबाट ठेकी मदानी, पानी घट्टहरु, तथा तेल पेल्नका लागि प्रयोग गरिने कोलहरु पनि विस्थापन हुँदै गएका छन् ।
महादेवस्थानका व्यवसायी गोविन्द श्रेष्ठले गाउँमा आधुनिक मेशिन संचालन गर्न थालेको अहिले डेढ दशक जति भयो । छिटो र भरपर्दो तरिकाले धान कुट्ने तथा मकै, गहुँ लगायतका अन्नहरु पिस्न सकिने भएकाले धेरैको रोजाई आधुनिक मेशिनहरु बनेको उनको बुझाई छ । परम्परागत ढिकी जाँतोहरुमा पिसिएको अन्न आधुनिक मेशिनहरुमा पिसिएको भन्दा स्वादिष्ट हुने गर्दछ । केहीले अझै पनि स्वादका लागि भउपनि यस्ता ढिकी जाँतो प्रयोग गरिरहेका छन्, तर यस्ताको संख्या निकै कम छ । लोडसेडिङको समस्या रहँदा भने यी केही उपयोगी देखिएका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |