Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लोप हुँदै ढिकी जाँतो

प्रभातफेरी अनलाइन २२४१ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र १८, आईतबार (१२ साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी ÷ चण्डेनीमण्डन

केहि वर्ष पहिले सम्म गाउँघरमा धेरै चल्तीमा रहेका ढिकी जाँतोहरु अहिले त्यति देखिदैनन् । आधुनिक मेशिनको प्रयोग बढेकाले पुरानो ढिँकी जातोहरु विश्थापित जस्तै भएका छन् ।

कुनै समय गाउँमा ढिकी जाँतो हुनु अनिवार्य जस्तै थियो । बिहानै देखि गाउँका महिलाहरु ढिकी जाँतोमा व्यस्त हुने गदर्थे । गाउँका प्राय जसो घरहरुमा ढिकी जाँतोहरु राखिएका हुन्थे । त्यतिखेर कुटानी पिसानीका लागि धेरै चल्तीमा रहेका ती उपकरणहरु अहिले त्यति प्रयोगमा छैनन् ।

जिल्लाको गहते गाउँकी ६५ वर्षीय सुन्तली मिजार ढिकी जाँतोको कुरा गर्ने वितिकै आफु बुहारी हुँदाको समय याद गर्छिन् । “ हाम्रो पालामा त विहानै उठ्ने वितिकै पहिलो काम ढिकीजाँतो चलाउने नै हुन्थ्यो । ” उनी सम्झन्छिन् , “त्यति बेला अहिले जस्तो आधुनिक मेशिनहरुको प्रयोग नभएकोले घण्टौं लगाएर ढिकीजाँतो चलाउनु प¥थ्यो । ”

आधुनिक प्रविधीको विकास सँगै चलाउन झन्झटिलो र धेरै समय लाग्ने यस्ता घरेलु उपकरणहरु विस्तारै लोप हुँदै गएका छन् । ढिकीजाँतो मात्र होइन, गाउँबाट ठेकी मदानी, पानी घट्टहरु, तथा तेल पेल्नका लागि प्रयोग गरिने कोलहरु पनि विस्थापन हुँदै गएका छन् ।

महादेवस्थानका व्यवसायी गोविन्द श्रेष्ठले गाउँमा आधुनिक मेशिन संचालन गर्न थालेको अहिले डेढ दशक जति भयो । छिटो र भरपर्दो तरिकाले धान कुट्ने तथा मकै, गहुँ लगायतका अन्नहरु पिस्न सकिने भएकाले धेरैको रोजाई आधुनिक मेशिनहरु बनेको उनको बुझाई  छ । परम्परागत ढिकी जाँतोहरुमा पिसिएको अन्न आधुनिक मेशिनहरुमा पिसिएको भन्दा स्वादिष्ट हुने गर्दछ । केहीले अझै पनि स्वादका लागि भउपनि यस्ता ढिकी जाँतो प्रयोग गरिरहेका छन्, तर यस्ताको संख्या निकै कम छ । लोडसेडिङको समस्या रहँदा भने यी केही उपयोगी देखिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0