बनेपा ÷ नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघ काभ्रेले अगुवा कार्यकर्तालाई प्रशिक्षण अभियान शुरु गरेको छ ।
चौथो जिल्ला अधिवेशनवाट निर्वाचित पदाधिकारी एंव कार्यकर्ताहरुलाई संघले प्रशिक्षण थालेको हो । काभ्रेका चार वटै निर्वाचन क्षेत्र र जिल्ला समितिका पदाधिकारीहरुलाई कांग्रेस, दलित आन्दोलन, नेतृत्व विकास र आगामी चुनावी रणनीतिबारे प्रशिक्षण दिइने अध्यक्ष रामचन्द्र रम्तेलले बताए ।
लोकतन्त्रमा मात्र दलितहरुको अधिकार सुनिश्चित हुने कुरालाई आत्मसाथ गर्दै राष्ट्रियता,लोकतन्त्र र समाजवादलाई आफ्नो आदर्श मान्दै आएको नेपाल दलित संघको नेतृत्वमा मात्र दलितहरुको भविष्य रहेको उल्लेख गर्दै संघका अध्यक्ष रम्तेलले काभ्रेका दलितहरुको कांग्रेसमा आकर्षण वढिरहेको जानकारी दिए ।
जिल्ला सदस्य एंव प्रशिक्षण विभाग प्रमुख दिनेश लामा, क्षेत्र नं. २ का सभापति एवं अधिवक्ता रमेश प्रसाद हुमागाईले प्रशिक्षण दिएका छन् । संघले चैत्र १० र १७ गते प्रशिक्षण सम्पन्न गरिसकेको छ भने २४ र ३१ पनि प्रशिक्षण हुने जनाएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |