संयुक्त राज्य अमेरिका सबेको सपनाको भुमि हो । धेरैले यहाँ पुग्न चाहन् । यहाँको सुख सुविधा खोज्नेहरु त यही बस्न समेत रुचाउँछन् । विभिन्न उच्च पदमा रहेका पनि यतै निम्न स्तरका कामहरु गरेर बसिरहेको चर्चा यदाकदा सुन्न सकिन्छ । डिभी पारेर अमेरिका उड्ने सपना बोक्ने नेपालीको जमात पनि ठूलै छ । नेपालमा पसिना बगाउनु भन्दा उताको कमाइ प्रति आकर्षित हुने युवाहरु बर्षेनी विदेशी रहेका छन् । केही समय उता बसेर उतैको ग्रिनकार्ड बोकेर उतै बस्ने पाए त धेरैले आफुलाई भाग्यमानी नै
तर २० बर्ष अमेरिका बसेर उतैको “ग्रिनकार्ड होल्डर ” एक नेपाली चेली भने नेपालमा नै केही गरौँ भनेर यतै बसेकी छिन् र कृषि व्यवसाय शुरु गरेकी छिन् ।
अमेरिकाको भर्जिनिया बस्दै आएकी कल्पना क्षेत्री डेढ महिनाको विदा मनाउनको लागि नेपाल आएकी थिइन् । तर, अमेरिकामा रियल स्टेटको व्यवसाय गर्ने क्षेत्रीको मन नेपालमा नै रमायो । उनी डेढ बर्षदेखि छोरा अबेक सँग यतै रमाइरहेकी छिन् र कृषि व्यवसाय शुरु गरेकी छिन् । उनीको नेतृत्वमा ७ जनाको समुहले काभ्रेको रविओपीमा शुभारम्भ कृषि फार्म शुरु गरेको छ ।
उनको पुरै परिवार अमेरिकामा बस्छ । छोरासँगै उनी काठमाण्डौँ बस्छिन् । क्षेत्रीको नेतृत्वमा उनको समुहले शुरु गरेको फार्ममा स्थानीय १०÷१५ जनाले रोजगारी पाएका छन् । छुट्टी मनाउन नेपाल आएकी उनी नेपालमा नै कृषि व्यवसायतिर लागेकी छिन् । रमाइलो के छ भने अव उनी अमेरिका त जान्छिन् तर घुम्नको लागि मात्रै ।
अर्गानिक तरकारी उत्पादन गर्ने उनको फार्ममा तरकारीका अलावा गाई, कुखुरा, सुँगुर, बंगुर माछा, हाँस, घोडा राखिनेछन् । ४० रोपनी क्षेत्रमा फैलिएको फार्ममा होमस्टे सञ्चालन गर्नको लागि घर पनि छ । १४ लाखको प्रारम्भिक लगानीमा शुरु भएको फार्मलाई ३ सय रोपनी सम्म फैलाउने योजना पनि बनेको छ । उनलाई जिआईजेडकी इञ्जिनियर बन्दना शर्मा, नविन रिमाल, राजन रिमाल, स्थानीय रेणुका सापकोटा, सुमित्रा आचार्य, पुष्पा ढकाल लगायतको समुहले सघाएको छ ।
एक त मानिस अमेरिका गएपछि फर्कन चाहँदैन, त्यस माथि नेपाल आएर पनि कृषिमा हात हाल्न चाहँदैन । अमेरिकामा दुख गरी कमाएको पैसा विलासितामा खर्च गर्ने र केही समय पछि फेरी अरव छिर्ने हामीले धेरै देखेका छौँ । क्षेत्रीको समहुले कृषिमा जुन सम्भावन देखेर व्यवसाय शुरु गरेको छ, उनीहरुको यो प्रयासको मुक्त कण्ठले प्रशंसा गर्नैपर्छ । उनी र उनको समुह विदेशीन चाहने आम नेपालीको लासग उदाहरण बन्न सक्छन् । देश विकासको लागि स्वदेशमा नै केही गनुपर्छ भन्ने सन्देशको पनि यसले दिन्छ । थोरै मुल्यको लागि विदेशमा पसिना बगाउनुभन्दा नेपालमा नै केही गर्ने हो भने देश विकास हुनसक्छ । क्षेत्रीको यो उदाहरणलाई प्रेरणाको रुपमा लिएर देशको विकासको लागि केही गर्न अब ढिला गर्नुहुँदैन ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |