Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर १३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वदेशमा नै केही गरौँ

प्रभातफेरी अनलाइन ११०४ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र १८, आईतबार (१० साल अघि)
Post Thumbnail

संयुक्त राज्य अमेरिका सबेको सपनाको भुमि हो । धेरैले यहाँ पुग्न चाहन् । यहाँको सुख सुविधा खोज्नेहरु त यही बस्न समेत रुचाउँछन् । विभिन्न उच्च पदमा रहेका पनि यतै निम्न स्तरका कामहरु गरेर बसिरहेको चर्चा यदाकदा सुन्न सकिन्छ । डिभी पारेर अमेरिका उड्ने सपना बोक्ने नेपालीको जमात पनि ठूलै छ । नेपालमा पसिना बगाउनु भन्दा उताको कमाइ प्रति आकर्षित हुने युवाहरु बर्षेनी विदेशी रहेका छन् । केही समय उता बसेर उतैको ग्रिनकार्ड बोकेर उतै बस्ने पाए त धेरैले आफुलाई भाग्यमानी नै
तर २० बर्ष अमेरिका बसेर उतैको “ग्रिनकार्ड होल्डर ” एक नेपाली चेली भने नेपालमा नै केही गरौँ भनेर यतै बसेकी छिन् र कृषि व्यवसाय शुरु गरेकी छिन् ।
अमेरिकाको भर्जिनिया बस्दै आएकी कल्पना क्षेत्री डेढ महिनाको विदा मनाउनको लागि नेपाल आएकी थिइन् । तर, अमेरिकामा रियल स्टेटको व्यवसाय गर्ने क्षेत्रीको मन नेपालमा नै रमायो । उनी डेढ बर्षदेखि छोरा अबेक सँग यतै रमाइरहेकी छिन् र कृषि व्यवसाय शुरु गरेकी छिन् । उनीको नेतृत्वमा ७ जनाको समुहले काभ्रेको रविओपीमा शुभारम्भ कृषि फार्म शुरु गरेको छ ।
उनको पुरै परिवार अमेरिकामा बस्छ । छोरासँगै उनी काठमाण्डौँ  बस्छिन् । क्षेत्रीको नेतृत्वमा उनको समुहले शुरु गरेको फार्ममा स्थानीय १०÷१५ जनाले रोजगारी पाएका छन् । छुट्टी मनाउन नेपाल आएकी उनी नेपालमा नै कृषि व्यवसायतिर लागेकी छिन् । रमाइलो के छ भने अव उनी अमेरिका त जान्छिन् तर घुम्नको लागि मात्रै ।
अर्गानिक तरकारी उत्पादन गर्ने उनको फार्ममा तरकारीका अलावा गाई, कुखुरा, सुँगुर, बंगुर माछा, हाँस, घोडा राखिनेछन् । ४० रोपनी क्षेत्रमा फैलिएको फार्ममा होमस्टे सञ्चालन गर्नको लागि घर पनि छ । १४ लाखको प्रारम्भिक लगानीमा शुरु भएको फार्मलाई ३ सय रोपनी सम्म फैलाउने योजना पनि बनेको छ । उनलाई जिआईजेडकी इञ्जिनियर बन्दना शर्मा, नविन रिमाल, राजन रिमाल, स्थानीय रेणुका सापकोटा, सुमित्रा आचार्य, पुष्पा ढकाल लगायतको समुहले सघाएको छ ।
एक त मानिस अमेरिका गएपछि फर्कन चाहँदैन, त्यस माथि नेपाल आएर पनि कृषिमा हात हाल्न चाहँदैन । अमेरिकामा दुख गरी कमाएको पैसा विलासितामा खर्च गर्ने र केही समय पछि फेरी अरव छिर्ने हामीले धेरै देखेका छौँ । क्षेत्रीको समहुले कृषिमा जुन सम्भावन देखेर व्यवसाय शुरु गरेको छ, उनीहरुको यो प्रयासको मुक्त कण्ठले प्रशंसा गर्नैपर्छ । उनी र उनको समुह विदेशीन चाहने आम नेपालीको लासग उदाहरण बन्न सक्छन् । देश विकासको लागि स्वदेशमा नै केही गनुपर्छ भन्ने सन्देशको पनि यसले दिन्छ । थोरै मुल्यको लागि विदेशमा पसिना बगाउनुभन्दा नेपालमा नै केही गर्ने हो भने देश विकास हुनसक्छ । क्षेत्रीको यो उदाहरणलाई प्रेरणाको रुपमा लिएर देशको विकासको लागि केही गर्न अब ढिला गर्नुहुँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

  • पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

  • Post Thumbnail

    चोरीको सामान सहित मानिस पक्राउ

  • Post Thumbnail

    धनतेरस (धन्वन्तरी) जयन्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०८० कार्तिक ०६ गते

    २०८० कार्तिक ०६ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    गोवर्धन पुजाको महत्व

    गोवर्धन पुजाको महत्व

    लक्ष्मीपूजाको महत्त्व

    लक्ष्मीपूजाको महत्त्व

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0