सामुदायिक वन प्रति आर्कषण बढ्दो
बनेपा ÷ जिल्लाका अधिकांश गाविसहरुमा विगत एक दशक देखि सामुदायिक वन जोगाउने अभियान संचालन भइरहेको छ । हाल जिल्लामा करिव २ सय वटा सामुदायिक वनहरु जिल्ला वन कार्यालयमा दर्ता छन् । यसअघि सुख्खा रहेका डाँडाहरुमा अहिले वृक्षरोपण गरेपछि हरिया मात्र भएका छैनन् , पुराना वनहरु पनि जोगिएका छन् । वन संरक्षण सँगै विभिन्न प्रजातीका जडिवुटिहरुको संरक्षण पनि वढेको छ । यति मात्र होईन, लोप हुन लागेका जंगली जनावर मृग , हरिण , जरायो , दुम्सी , चितुवा, सालक तथा पंक्षीहरु मयुर, कोइली आदिको संख्या पनि वढेको छ । अबको केहि वर्ष भित्रै यहाँ सामुदायिक वनहरुको संख्या अभैm वढ्न सक्ने ठूलो वन सामुदायिक वन उपभोक्ता समितीका सचिव शिवराम तिवारीले अनुमान गरे ।
संगिता नेपाल ÷ प्रशिक्षार्थी
उच्च शिक्षाको अवसर वढ्दो
महादेवस्थान ÷ जिल्लाको मण्डनभेगमा विगत पाँच वर्ष सम्म उच्च शिक्षाका लागि सिमित मात्र उच्च मावि हुँदा समस्यामा रहेका विद्यार्थीहरुलाई अहिले सजिलो भएको छ । प्रत्येक जसो गाविसहरुमा एउटा उच्च मावि संचालनमा आए पछि अहिले यहाँका विद्यार्थीहरुलाई सजिलो भएको हो । मण्डनभेगमा रहेका ४ गाविस तथा आसपासका अन्य गाविसहरुको एउटै मात्र उच्च मावि डेडीथुम्कामा विद्यार्थीहरुको अत्याधिक चाप रहने गथ्र्यो तर अहिले नजिकै अरु पाँच वटा उच्च माविहरु संचालन भईसकेका छन् । अहिले उनीहरुलाई घर पायकमै उच्च शिक्षा हासिल गर्ने अवसर मिलेको डेडीथुम्का उच्च माविका शिक्षक बद्रि प्रसाद सापकोटाले बताए । यी उच्च माविबाट उत्तीर्ण विद्यार्थीहरुले डेडीथुम्का पव्लिक क्याम्पसमा अध्ययनको अवसर समेत पाएका छन् । गाउँमा नै उच्च शिक्षा हासिल गर्ने अवसर भएकाले बनेपा, धुलिखेल, राजधानी छिर्नुपर्ने बाध्यता पनि क्रमश हट्दै गएको छ ।
संगिता नेपाल ÷ प्रशिक्षार्थी
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |