Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

युवाहरुको लगानीमा कृषि बजार

प्रभातफेरी अनलाइन १३५२ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३१, शनिबार (१३ साल अघि)
Post Thumbnail

नगेन्द्र अधिकारी ÷ बनेपा
विभिन्न पेशा व्यवसायमा संलग्न ९ युवाले ४ करोडको लगानीमा काभ्रे कृषि बजार मल्टिपर्पाेज प्रालि स्थापना गरेका छन् । १० रोपनी जग्गा १५ बर्षको लागि लिजमा लिएर उनीहरुले कृषि बजार सञ्चालनमा ल्याएका हुन् ।
राजकुमार बस्नेत, सरोज दुवाल, विजय श्रेष्ठ, विक्रम मानन्धर, बालकृष्ण शाही, धन शाही, नातिभाई मानन्धर, दिलबहादुर मानन्धर, शान्तराज खड्गीले संयुक्त रुपमा लगानी गरेका छन् ।
२० बर्षदेखि तरकारीको काम गरिरहेका विजय र साथीभाइले सल्लाह गरेर २०६९ असोज देखि काम शुरु गरेका थिए । १ सय १० स्टल क्षमताको बजारमा अहिले १ सय स्टल तयार भइरहेका छन् । ताजा तरकारी, माछा, मासु, गेडागुडी रेडिमेड सामान लगायतका सामान समेत राखिने प्रालिका अध्यक्ष बस्नेतले जानकरी दिए । “जिल्लामा तरकारीको व्यवस्थित बजारको आवश्यकता महशुस गरेर स्थापना गरेका हाँै । ” उनले भने ।
कृषिमा नै भविष्य देखेर यो क्षेत्रमा लगानी गरिएको सञ्चालक विजय श्रेष्ठले जानकारी दिए । “एकै ठाउँमा कृषि सम्वन्धि सबै सामान पाइयोस् भन्ने हो । ” उनले भने । श्रेष्ठका अनुसार, प्रालिले छिट्टै कृषि औजार, मल, भेटेनरी सामाग्रीहरु पनि राख्नेछ । किसानको मागकै आधारमा भण्डारण गर्ने स्थान पनि उपलव्ध गराउने उनले बताए । “किसानहरुको सामान किन्छौँ, पनि उहाँहरुले यहीँ भण्डारण पनि गर्नसक्नुहुन्छ । ” उनले भने । प्रालिले विभिन्न तरकारी उत्पादक किसान, सहकारीहरु संग पनि समन्वय गरिरहेको छ । विचौलियाको अन्त्य गर्ने उद्धेश्य रहेको जानकारी दिँदै सञ्चालक सरोज दुवालले डिजिटल नापतौल प्रयोग गर्ने भएकाले किसानहरु नठगिने दावी गरे ।
काभ्रे तरकारी उत्पादनको हिसावले अग्रणी जिल्ला मानिन्छ । राजधानीमा मागको २० प्रतिशत तरकारी काभ्रेबाट आपुर्ति हुने गरेको छ । एक तथ्यांक अनुसार काभ्रेबाट बार्षिक सवा लाख मेट्रिकटन तरकारी राजधानी भित्रिने गरेको छ ।
कृषि विकास कार्यलय काभ्रेका अनुसार, जिल्लाभर ९ हजार ५ सय ४५ हेक्टरमा तरकारीखेती गरिन्छ । जहाँ बार्षिक १ लाख ५० हजार २ सय ३८ मेट्रिकटन   तरकारी उत्पादन हुन्छ । उत्पादनको १० देखि २० प्रतिशत जिल्लामै खपत हुन्छ भने बाँकी राजधानीलगायत मुलुकका विभिन्न सहरमा जाने कार्यालयले जनाएको छ ।
काभ्रेबाट पोखरा, नारायणघाटलगायतका प्रमुख सहरहरुमा पनि ठूलो परिमाणमा तरकारी जाने गरेको छ  काभेरको पाँचखाल, नाला, महादेवस्थान, जैसीथोक, ज्याम्दी, कुशादेवी, ढुंर्खकलगायतमा व्यावसायिक तरकारीखेती गरिँदै आएको छ । काभ्रेमा आलु, गोलभेंडा, काउली, बन्दा, रायो, मुला, फर्सी, खुर्सानी, सिमी, भन्टालगायतका तरकारी उत्पादन हुन्छ ।
अलपत्र बन्यो तरकारी बजारको योजना
बनेपा नगरपालिकाले वडा नं ११ बुडोलमा सञ्चालन गर्न लागेको तरकारी बजारको योजना अलपत्र बनेको छ । केही संरचना बनेपनि यो प्रयोगमा आउन सकेको छैन । भौगोलिक तथा व्यापारिक रुपमा पायक नपरेका कारण नगरपालिकाले यसलाई सञ्चालनमा ल्याउन नसकेको हो ।
बनेपा नगरपालिकाले उपलव्ध गराएको जग्ग्मा सहकारी विकास तथा भवन डिभिजन कार्यलयले २ करोड ७५ लाखको लागतमा बनाएको  बजार मुख्य बजारबाट टाढा र चहलपहल कम हुने स्थानमा भएकाले व्यवसायीहरु यहाँ आकर्षित हुन सकेनन् । केही संरचनामा मात्रै बन्न बाँकी रहेकोले नगरपालिकालाई अझै हस्तान्तरण गरिएको छैन । नगरपालिकाका प्रशासकीय अधिकृत यज्ञराज बैद्य यो सञ्चालन गर्ने विषयमा पटक पटक छलफल भइरहेको जानकारी दिए । “नीजीसँगको साझेदारीमा चलाउने की भन्ने छलफल भैरहेको छ, अव यो छिट्टै सञ्चालनमा आउँछ । ” उनले भने ।
नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने प्रयास भएपनि अनिच्छुक देखिएकाले त्यो पनि सम्भव भएको छैन  । “सानो सामान लानुपर्यो भनेपनि १ सय रुपैँया त रिक्सा भाडा नै लाग्छ, ती व्यवसायीले भने, “नगरपालिकाले बनाउने बेलामा नै सोच्नुपथ्र्यो । ” बनेपास्थित तरकारी बजार अव्यवस्थित भएपछि नगरपालिकाले व्यवस्थित तरकारी बजार सञ्चालन गर्न लागेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0