Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आफ्नै गाउँ हेर्ने रहर

प्रभातफेरी अनलाइन ११३० पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३१, शनिबार (१२ साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी ÷ चण्डेनीमण्डन
हुन त त्यहि गाउँमा बस्छन्, काम गर्छन् र जीवन निर्वाह गरिरहेका छन् उनीहरुले । तर वर्षौं भईसक्यो आफ्नो गाउँ एकपटक धक फुकाएर हेर्न पाएका छैनन् । धेरैलाई भनिसके, अनि आश्वासन पनि पाए तर खोई किन हो उनीहरुको वास्तविक आवाज सुन्ने यतिखेर सम्म कोहि पनि भेटिएका छैनन् ।
आजभन्दा करिव ११ वर्ष अगाडि नेपाल टेलिभिजनबाट धारावाहिक रुपमा प्रशारित चर्चित टेलिचलचित्र अविरल बग्दछ इन्द्रावती निर्माण गरिएको काभे्रको चण्डेनीमण्डन गाविसका माझी समुदायले अहिले सम्म त्यो टेलिचलचित्रलाई मन फुकाएर हेर्न पाएका छैनन् । साहित्यकार स्व.रमेश विकलले २०४० सालतिर काभे्रको चण्डेनीमण्डन तथा सिन्धुपाल्चोक जिल्लाको भिमटारका माझि समुदायको वास्तविक कथालाई उतारेर अविरल बग्दछ इन्द्रावती नामको उपन्यास लेखेका थिए । ०५७ सालमा यहि उपन्यासको कथालाई आधार बनाएर सो टेलिचलचित्र बनाईएको थियो । यसको सम्पुर्ण छायांकन पनि यहि माझीगाउँ तथा इन्द्रावती नदी किनारामा गरिएको थियो । आफ्नै गाउँको कथा र दृष्य समेटिएकाले यहाँका माझीहरुले यस टेलिचलचित्रलाई एक पटक मात्र भएपनि हेर्न चाहेका थिए तर अहिले सम्म उनीहरुको इच्छा पुरा हुन सकेको छैन ।
नेपाल टेलिभिजनबाट सो टेलिचलचित्र प्रशारण भईरहेको समयमा गाउँमा विजुलीको सुविधा थिएन । जसका कारण त्यहाँ टेलिभिजन भएका घरहरु नगन्य मात्रामा थिए । कसै–कसैले सोलारबाट चलाउने उद्धेश्यले टेलिभिजन राखेका भएपनि आर्थिक विपन्नताका कारण माझी समुदायहरुका लागि यो सम्भव थिएन । पछि पटक–पटक टेलिभिजनले यसलाई प्रशारण गरेपनि यहाँका माझिहरु यसलाई हेर्न बाट वञ्चित नै छन्, अहिले सम्म पनि । गएको केहि वर्ष  देखि गाउँमा विजुलीको सुविधा पुगेको छ । गाउँका केहि व्यक्तिले आफ्नै घरमा टेलिभिजन पनि राखेका छन् । तर आफ्नै गाउँको कथा भएको सो टेलिचलचित्र हेर्न उनीहरु सँग कुनै उपाय छैन । स्थानियवासी मैते माझी भन्छन्–“ नौला–नौला मान्छे आए । ठूल्ठूला क्यामेरा देखाए, फोटो खिचे । टि.भि मा आउँछ त भन्थे तर खोई किन हो आउँदा पनि आएन , हेर्न नि पाईएन । “एक पटक जसरी भएपनि टि.भि को पर्दामा आफ्नो गाउँ हेर्न पाउँ ।” उनको आग्रह छ ।
परापूर्वकाल देखि नै सामाजीक, आर्थिक, राजनितिक तथा शैक्षिक क्षेत्रमा पनि पछि परेका यहाँका माझीहरुलाई त्यतिखेर धेरै समस्याहरु थियो । बिहान–बेलुकाको छाक टार्न पनि ज्यादै धौ–धौ पर्ने अवस्था थियो । यति मात्र होईन, सामान्य घर खर्च चलाउन समेत सम्पूर्ण घर जग्गा साहुकोमा धितो राखेर ऋण लिनु पर्ने अवस्था थियो । ०४० साल सम्म नै यस्तो अवस्थामा रहेका माझीहरुको वास्तविकतालाई कथाकार विकलले अत्यन्तै रोचक पारामा आफ्नो उपन्यासमा उतारेका थिए । यहि उपन्यासलाई द्धारीका फिल्मस्ले टेलिफिल्मको रुपमा प्रस्तुत गरेको थियो । यसमा राष्ट्रियरुपमा  ख्याती प्राप्त कलाकारहरु रवि गिरी, उपेन्द्र तिमल्सिना, रजनी राना, लोकमणि सापकोटा, बद्रि अधिकारी, गणेश श्रेष्ठ लगायत स्थानीय कलाकारहरुले पनि विभिन्न भुमिकामा अभिनय गरेका थिए । शुरुमा ४३ भाग सम्मको सानो पर्दाका रुपमा निर्माण गरिएको भएपनि यसलाई पछि ठूलो पर्दाको रुपमा पनि निर्माण गरिएको थियो । यसमा देखाईएका पात्रहरु सोभिते, लालगेडी, भुमा, काजी , खिनौरी आदी यस गाउँका प्रतिनिधी पात्र भएको र पुरै वास्तविकता जस्तै गरि प्रस्तुत गरिएकाले सबैका लागि त्यतिखेर अविरल बग्दछ इन्द्रावती चर्चित बनेको  थियो । ‘ त्यसैले त हामीले यसलाई अहिले पनि हेर्न खोजिरहेका र्छौं ।’ स्थानीय युवा राजु माझी भन्छन् –“निर्माण पक्षले कुनै विकल्प अपनाएर भएपनि हामलिाई उपलव्ध गराए हुन्थ्यो ।” पुनः टेलिभिजनबाट यसलाई प्रशारण गर्न सम्भव नभए , डिभिडि तथा सिडिमा कपि गरेरै भएपनि अविरल बग्दछ इन्द्रावती आफूहरुलाई उपलब्ध गर्न सके राम्रो हुने उनले बताए ।
टेलिचलचित्रका निर्देशक बद्रि अधिकारीले नेपाल टेलिभिजनको स्वामित्व भएकाले पुन प्रशारणको लागि पहल गरिरहेको बताउँछन् ।  भन्छन्–“ यसले त्यहाँका माझिहरु स्थानिय साहु र काजीहरुबाट कसरी हेपिएका थिए भन्ने यथार्थलाई उजागर गरेको भएपनि उनीहरुलाई देखाउन नसक्दा अत्यन्तै दुःख लागेको छ । ” नेपाल टेलिभिजन पनि यसमा सकरात्मक भएको उनले बताए ।
फोटा मुनि लेख्ने ः टेलिचलचित्र अविरल बग्दछ इन्द्रावतीमा समेटिएको काभे्रको चण्डेनीमण्डन स्थित माझीगाउँ । तस्विर ः ज्ञानमणि÷ मध्यमार्ग

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0