Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मृगौला तस्कर समातिए

प्रभातफेरी अनलाइन १३१२ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३१, शनिबार (१२ साल अघि)
Post Thumbnail

होक्से ÷ २०५० सालदेखि नै मृगौला तस्करीमा संलग्न हुँदै आएका होक्सेका प्रेम बजगाँर्ईँ पक्राउ परेका छन् । काठमाण्डौको उनको कोठाबाट पाँचखाल प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हालै एक किशोरीले मृगौला बेचेको थाहा भएपछि स्थानीयले पाँचखाल प्रहरीमा सुचना दिएका थिए । किशोरीले बयानको क्रममा बजगाँर्ईको नाम बताएपछि पाँचखाल प्रहरीको सकृयतामा उनलाई पक्राउ गरिएको इञ्चार्ज दिपेन्द्र चन्दले जानकारी दिए ।
ती किशोरीले पनौती ९ का मनोज राउतलाई मृगौला बेचेकी थिइन् । २ वटै मृगौलाले काम नगर्ने राउतले प्रेमकै सहयोगमा नक्कली नागरिकता बनाएर ती किशोरीको मृगौला प्रत्यारोपण गरेका  थिए । प्रहरीले उनलाई पनि पक्राउ गरेर तारेखमा छोडेको छ । थुनामा बस्दा संक्रमण हुने र नियमित औषधी समेत सेवन गर्नुपर्ने भएकाले तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक कृष्णजी अधिकारीले जानकारी दिए । बजगाँईलाई मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको र अन्य केहीको समेत पहिचान भइसकेको अधिकारीले जानकारी दिए ।
बजगाँर्ई होक्सेमा मृगौला तस्करी शुरु गर्ने मानिन्छन् । उनलेले सबै “सेटिङ” मिलाएर भारत पु¥याएर मृगौला तस्करी गर्ने गरेका थिए । बेच्नेलाई २ लाख सम्म दिने प्रलोभन देखाएर ३० देखि ६० हजारसम्म दिने गरिएको छ ।
जिल्लाको होक्से, ज्याम्दी लगायतका क्षेत्रमा क्षेत्रमा मात्र मिगौला बेच्नेको संख्या १  सय नाघिसकेको छ । २० बर्षदेखि सुरु भएको मृगौला बेचविखन अझै रोकिएको छैन । द एशिया फाउण्डेशन, जनअधिकार संरक्षण मञ्च, नेपाल तामाङ महिला घेदुङ लगायतका संघसंस्थाले जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गरिरहेका छन्, तर सरकारी निकायको कम चासो, प्रहरीको उजुरी नै पर्खेर बस्ने प्रवृती र बेच्नेहरुको असहयोग लगायतका कारण यो पुर्ण रुपमा रोकिन सकेको छैन ।
मुख्य तस्कर बजगाँई समातिएपछि यसमा केही नियन्त्रण हुने आशा गरिएको छ । आर्थिक कमजोर अवश्था र ललाइफकाईमा मृगौला बेचेकाहरु पनि अब ठोस कदम चाल्ने हो भने यसलाई नियन्त्रण गर्न सकिने बताउँछन् । “मुख्य मान्छे नै पक्राउ परेका छन्, प्रहरी प्रशासनले आँट गर्ने हो भने ठुलै गिरोह पक्राउ गर्न सकिन्छ । ” नाम नबताउने शर्तमा उनले भने, “हामीलाई पनि धेरैको ठेगाना थाहा छ, हामी पनि सहयोग गर्छौ । ” उनीहरु पनि आफ्नो मृगौला तस्कर विरुद्ध मुद्धा दर्ता गर्ने तयारीमा छन् ।
मृगौलाको क्षेत्रमा कार्यरत जनअधिकार संरक्षण मञ्च काभ्रेकी अध्यक्ष कृष्णप्यारी नकर्मी जनचेतनाको कारण ढिलै भएपनि मुख्य तस्कर पक्राउ पर्नु उपलव्धी भएको बताउँछिन् । “चेतनाको स्तर बढेकाले उनीहरु पनि खुलेका छन्, सरोकारवाला लाग्ने हो भने अरु गिरोह पनि समातेर यसलाई नियन्त्रण गर्न सकिन्छ ।
कतिपय अवश्थामा भने मृगौला बेच्नेहरु नै तस्कर बनेका उदाहरण पनि छन् । सम्पर्कका आधारमा केहीले अझै मृगौला तस्करी गरिरहेका छन् । बजगाँर्ई पक्राउ परेसँगै उनीहरु प्नि थप सशंकित समेत बनेका छन् ।
बक्समा
कानुनमा पनि समस्या
कानुनले नजिकको आफन्तमा मात्रै मृगौला प्रत्यारोपण गर्ने कानुनी व्यवस्था गरेको छ । सोही कारण दलालहरुले नक्कली नागरिकता समेत बनाएर यसको तस्करी समेत गर्दै आएका छन् । रगत समुह नमिलेको खण्डमा आर्थिक रुपमा विपन्नहरुले मोटो रकम तिरर प्रत्यारोपन गराउन सक्दैनन् । त्यस कारण उनीहरुको मृत्यु हुुने गरेको छ । यसको लागि गलत परिचय÷ नागरिकता नै बनाएर मृगौला बेचविखन गर्ने गरिएको छ । यसले गर्दा पनि मृगौलाको तस्करी बढिरहेको छ । पिडितहरु प्रत्यारोपणको दायरा फराकिलो बनाउनुपर्ने बताउँछन् भने अधिकारकर्मीहरु यसले विकृती निम्त्याउन सक्ने भन्दै सरकारले यसलाई व्यवस्थित बनाउनुपर्ने तर्क गर्छन् । “कसैको जीवन रक्षाको लागि रगत समुह मिले प्रत्यारोपन गर्न पाउने नियम बनाउनुपर्छ । ” विगत १ बर्षदेखि मृगौलाको डाइलोसिस गरिरहेको होक्सेकै मयुर तामाङले भने ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0