Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

युवाहरु केही गरौँ

प्रभातफेरी अनलाइन १८८१ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख ७, शनिबार (१२ साल अघि)
Post Thumbnail

युवाहरु भनेको एक उर्जाशील अवश्था हो । युवाहरुलाई  देशको कर्णधारको रुपमा परिभाषित गरिन्छ । उनीहरुको श्रम, सिप, दक्षताको प्रयोग गर्ने हो भने वास्तवमा नै देश विकास गर्न सकिन्छ ।
बेरोजगारी नेपाली युवाहरुको प्रमुख समस्या हो । अस्थिर राजैनैतिक अवश्थाका कारण नेपाली युवाहरु राजनैतिक दलका भ¥याङ समेत बन्ने गरेका छन् । राजनैतिक दलका स्वार्थपुर्तिका माध्ययम पनि युवाहरु बनिरहेका छन् । रोजगारी र शिक्षाको राम्रो अवसर नहुुनुको कारणले नै धेरै उर्जावान र दक्ष युवाहरु विदेशिरहेका छन् । नेपालमा नै रहेको धेरै युवा पनि बेरोजगारीकै कारण गुण्डागर्दी र कुलतमा फसिरहेका छन् ।
सरकारले युवा लक्षित कार्यक्रमहरु ल्याएपनि त्यो प्रभावकारी हुन सकेको छैन । केही राजनैतिक दलका युवाहरुले मात्र यसको फाइदा लिएको समाचारहरु आइरहेका छन् । सरकारले यसलाई लक्षित वर्गसम्म प्रभावकारी रुपले लान सकेको पनि छैन । यसको प्रभावकारी कार्यान्वयन हुने हो भने युवाहरुमा व्याप्त बेरोजगारी केही हल गर्न सकिन्छ ।
केही युवाहरुले राम्रो काम गरेका उदाहरण पनि छन् । आफुनै उद्यम सञ्चालन गरेर काभ्रेका युवाहरुले केही उदाहरण पनि पेश गरेका छन् ।  ९ युवाले ४ करोडको लगानीमा काभ्रे कृषि बजार मल्टिपर्पाेज प्रालि स्थापना गरेका छन् । राजकुमार बस्नेत, सरोज दुवाल, विजय श्रेष्ठ, विक्रम मानन्धर, बालकृष्ण शाही, धन शाही, नातिभाई मानन्धर, दिलबहादुर मानन्धर, शान्तराज खड्गीले संयुक्त रुपमा लगानी गरेका हुन् ।
उनीहरुको यो प्रयासको अनुशरण गर्दैै अन्य युवाहरुले पनि यस्तै व्यवसाय शुरु गर्नुपर्छ । राजनैतिक अस्थिरताको नाममा बैँकहरुले कर्जा लगानी गर्न हिच्किचाउन हुँदैन । सरोकारवाला निकायहरुले पनि यस्ता प्रयास गर्नेहरुलाई सहयोग गर्दै जानुपर्छ । युवाहरुालाई आफ्नो भ¥याङ बनाउने राजनैतिक दलहरुले पनि आफ्ना कार्यकर्ता स्वरोजगार भएमात्रै पार्टी सफल हुन्छ भन्ने मान्यताको विकास गराउँदै कार्यकर्तालाई व्यवसाय गर्न प्रेरित गर्नुपर्छ । यति हुने हो भने देशले आर्थिक रुपमा पनि कोल्टे फेर्छ । यसको लागि सबैले सोच्नुपर्ने बेला आइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0