Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मोहन वैद्यलाई सहमतिमा ल्याउछौँ ः गगन थापा

प्रभातफेरी अनलाइन २०७१ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख ७, शनिबार (१२ साल अघि)
मोहन वैद्यलाई सहमतिमा ल्याउछौँ ः गगन थापा

कुन्ता ÷ नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले एक महिनाभित्र नेकपा माओवादी लगायतका अन्य आन्दोलनरत दलहरुलाई पनि सहमतिमा ल्याउने दावी गरेका छन् ।
बुधवार काभ्रेको कुन्तामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल  महादेवस्थान गाउँ समितिले आयोजना गरेको तरुण प्रशिक्षणको समापन सभालाई सम्वोधन गर्दै थापाले मोहन वैद्य र उपेन्द्र यादवहरु पनि सहमतिमा आउने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनैतिक संयन्त्र बनेसँगै पार्टीले सहमतिको प्रयास थाल्ने उनले बताए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एक महिनमा सहमतिको कुनै प्रयास नगरेको आरोप  पनि उनले लगाए । “वैद्यजीहरु चुनावमा आउँदा पार्टीलाई घाटा हुन्छ भनेर प्रचण्डजीले सहमतिकोे कुरा गर्नुभएन, जेठ लाग्दा  नलाग्दै हामी सहमतिमा ल्याउँछौँ । ” उनले भने ।
उनले कुनै पनि हालतमा मंसिरमा चुनाव गर्नुपर्ने बताउँदै जनतामा अझै चुनाव हुने नहुने भन्ने अन्यौल रहेकाले यो चिर्न आवश्यक रहेको बताए । मंसिरमा चुनाव नभए राष्टपति, प्रधानमन्त्री र पार्टीहरु भन्ने कुनै पनि संस्था नहुने खतरा रहेको पनि औँलयाए । नेपालंी कांग्रेसले हार्ने निश्चित हुँदा हुँदै पनि संविधानसभाको चुनाव गराएको स्मरण गराउदैँ उनले पार्टी हारेपनि मुलुक हार्ने स्थिती हुन नहुने बताए । “पार्टी हार्छ भन्ने थाहा हुँदाहुँदै कांग्रेसले चुनाव गरायो, अव पनि चुनाव गर्नुको कुनै विकल्प छैन । ” उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति शिवप्रसाद हुँमागाईले नवलपरासीमा सम्पन्न महासमिति वैठकले एकताको सन्देश दिएकोले एक भएर चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । तरुण दलका अध्यक्ष उदयशमशेर राणाले संविधानसभाको पहिलो दल एकिकृत नेकपा माओवादीले नचाहेकोले यसअघि संविधान नबनेको तर्क गरे । कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सचिव अच्युत प्रसाद पौडेल, ४ नं क्षेत्रीय सभापति सुन्दरमणि आचार्य, तरुण दलका केन्द्रिय सदस्य महेश खरेल, ४ नं क्षेत्रीय अध्यक्ष लक्ष्मण पौडेल, कांग्रेस क्षेत्रीय सदस्य भोला नेपाल, कांग्रेस महादेवस्थान गाउँ समिति सभापति रामहरी सापकोटा, तरुण दल गाउँ समिति उपाध्यक्ष राजन पौडेल लगायतले संविधान बन्नको लागि लोकतान्त्रिक शक्ति कांग्रेसको विजय आवश्यक भएको बताए ।
तरुण दल गाउँ समितिले आफ्ना २ सय कार्यकर्तालाई चुनाव केन्द्रित प्रशिक्षण दिएको छ । वैशाख ३ र ४ गतेको प्रशिक्षणमा कांग्रेस केन्द्रिय सदस्य बद्रि पाण्डे, नेपाल विद्यार्थी संघका पुर्वअध्यक्षहरु गुरुराज घिमिरे, जिल्ला संगठन शाखा प्रमुख प्रकाश थापा, प्रशिक्षण शाखा प्रमुख दिनेश लामा, अभिलेख शाखा प्रमुख मधुकर खनाल लगायतले कांग्रेस इतिहास, संगठन र वर्तमान राजनीतिबारे प्रशिक्षण दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0