Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मल्पीवासी र सिदार्थ वनस्थली इन्स्टिच्युट चन्द्रबहादुर खड्का

प्रभातफेरी अनलाइन २०७७ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख ७, शनिबार (९ साल अघि)
Post Thumbnail

सिद्धार्थ वनस्थली इन्स्टिच्यूट पनौती मल्पी शाखा काभ्रेले गत चैत्र २६ गते आफ्नो २५ औं वार्षिकोत्सवका साथै रजत जयन्ती समारोह वडो धुमधामका साथ सम्पन्न ग¥यो । समारोहको प्रमुख आतिथ्य सम्माननीय उपराष्ट्रपति परमानन्द झाद्वारा ग्रहण गर्नु भएको थियो । २५ वर्षको अन्तरालमा यो विद्यालयले यस क्षेत्रको सेरोफेरोमा अतुलनीय गुण लगाएको छ ।

अंग्रेजी माध्यममा संचालित वोडिङ्ग स्कूलको चाहना गर्ने सबै जसो मध्यम वर्गिय अनि ऋण काडेर आफ्ना सन्ताललाई उचित र गुणस्तरीय शिक्षा, दिक्षा दिलाउन चाहने अभिभावकहरुको लागि यो विद्यालय एक वरदान सावित भएको छ । सम्माननीय उपराष्ट्रपति परमानन्द झाद्वारा पानसमा दिप प्रज्वलन गरी २५ औं वार्षिक उत्सव तथा रजत जयन्ति समारोहको समुद्घाटन गर्नु भएको थियो । विद्यालयद्वारा सम्मान प्रमादान गरिएका महानुभावहरुलाई उपराष्ट्रपति ज्यूले सम्मान पत्र, धन्यवाद पत्र आदर पत्र, कदरपत्रहरु प्रदान गर्नुभयो । प्रमुख अतिथि तथा सम्पूर्ण उपस्थित महानुभावहरुको स्वागत अभिवादन गर्दै यस २५ वर्षको लामो आयुमा विद्यालयले पार गर्दै आएका आरोहअवरोहहरुको विवरण सुनाइयो । हालसम्म प्रवेशीका परीक्षामा विद्यार्थीहरुले प्राप्त गरेका उत्कृष्ट स्थान, कूल संख्याको विवरण सुनाइयो । विद्यालयको वार्षिक वजेट, आम्दानी खर्चको विवरण पनि सुनाइयो ।

यस क्रममा यस भेगमा अंग्रेजी माध्यमको वोर्डिङ्ग स्कूलको अगुवाई गरिदिने यस विद्यालयका संरक्षक लक्ष्मण राजवंशीज्यूलाई स्थानीय जनताको तर्फबाट धन्यवाद एवं कृतज्ञता ज्ञापन गरिएको थियो । वास्तवमा उदार मनका  राजवंशीज्यूको शैक्षिक मोह  र सबै नेपालीले गुणस्तरीय शिक्षा पाउनु पर्छ भन्ने सद्विचारको मुक्त कण्ठले प्रशंसा गर्नुपर्दछ । सबै नागरिकलाई गुणस्तरीय शिक्षा दिई योग्य, सवल र सक्षम तुल्याउनु भनेकै राष्ट्रलाई वलियो तुल्याउनु हो । आफ्नो समाजलाई सभ्य, सुसंस्कारी, आदर्श तुल्याउनु हो भन्ने भित्री भावना भएका राजवंशी ज्यूले हाम्रो घर दैलोमा एक नमुना लायक विद्यालय स्थापना गरी हामी सबैलाई आभारी तुल्याउनु भएको छ । सिद्धार्थ वनस्थली इन्स्टिच्यूट वालाजुको एक सन्तालाई हाम्रो मल्पीमा ल्याई घरवार बसाली दिई पनौती मल्पी र यहाँको सेरोफेरोको शैक्षिक प्यास मेटाई दिन भनी यो विद्यालय खडा गरिदिनु भएको छ । साँचै नै यस विद्यालयको धेरै उत्पादनहरु आ–आफ्नो क्षमताको प्रदर्शन गर्दै देश विदेशका राम्रा संस्था, प्रतिष्ठानहरुमा कार्यरत भएको विवरण सुन्दा खुशी लाग्नु स्वभाविकै हो ।

यो स्तरीय विद्यालय हाम्रो वस्तीको माझमा संयोगबस आउन सक्यो । म शिक्षा मन्त्रालयकै कर्मचारी भएकाले राजधानीको मुटुमा स्तरीय अंग्रजी माध्यमको विशाल आवासीय विद्यालयका संस्थापक प्रिन्सीपल लक्ष्मण राजवंशीज्यूसँग हेलमेल सजिलै भएको हो । केही समयका लागि उहाँ शिक्षा मन्त्रालयमा संलग्न हुन आइपुग्नु भएको थियो । त्यसले त झन् हाम्रो सम्पर्क र सम्बन्ध नजिकियो । त्यसै गरी राजवंशीज्यूसँग दशौ वर्षसम्म राजवंशीको पुर्खोली घर इन्द्रचोक ओटुमा सँगै बसी आउनु भएका स्व. शम्भु विक्रम केसी मल्पी को र राजवंशी ज्यूसँग टोलिया दाइभाईको सम्बन्ध कायम हुँदै आएको रहेछ । हामी दुवै पनौतीका वासीन्दा भएकाले हाम्रो बारम्बार भेटघाट भइ नै रहन्थ्यो । भेटघाटका समयमा राजवंशी ज्यूको अंग्रेजी माध्यमको आवासीय सिद्धार्थ वनस्थली इन्स्टिच्यूट वालाजुको पठन पाठनका बारेमा चर्चा परिचर्चा हुने गर्दथ्यो । त्यस्तै विद्यालयको एक शाखा हाम्रो मल्पी काभ्रेमा खोलिदिन आग्रह गर्ने भन्ने वारेमा पनि कुरा चलिरहन्थ्यो ।

यस कुराको उठान स्व. शम्भु विक्रम के.सी.ले गरिसक्नु भएको रहेछ । राजवंशी ज्यूसँगको भेटमा यही कुरालाई मैले पनि थपथाप गर्दै गएँ । अनि एकाध पटक मल्पीका भद्र भलाद्भी र केही शिक्षित युवकको टोली सहित वहाँसँग भेटघाट गरी हाम्रो माग अगाडी सार्दै गयौं । यस प्रशंग उठानको समयमा सल्लाह सुझाब आदान प्रदान गर्ने मध्येबाट स्वं. शम्भु विक्रम के.सी., स्व. लिलाबहादुर के.सी.र म आफैं समेत थिएँ । हाम्रो आग्रहमा सानोतिनो शर्तहरु अगाडी सारिएका थिए । तिनिहरुलाई उचित ढंगमा सम्बोधन गर्न सकिने कुराको जानकारी गराइएको थियो । तत्काल मल्पी गा.वि.स. वडा नं. ५ अन्तर्गत रहेको पाथीभरा र शिकारी डाँडाको सेरोफेरोमा उपयुक्त विद्यालय भवन निर्माण गर्न सकिने सार्वजनिक जमिनमा विद्यालय भवनको भौतिक संरचना तयार पार्न अनुकुल नपरेमा चन्द्रबहादुर खड्काको परिवारबाट वहाँको आमाको नाममा  स्मृति रहने गरी केही रैकर जमिन दिन सकिने कुरा पनि उहाँलाई जानकारी गराइएको थियो । सार्वजनिक पाथीभरा थुम्कोको स्वामित्व सम्बन्धमा चन्द्रबहादुर खड्का, स्व. जितबहादुर कार्की र पाल्पाली गाउँकै अन्य युवा र स्व. लिलाबहादुर के.सी. विच छलफल र सम्वाद पछि सार्वजनिक हितखातिर पाथीभरा थुम्को सहितको सार्वजनिक डाँडो पाखो उपभोग गर्न दिन सक्ने सहमति भएको थियो ।

दुःखको विषय तत्काल पाथीभरा थुम्को र आसपासको सार्वजनिक जमिन पाखासम्म मोटर पुग्ने बाटो बन्न सकेको थिएन । तत्काल चन्द्रबहादुर खड्का, स्व. लिलाबहादुर के.सी.,  भिमबहादुर थापा लगायत केही शुभेच्छुकले त्यहासम्मको बाटो जोड्ने प्रयत्न गर्दा बाटो दायाँ वायाँको जमिन प्राप्त गर्न कठिन परेकाले यो स्थानमा तत्काल विद्यालय भवन तयार पारी विद्यालय संचालन गर्ने सम्भावन रहेन । अनुकुल समयमा बाटो जोड्ने प्रयत्न गर्दै तत्काललाई सिद्धार्थ वनस्थली इन्स्टिच्यूट वालाजु काठमाडौंको शाखा विद्यालय मल्पीमा खोलिदिने विश्वास उदार मनका शिक्षा प्रेमी  राजवंशीले दिलाउनु भयो । आफ्नो बोलीबचनका पक्का राजवंशीले सबै मल्पी वासीलाई हर्षित र उमंगित तुल्याउँदै २०४४ साल फागुनको पहिलो हप्ता सामान्य आवासीय घर परिसरमा त्यसै वर्षदेखि विद्यालय सञ्चालन हुने गरी सिद्धार्थ वनस्थली इन्स्टिच्यूट पनौती काभ्रे शाखाको समुद्घाटन भयो ।

ठूलो लगानी गरी खडा गरिएको आकर्षक विद्यालय भवनसम्म पुग्ने मोटर बाटो पु¥याउन नसकिएकाले विद्यालय र विद्यालय परिवारले लामो समयसम्म अप्ठ्यारो भोगिरहनु प¥यो । ठूलो मेहनेत र लगानी पश्चात् हालको विद्यालयसम्म पुग्ने मोटर बाटोको निर्माण भएकोमा खुशी लागेको छ । उक्त बाटोले आसपासका छिमेकीलाई समेत अनुकुल पार्ने भएकाले यस सडकलाई सुगम र लायक तुल्याउन सदियारहरुले उदार चित्त गर्नु पर्ने देखिन्छ । रजत जयन्तिका अवसर, विमोचित सिद्धार्थ शिखा स्मारिकामा प्रकाशित लेख रचनाहरुमा सिद्धार्थ वनस्थली इन्स्टिच्यूट काभ्रे शाखाको स्थापनामा प्रत्यक्ष वा परोक्ष ढंगमा सहयोग पु¥याउने र अति सद्माव  राख्ने ब्यक्तिहरुको नाम नामेसी अझै समेटिनु पर्ने देखिन्छ । केही नामावलीहरु शिक्षा प्रेमी लक्ष्मण राजवंशीज्यूले आफ्नो सारगर्भित मन्तब्यका क्रममा उल्लेख गर्नु भएको थियो । त्यस्तै गरी टुटफुट भएका नाम नामेसीहरु समावेस गरिदा राम्रो हुने देखिन्छ । वास्तवमा केही व्यक्ति विशेष जसजसले हृदयदेखि विद्यलयलाई सहयोग र सद्भाव राख्दै आउनु भएको छ । वहाँहरुको नाम विद्यालयको दस्तावेजमा सँधै रहिरहने गरी अंकीत गरिदा राम्रै हुने देखिन्छ ।

यस विद्यालयको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यो संस्था एक नाफा रहित सार्वजनिक शैक्षिक गुठीमा दर्ता गरिएको छ । सामान्यतया धेरै जसो सरकारी अनुदान प्राप्त नगर्ने निजी अंग्रेजी माध्यममा आवासीय विद्यालयहरु कम्पनी ऐन अन्तर्गत दर्ता भई संस्थापकहरुले लगानी गर्ने र त्यसको प्रतिफल, नाफा लगानीकर्ताले उपभोग गर्ने किसिमको रहन्छ । तर यो विद्यालयका लागि जमिन प्राप्त, भवन निर्माण, बाटो खरिद र अन्य पुर्वाधार विस्तारमा यस विद्यालयको मातृसंस्था र संस्थापक राजवंशीको उदारता पूर्वक यस भेगको शैक्षिक उत्थानका लागि उदारता पूर्वक करडौंको लगानी गरिदिएर समय समयमा यसलाई अनुदान सहयोग प्रदान गर्दै हुनुहुन्छ । यसमा जो कोहीले गहिरिएर सोच्नु पर्ने अवस्था  छ । यस्तो अतुलनीय सहयोग गरी हाम्रो घर आँगनमा एक भब्य, स्तरीय शैक्षिक मन्दिर सजाइ दिने मनकारी राजवंशीको सदैव हित कल्याण होस् भनी हामी सबैले कामना गर्नै पर्दछ ।

तसर्थ यसको हित संरक्षणमा सबैले निस्वार्थपूर्वक लाग्नु वुद्धिमानी हुनेछ । यसमा कार्यरत शिक्षक सम्बन्धीत अभिभावक र समाजसेवी कसैले साँघुरो मन गर्नु हुन्न । यस पवित्र मन्दिर भित्र कसैले पनि राजनीतिको तुष भित्र्याउनु हुन्न । यसलाई सबैले साझा सम्पत्तिको रुपमा लिनै पर्छ । अन्यथा हामी विवेकहीन ठहरिने छौं । हामीलाई सरस्वतीको पाप लाग्नेछ । हाम्रा सन्ततीको शैक्षिक प्रगतीमा वाधा पुग्ने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0