Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

३ पुर्वप्रधानमन्त्री नयाँ बर्षमा काभ्रेमा

प्रभातफेरी अनलाइन २३३८ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख ७, शनिबार (१२ साल अघि)
Post Thumbnail

बनेपा ÷     ३ पुर्वप्रधानमन्त्री नयाँ बर्षको दिन काभ्रे आएका छन् । पुर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा. बाबुराम भट्टराई काभ्रे आएका हुन् ।

नेपाली कांग्रेस बनेपा नगरसमितिले नयाँ बर्षकोे अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा जनजागरण कार्यक्रममा देउवा, कृषि बजारको उद्धघाटनमा भट्टराई र एक फार्म हाउसको अवलोकन गर्न खनाल काभ्रे आएका हुन् ।
संविधान बन्न कांग्रेसको बहुमत ः देउवा

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी संविधानसभामा

कांग्रेसका बहुमत आए मात्रै संविधान बन्ने दावी गरेका छन् । यस अघिको निर्वाचनमा  संविधान नचाहने शक्ति विजयी भएकाले संविधान नबनेको आरोप लगाउँदै उनले अवको चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याए मात्रै संविधान बनाउने ठोकुवा गरे । “जनताको पक्षमा संविधान बन्नको लागि लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस विजयी हुन जरुरी छ, यसअघि माओवादीको बहुमत भएकाले संविधान नबनेको हो । आन्तरिक चुनावमा दुई समुह  हुनु स्वभाविक हो भन्दै नेता देउवाले आगामी चुनावमा एक ढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । “कांग्रेसले जितेन भने अव पनि संविधान बन्दैन, त्यसैले एक ढिक्का भएर चुनावमा लाग्नुस् । ” उनले भने । संविधानसभाको चुनाव भएर प्रतिनिधीसभा बनेपछि सबै समस्याको समाधान हुने बताए । प्रधानन्यायधिशलाई अन्तरिम चुनावी सरकारको अध्यक्ष बनाउँदा शक्ति पृथकीकरणको सिद्धान्त विपरित भएको आवाज उठिरहेको बताउँदै उनले वर्तमान सरकारले चुनाव गराएर दलहरुलाई सत्ता हस्तान्तरण गर्ने तर्क गरे ।

कार्यक्रममा नेतृ आरजु देउवा, जिल्ला सभापति शिवप्रसाद हुँमागाई, ३ नं क्षेत्रीय सभापति कञ्चनचन्द्र वादे, नगरसभापति राम जोशी, ११ नं वडा सभापति कृष्णबुद्ध बजगाँई लगायतले आगामी चुनावमा कांग्रेसको बहुमत आवश्यक रहेको बताएका थिए ।

राजनैतिक संयन्त्रमा वैद्य पनि ः भट्टराई

पुर्वप्रधानमन्त्री तथा एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख ४ राजनैतिक शक्तिको संयन्त्रमा मोहन बैद्य नेतृत्वको नेकपा माओवादीलाई पनि समेट्न सकिने बताए । एमाओवादी र सरकारले पनि यसको लागि वार्ता गरिरहेको जानकारी दिँदै उनले उपेन्द्र यादवहरु पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे । “उपेन्द्रजीहरुको पनि प्रकृयामा मात्रै विरोध हो, उहाँहरु चुनावमा आउनुहुन्छ, उनले भने, “वैद्यजीको कार्यदिशामा विरोध हो, त्यसैले निर्वाचनमा अवरोध नगर्न उहाँहरुलाई पनि आग्रह गरेका छौँ । ”

क्रान्तिकारी पत्रकार संघले बनेपाको होटल व्ल्याक एण्ड ह्वाइटमा गरेको पत्रकार सम्मेललनमा भट्टराईले असार महिनामा नै चुनाव गर्नको लागि वाधा अड्काउ फुकाइएको बताउँदै उनले छिटो भन्दा छिटो चुनाव गरेर निकास दिनुपर्ने बताए । “सरकार किन मिति घोषणा गर्न ढिलाई गरिरहेको छ, यसमा अचम्म लागेको छ, तर छिटो भन्दा छिटो चुनाव गराउनुको विकल्प छैन । ” उनले भने । कृषि बजारको उद्धघाटन गर्नको लागि रामेछापबाट काभ्रे आएका भट्टराईले दलहरुको सहमति र प्रस्तावमा नै खिलराज रेग्मीको नेतृत्व स्विकारिएको बताए ।

कृषि बजारको उद्धघाटन गर्दै उनले काभ्रेको पांचखाल र भकुण्डे क्षेत्रमा देखिएको सिंचाईको समस्या समाधान गर्न “सुनकोशि कोरिडोर ” कार्यान्वयन आवश्यक भएको बताएका छन् । यसबाट सिँचाईका साथै १ मेघावाट विजुली उत्पादन समेत गर्न सकिने बताए । “सुनकोशी कोरिडोर” सुनकोशी नदी र आसपासका क्षेत्र समेटिएर बन्न लागेको जलाशययुक्त विद्युत आयोजना हो । उनले कृषि र जलविद्युतलाई सँगसँगै लानुपर्ने बताए । उनले भूमिसुधार आयोगको परियोजना प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दै यसबाट  कृषकहरुले लाभ लिन सक्ने तर्क गरे । पुर्वअर्थमन्त्री समेत रहेका  डा भट्टराईले कर्जानीतिमा पनि समयानुकुल परिवर्तन आवश्यक भएको कुरामा जोड दिए । उनले वित्तिय संस्थाहरुले कृषि, उर्जा र जलविद्युत आयोजनामा रकम लगानी गर्नुपर्ने र ९ प्रतिशत भन्दा वढी ब्याज लिए कृषकहरुलाई सरकारले अनुदान दिनुपर्ने तर्क गरे ।
पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल पनि एक फार्म हाउस अवलोकन गर्नको लागि वैशाख १ गते काभ्रे आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0