Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किशोरी माथि सामुहिक बलत्कार गर्ने थुनामा प्रहरी सम्मानित

प्रभातफेरी अनलाइन १४७१ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २१, शनिबार (१२ साल अघि)
किशोरी माथि सामुहिक बलत्कार गर्ने थुनामा प्रहरी सम्मानित

धुलिखेल ÷ एक किशोरी माथि सामुहिक बलत्कार गर्ने ७ जना आरोपितहरुलाई थुनामा राखिएको छ । जिल्ला न्यायधिश दिपेन्द्र अधिकारीको इजलासले संलग्न सबैलाई थुनामा राख्न आदेश दिएको हो ।
प्रहरी सहायक निरीक्षक दिपेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । थुना पर्नेमा सिपाली चिलाउने ३ का  का ५४ बर्षे शंखमान मोक्तान, मेथिनकोट ९ का २५ बर्षे बिशाल भन्ने पंन्च बहादुर स्याङतान तामाङ, शिखरआम्बोटे ८ का २२ बर्षे कुमार बि.क, मेथिनकोट ८ का १८ बर्षे राम बहादुर स्याङतान तामा¨ ,  सिपाली चिलाउने ३ का २० बर्षे ट्यापे भन्ने आकाश तामा¨, शिखरआम्वोटे ८ का २२ बर्षीय कुमार विक र  सोही घटनामा संलग्न बनेपा ८ की ४० बर्षीय जानुकादेवी थापा छन् ।
पानी खाने बहनामा गत चैत १३ गते  राति घरमा छिरेका ती हतियारधारीले १६ बर्Èिया किशोरीलाई सामुहिक बलत्कार गरेका थिए । किशोरीका बाबुलाई हतियार देखाई नगद समेत लुटेका थिए । चैत १४ गते बुधवार पिडित ती किशोरी र आफन्तले थापा मुख्य योजनाकार भएको किटानी सहित प्रहरी कार्यलय भकुण्डेवेशीमा उजुरी दिएका थिए ।
घटना भएको १ महिना पछि वैशाख ११ र १३ गते धुलिखेल, भक्तपुर र काठमाण्डौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुलाई वैशाख १५ गते आइतवार नै डाँका, ज्यान मार्ने उद्योग र जजवजस्ती करणीको मुद्धा दायर गरिएको थियो ।  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल बहादुर घर्तीले सबैजनाले अपराध स्विकार गरेको बताए । जिल्ला प्रहरी प्रमुख रिक्त रहेको र प्रहरी निरिक्षकहरुको पनि सरुवा भएकाले छिट्टै प्रगति हुन नसकेको उनले स्विकारे ।
कार्यक्रममा अनुसन्धानमा खटिएका प्रहरी नायव निरीक्षक दिपेन्द्रबहादुर चन्द, प्रहरी सहायक निरिक्षक होमनाथ भट्टराई, प्रहरी जवानहरु विनोद थापा र ठूलोबाबु खड्कालाई नगद सहित सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल, जिल्ला सरकारी वकिल शारदा प्रसाद कोइराला, पत्रकार, मानवअधिकारवादी र महिला अधिकारवादीको सहभागितमा उनीहरुलाई सम्मान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी ढकालले सबै सरोकारवालाहरुको सकरात्मक सहयोग भए समाजमा यस्ता घटना कम गर्न सकिने तर्क गरे । पुर्वसभासद शिला कतिलाले यस्ता घटनामा राज्यले सर्वस्वसहित जन्मकैदको व्यवस्था हुुुनुपर्ने माग गरिन् । पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेलले यस्ता घटना नियन्त्रण र दोषीलाई कार्वाही गर्न दवावका लागि सञ्चार क्षेत्रले रचनात्मक भुमिका खेल्ने बताए । स्थानीय उद्धव काफ्लेले सबैको सहयोग र अग्रसरतामा आरोपी पक्राउ परेकाले सबैलाई धन्यवाद दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0