Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्तरीय कला केन्द्रको अभाव

प्रभातफेरी अनलाइन १२५५ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २१, शनिबार (१३ साल अघि)
Post Thumbnail

स्तरीयता कै कारणले गर्दा पोखराको डाँफे कला केन्द्र, नारायणघाटको नारायणी कला केन्द्र, सौराहाको थारु कला केन्द्र नेपालमा मात्र हैन विश्वमा नै चर्चित छ । ती कला केन्द्रहरु स्तरीय तथा मौलिक कलाका कारण प्राय सबैको मुखमा झुण्डिने गर्छ ।
ती कला केन्द्रहरुले प्रशिक्षण मात्रै दिईरहेको छैन, विश्वमा नै नेपाली मौलिक कला र संस्कृतिको संरक्षण संबद्र्धन गर्दै कलाकारहरु समेत उत्पादन गर्दै आईरहेको छ । कलाकारको उत्पादन त छँदैछ आफ्नो ठाउँको समेत प्रचार प्रसारमा उत्तिकै ठूलो योगदान दिँदै आएको तीतो यथार्थ सबै सामु छर्लङ्गै छ ।
नेपाली रङ्गमन्चको इतिहास हेर्ने हो भने राणाकालभन्दा अगाडि देखि नै रङ्गमञ्चको स्थापना तथा संचालन हुँदै आएको पाइन्छ । त्यसै समयदेखि नै कलाकारहरुलाई प्रशिक्षण दिन कै लागि कला केन्द्रहरु स्थापना गरिदै आएको कलाप्रेमीहरु बताउँछन् । त्यसै समय देखि नै काभ्रेमा पनि रङ्गमञ्चका कार्यक्रमहरु विभिन्न स्थानमा हुँदै आएको पाइन्छ ।
राणाकालमै पंकज चित्रकार जस्ता अग्रज कलाकारले काभ्रेको धुलिखेलमा तथा आसपासका क्षेत्रमा विभिन्न समयमा आफ्नै अगुवाइमा रङ्गमञ्चीय कार्यक्रमको थालनी गरेको भन्ने सुनिदै आएको छ । उनले विभिन्न स्थानमा कार्यक्रम संचालन गर्ने क्रममा थुप्रै कलाकारहरुलाई प्रशिक्षण दिनको लागि अनौपचारिक रुपमा कला केन्द्रहरु खुलेको समेत यदाकदा सुनिन्छ तर समय समयमा काभ्रेमा बेला बेलामा कला केन्द्रहरु खुले पनि स्तरीयताको कमीले गर्दा कला केनद्रहरु खुल्दै बन्द हुने क्रम राणाकालदेखि आजको आधुनिक गणतान्त्रिक युग सम्म पनि निरन्तर चलिआएको छ ।
थुप्रै कला केन्द्रहरु खुल्दै आए पनि निरन्तरता पाउन नसक्नुमा ती कला केन्द्रहरुले मौलिक कला संस्कृतिको क्षेत्रमा काम गर्नुभन्दा पनि छोटो समयमा आफूलाई स्थापित गराउने तथा दाम कमाउने उद्धेश्यले अभिप्रेरित हुन जाँदा कला केन्द्रहरुले स्थायीत्व पाउन नसकेको कला क्षेत्रमा लामो समयदेखि काम गर्दै आई हाल निस्क्रिय बनेका एक कलाकार नाम नबताउने सर्तमा बताउँछन् ।
राम्रा र स्तरीय कला केन्द्रहरु पनि नखुलेका भने हैनन् ती कला केन्द्रहरु पनि त्यहि अवस्थामा पुगि आफै हराउन पुगे । कतिपय कला केन्द्रहरु अझै पनि आफ्नो अस्तित्व जोगाउन खोज्दै आएरहेका छन् । आफ्नो अस्तित्व जोगाउन कै लागि कतिपय कला केन्द्रहरुलाई धौ धौ भएरहेको कला केन्द्र नै संचालन गर्दै आएका एक कलाकार बताउँछन् ।
उनका अनुसार कलाकेन्द्रहरुले आफ्नो साख जोगाउनका लागि खासै मेहेनत नगरेकोले पनि यो अवस्था आएको हो । खुलेका प्राय कला केन्द्रहरुमा मौलिक नेपाली कला संस्कृति झल्कने किसिमका कुनै पनि प्रशिक्षणहरु नै हुन नसक्नु पनि कला केन्द्रहरुको आफ्नो कमजोरी रहेको पनि कलाकारहरु नै बताउँछन् । गौरीशंक्र साँस्कृतिक समूहका सदस्य तथा कलाकार कुमारी लामा मौलिक कला संस्कृति झल्कने प्रशिक्षण संचालन गर्नु खर्चिलो हुने र आजभोलिका युवापुस्ताहरु मौलिक कला संस्कृति झल्कने नृत्य प्रति त्यति रुचि दिंदैनन् । त्यसकारण पनि मौलिक लोक संस्कृति झल्कने किसिमको स्तरीय प्रशिक्षण दिन अलि कठिन हुने गरेको लामा बताउँछिन् ।
कला केन्द्र संचालकहरु प्रशिक्षार्थीहरुले नै स्तरीय प्रशिक्षण भन्दा पनि भड्किलो प्रशिक्षण खोज्ने हुनाले कला केन्द्रहरुले मौलिक कला संस्कृति झल्कने तथा स्तरीय प्रशिक्षण दिन नसकेको स्वीकार्छन् । जिल्लामा खुलेको थुप्रै कला केन्द्रहरु मध्ये औंलामा गन्न सकिने जति मात्रै अस्तित्वमा छन् । जस मध्ये प्रायले नेपाली मौलिकता भन्दा पनि विदेशी संस्कृती मोहलाई प्राथमिकता दिदै आएको पाइन्छ ।
गौरीशंक्र साँस्कृतिक समूहका कलकार तथा पूर्वअध्यक्ष शंक्र लामा बताउँछन्–“हामीले  त मौलिक संस्कृति झल्कने कार्यक्रमलाई नै प्राथमिकता दिँदै आईरहेका छौं तर हामीले जस्तै सबै कला केन्द्रहरुले पनि सोहि अनुरुप सोच बनाउने हो भने कला केन्द्र पनि चल्छ कला केन्द्र सँगै हाम्रो मौलिक संस्कृति पनि जोगिन्छ । विदेश देखि हाम्रो मौलिक कला हेर्न आउँछन् विदेशीहरु हाम्रो कला देखेर दङ्ग पर्छन् । उनीहरुले नै हामीहरुलाई मौलिक कला संस्कृतिको माया गर्नु पर्छ भन्ने प्रेरणा दिईरहेको हुन्छ ।”
यस्तै सोच र धारणा राखेर कला केन्द्रहरु अघि बढ्न नितान्त आवश्यक छ । नेपाली कला संस्कृतिको प्रशिक्षणमा बढी कला केन्द्रहरुले ध्यान दिन आवश्यक छ । अनि मात्रै कला केन्द्रको साख पनि जोगिन्छ मौलिक संस्कृतिमा हामी पनि रमाउन पाउँछौ ।
[email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0