प्रभातफेरी अनलाइन१९५२ पटक पढिएको प्रकाशित मिति: १३ साल अघि (१३ साल अघि)
स्वतन्त्रता दिवसमा प्रभातफेरी
बनेपा ÷ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बनेपामा प्रभातफेरी गरिएको छ । नेपाल पत्रकार महासंघले जिल्लाका कृयाशिल सञ्चारकर्मीको सहभागितामा प्रभातफेरी गरिएको हो ।
तीनदोवाटोस्थित कार्यलयबाट शुरु भएर चारदोवाटोमा कोणसभामा परिणत भएकोे ¥यालीलाई शाखा अध्यक्ष महेश पौडेलले सम्बोधन गरेका थिए ।
सुवासको स्मृतीमा सम्मान र छात्रवृति
बनेपा ÷ सुवास स्मृती प्रतिष्ठानले विभिन्न सर्जकहरुलाई सम्मान र छात्रवृति वितरण गरेको छ ।
स्मृती दिवसको अवसर पारेर समाजसेवी रामचन्द्र अधिकारी, विकु लामा, इञ्जिनियर दिनेश चौधरी, सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष अप्सरा चापागाईँ लगायत जनमत प्रकाशन, शव्दयात्रा प्रकाशन, नेपाली लेखक संघ काभ्रे, रोशी वाङमय प्रतिष्ठान, काभ्रेली साहित्य समाज, पनौती साहित्य समाज, जुनकिरी साहित्य अभियान र निरपेक्ष प्रकाशनलाई सम्मान गरियो । वरिष्ठ पत्रकार भैरव रिसालले उनीहरुलाई सम्मान गरेका थिए । डाँडापारीका ३ विद्यालयका ९ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरियो ।
कार्यक्रममा लेखक डा. श्याम भट्टराई, सम्मानित अप्सरा चापागाई, शारदाप्रसाद शर्मा, केशव थापा, सहकुल थापा, प्रतिष्ठानका सल्लाहकार रामशरण खड्का, अध्यक्ष चन्द्रबहादुर खड्का, सदस्य विष्णु भुसाल लगायतले संस्थाले सञ्चालन गरेका सामाजिक कार्यको प्रशंसा गरेका थिए ।
काभ्रे सेवा समाजको सम्मान
बनेपा ÷ काभ्रे सेवा समाजले काभ्रेमा जन्म लिएर आफ्नो क्षेत्रमा विशिष्ठ स्थान बनाएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । साहित्यकार कृष्णप्रसाद पराजुली, सचिव धनबहादुर तामाङ र नेपाली सेनाका उपरथी बलदेव राज महतलाई सम्मान गरेको हो । समाज काभ्रेमा जन्म लिएर काडमाण्डौँलाई कर्मथलो बनाउने पुर्व प्रशासक, उद्योगी, व्यवसायीको संस्था हो । जिल्लाको समग्र विकासको लागि खोलिएको गैरराजनैतिक संस्थामा आवद्ध हुन सल्लाहकार तथा पुर्वसचिव उमेशप्रसाद मैनालीले आग्रह गरे । समाजका संयोजक प्रल्हाद केसी लगायतले समाजको महत्व र उद्धेश्यबारे चर्चा गरेका थिए ।
त्रियासी पुराना बाइक साटिए
बनेपा ÷ बजाज बाइकको बनेपा स्थित आधिकारीक विक्रेता उग्रचण्डी अटो वल्र्डले सञ्चालन गरेको “बजार एक्सचेञ्ज अफर” अन्तर्गत ८३ पुराना मोटरसाइकल साटिएको छ । कम्पनीका पल्सर, एभेञ्जर, डिस्कभर र प्लाटिना ब्राण्डसँग कुनै पनि कम्पनीका पुराना बाइक साटिएको प्रोपाइटर तुलसीनारायण श्रेष्ठले जानकारी दिए ।
कम्पनीले सटही गर्दा इस्क्र्याच कार्ड, निशुल्क हेलमेट, व्याग, वासको सुविधा सहितका वैशाख १९ देखि १९ सम्म अफर ल्याएको थियो ।