ज्ञानमणि कालोटोपी
नेपाल गणतान्त्रिक मुलुक , यो परिभाषाले अव कसैलाई चिनाईराख्नु पर्दैन । करिव २ सय ४० वर्ष सम्मको इतिहास बोकेको राजतन्त्रलाई उखेलेर गणतन्त्रको विउ रोपेको धेरै भएको छैन , नेपालमा । तर अहिले सम्म जति समय गणतन्त्रमय भयो नेपाल, यो अवधिमा धेरै उपलब्धिहरु हासिल गरिसक्नु पर्ने थियो तर सोचे अनुसार र अपेक्षा गरे अनुसार हुन सकिरहेको छैन । यो नेपाल र नेपालीहरुको लागि त दुर्भाग्य हुदैं हो विश्व समुदायमा पनि नेपालको छवि विगार्ने कारक तत्वको रुपमा रहनु पक्कै पनि राम्रो होइन ।
नेपाल र नेपालीको भाग्य बनाउने भनिएको र ऐतिहासिक जिम्मेवारी लिएको संविधानसभा विना उपलब्धी विघटन भएको पनि एक वर्ष भईसक्यो । २ वर्ष सम्ममा संविधान निर्माण गर्नु पर्ने जिम्मेवारीलाई लत्याउँदै ४ वर्ष सम्म म्याद थपिएको भएपनि संविधानसभाबाट शुन्य उपलब्धि हासिल हुनु र संविधानकै लागि हरेक नेपालीहरुका पसिना–पसिनाबाट जम्मा भएको राज्यको अरबौं रुपयाँको ढुकुटी रित्तीनु पक्कै पनि शुभ संकेत होइन । यति मात्रै होइन, अझै पनि यो श्रृखला रोकिएको छैन । संविधानलाई एउटा खेतीको रुपमा लिदैं यसबाट देशको नाउँमा अरबौं रुपयाँ सक्याउने खेल खेल्न उद्धत् नेपालका राजनीतिक दलका नेताहरु अव पुनः अर्को संविधान सभाको निर्वाचन तर्फ लागि रहेका छन् । पटक–पटक निर्वाचन मात्र गर्ने र यसका उपलब्धि तिर ध्यान नदिने परिपाटीले नेपाल विश्वका राष्ट्र सामु वर्षौं पछाडि परिरहेको तितो यथार्थ हामी सामु ताजै छ ।
यस अघि पटक–पटक नेपालमा संविधानहरु जारी नभएका होइनन् । प्रत्यक्ष रुपमा हेर्ने हो भने ०१५ साल र ०४७ सालमा लागू गरिएका संविधानहरु नेपालका लागि दीर्घकालिन हुन सकेनन् । धेरै लगानी गरेर निर्माण भएका संविधानहरु छोटै समयमा विघटन हुदैं आईरहेका विगतका इतिहास हामी सामु साक्षी छन् । संविधान बनाउने जिम्मा लिएका राजनीतिक दलका नेताहरु पहिले आफ्नो स्वार्थ पुरा गरौं अनि देशको भन्ने मान्यताले प्रेरित छन् । यो राम्रो कुरा होइन ।
देश संचालनको लागि आवश्यक मुल कानुन हो संविधान । यो यथार्थलाई सबैले राम्ररी बुझेका छन् । तर नबुझे झैं गरिरहेका छन् हाम्रो देशका राजनितिक दलहरु । सानो विषयमा पनि झगडा गर्ने र आफ्नै कारणले भएका ठूला–ठूला गल्तीहरुलाई सच्याउन तिर नलाग्ने उनीहरुका कमजोरीले नेपाली नागरिकले सधैं दुखः खेप्नु परिरहेको छ ।
जनतालाई मिठा आश्वासनहरु बाँड्ने र ती आश्वासनहरु पुरा गराउन असम्भव मागहरु राखेर देश र जनतालाई सधैं दुःख दिने हाम्रा राजनीतिक दलहरुका पुरानो बानीले अहिले सम्म हामीले धेरै नै हन्डर खादैं आईरहेका छौं । यो श्रृखला जव सम्म रोकिदैंन तव सम्म जनताहरु सच्चा मागहरु राखेर सडकमा उत्रदैनन् । हामी जनताहरु पनि कुराको चुरा नवुझिकन नेताहरुका पछि लाग्छौं । हिजो आफ्नो स्वार्थ पुरा गर्न तिर लाग्दा जनता सामु के बोलीको ठेगान नभएका नेताहरुका मिठा र गुलिया भाषणका पछि लागेर हामीले कतै अराष्ट्रिय काम त गरिरहेका छैनौं , सोच्न आवश्यक छ ।
हिजो संविधान सभा विघटन हुनु भन्दा अगाडि हामीले नै विभिन्न मागहरु राख्यौं । कहिले पूर्वबाट आवाज उठायौं त कहिले पश्चिम र सुदुर पश्चिमबाट । विभिन्न जात जातीहरुको प्रतिनिधित्व गर्दै आ–आफ्नै प्रदेशका अडानहरुलाई दोहो¥याएर बन्द र हड्तालहरु कति ग¥यौं कति.. । तर यो सोचेनौं कि हामी अखण्ड नेपालका नागरिकहरु हौं भनेर । यस अर्थमा हामी यति मुर्ख भयौं कि गएको जेठ १४ गते सम्म आ–आफ्ना मागहरु राखेर दवाव त दियौं नेताहरुलाई जब त्यहि दिन मध्यरात संविधानसभाबाट संविधान जारी नै नभई विघटन हुँदा १५ गते हामीले सहर्ष स्विकार ग¥यौं । नेताहरुले जे गरे त्यसलाई किन यसो ग¥यौ सम्म भन्न सकेनौं । यो हाम्रो ठूलो कमजोरी हो । यहि कमजोरीको फाईदा उठाउँदै पुन ः तीनै राजनितीक दलहरु चुनावको बहानामा मिठा सपनाहरु देखाउँदै गाउँ पस्दै छन् । विगतमा जे भयो त्यसलाई एउटा पाठको रुपमा लिदैं अव चाहिं हामीले कुन ठिक र कुन बेठिक हो भन्ने बुझेर मात्रै अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।
चुनाव त सधैं गरिएकै हो । तर त्यसको उपलब्धि कति भयो त्यस तिर पनि ध्यान दिनु आवश्यक छ । चुनाव गर्दैमा समस्या समाधान हुदैन , जव सम्म राजनीतिक दलहरुले आ–आफ्ना अनावश्यक अडानहरु छोड्दैनन् तव सम्म नेपालमा पचासौं पटक चुनाव गरेपनि देश र जनताले नयाँ संविधान पाउँदैंनन् । यो यर्थाथलाई हामी सबैले बुझ्नै पर्छ । हामी यो चाहन्छौं कि यति धेरै जनताले धेरै समय देखि अपेक्षा गरेको र देशको अरवौं रुपैँया सक्याइएर बनाइने भनिएको अवको संविधान २ सय वर्ष भन्दा वढि समयका लागि बनाउन सम्भव होस् । २ दशकलाई पनि नटिक्ने संविधान बनाएर पटक–पटक देश र जनतालाई झुक्याउने काम फेरी नदोहोरियोस् । जन अपेक्षाको कदर गर्न नजान्ने राजनीतिक दलहरुले आफ्ना कमि कमजोरीहरुको महसुस गरि देशको विकासमा लाग्ने प्रेरणा उनीहरुमा आओस् । अनि मात्र देश र जनताले सुख पाउने दिन आउने छ । अन्यथा पुरानै राजनितीक रोगले देश र जनताहरु थला पर्ने छन् । हामी चाहन्छौं , त्यो रोगको निदानका लागि हामी अरुको शरणमा पर्नु नपरोस् । यस अघि समयमा नै कुनै पनि काम नगरेकाहरुबाट अव पनि समयमै काम होला भन्न त सकिंदैन, तर यसबाट उनीहरुले पाठ सिके होलान् भन्ने अपेक्षा गर्न भने सकिएला कि । पबयितयउष्द्दज्ञछ२नmबष्।िअयm
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |