Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एकढिक्का भएर अघि बढौँँ ः हुँमागाई = प्रेमराज पुनः अध्यक्ष = जेसीजले तालिम दियो = ओमन वाइकरकोे उपाधी सुप्रियालाई =सोबुकानले सम्मान गर्यो

प्रभातफेरी अनलाइन १११५ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २९, आईतबार (१२ साल अघि)
Post Thumbnail

एकढिक्का भएर अघि बढौँँ ः हुँमागाई
बनेपा ÷ नेपाली कांग्रेस काभ्रेका सभापति शिवप्रसाद हुँमागाईले एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन कंग्रेस — स्वतन्त्रको जिल्ला अधिवेशनमा बोल्दै हुँमागाईले यस्तो आग्रह गरेका हुन् ।
व्यक्ति भन्दा संस्था ठूलो हुने भन्दै उनले व्यक्ति भन्दा पनि संस्थाको हितमा लाग्न सबैमा आग्रह गरे । उनले नेपाली कांग्रेस विजय भएमात्रै संविधान लेखिने दावी गरे । “यसअघि कांग्रेसले हारेकाले संविधान बनेन, त्यसैले कांग्रेस विजय हुनु आवश्यक छ । ” उनले भने ।
कार्यक्रममा ट्रेड युनियन कंग्रेसका केन्द्रिय सदस्य विनोद कार्की, कांग्रेस जिल्ला सचिव अच्युतप्रसाद पौडेल र शंखवुद्ध लामा, क्षेत्र नं ३ का सभापति कञ्चनचन्द्र बादे, ४ नं क्षेत्रीय सचिव सुन्दरमणि आचार्य, संगठन शाखा प्रमुख प्रकाश थापा, प्रशिक्षण शाखा प्रमुख दिनेश लामा, जिल्ला सदस्य मधुकर खनाल, केशव तिमल्सिना, शुशिला परियार, प्रेस युनियनका कोषाध्यक्ष इश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल, नेपाल शिक्षक युनियन काभ्रेका अध्यक्ष नारायण तिमल्सिना, शिक्षक संघ काभ्रेका अध्यक्ष आश्विन चौलागाई, लोकतान्त्रिक प्राध्यापक संघ काभ्रेका अध्यक्ष भोला केसी, ट्रेड युनियनका जिल्ला अध्यक्ष प्रेमराज शर्मा वाग्ले, महिला उपाध्यक्ष सुनिता तामाङ लगायतले मजदुर अधिकारबारे चर्चा गरेका थिए ।
प्रेमराज पुनः अध्यक्ष
अधिवेशनले प्रेमराज शर्मा वाग्लेकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा विष्णुप्रसाद घिमिरे (खुल्ला), विन्दा खरेल (उत्पादन क्षेत्र), बासुदेव केसी (अनौपचारिक तथा स्वरोजगार क्षेत्र), महेन्द्रकुमार भोखजु(सेवा क्षेत्र), सुनिता तामाङ (महिला) छन् । सचिवमा रमेश सापकोटा, सहसचिवमा कुमारसिं लामा, कोषाध्यक्षमा देवकी दाहाल र सदस्यहरुमा प्रकाश हुमागाई, सुरेश पासवान, नरबहादुर विष्ट, बासुदेव शर्मा, रामकाजी बस्नेत, कुलबहादुर तामाङ, महिला सदस्य ज्ञानी काफ्ले, लिलावती भट्टराई, हरिप्रिया रेग्मी, चेतमाया चौलागाई छन् । केन्द्रिय प्रतिनिधीमा पुरुषोतम पराजुली, उद्धव अधिकारी, ध्रुव खड्का, नारायणप्रसाद तिमल्सिना, किशोर अधिकारी, रघुनाथ हुमागाई, नुरनाथ पन्त, बद्रिप्रसाद तिमल्सिना, होमनाथ दाहाल र रामकृष्ण न्यौपाने छन्

जेसीजले तालिम दियो
बनेपा ÷ काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जुनियर जेसीजले संयुक्त रुपमा तालिम दिएको छ । तीनै संस्थाका बर्ष २०१३ का पदाधिकारी, साधारण सदस्य र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरुका लागि “वैठक सञ्चालन विधी  ” बारे तालिम दिएको थियो । जेसीजको स्थापना, कार्य र उद्धेश्यबारे पनि तालिममा जानकारी गराइयो ।
नेपाल जेसीजका पुर्वअध्यक्ष सिनेटर महेश दाहालले प्रशिक्षण दिएका थिए । तालिममा  ४० सहभागी थिए । कार्यक्रममा  प्रशिक्षक दाहाल, काभ्रे जेसीज बर्ष २०१३ का अध्यक्ष राजन मानन्धर, महासचिव विकास मानन्धर लगायतले जेसीज अभियानबारे चर्चा गरेका थिए ।

ओमन वाइकरकोे उपाधी सुप्रियालाई
धुलिखेल ÷ नेपाल अटोमोबाइल स्पोर्टस् एशोसियसन (नासा) काभ्रेले आयोजना गरेको चौथो ओमन बाइकर ¥यालीको उपाधी सुप्रिया महर्जनले हात पारेकी छिन् । ३९ प्रतिष्पर्धीलाई उछिन्दै उनले उपाधी हात पारेकी हुन् । अजिता राई दोस्रो, पुजा दोङ र नविना महर्जन तेस्रो भए । पहिलो हुनेलाई बाईस हजार दुईसय बाइस, दोस्रो हुनेलाई एघार हजार १ सय एघार र तेस्रो हुनेलाई ५ हजार ५ सय ५५ रुपिँया नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरियो । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्वर तिमल्सिनाले उनीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।
‘साहसिक खेलः पर्यटन प्रबद्र्धन र विकासको पूर्वाधार, शान्ति, एकता र सामाजिक सद्भाव नयाँ नेपालको आधार’ मुल नारा सहित आयोजना गरिएको ¥¥याली काठमाडौं टुँडिखेलबाट शुरु भई बसन्तपुर, जावलाखेल, भक्तपुर हुँदै धुलिखेलसम्म पुगि सम्पन्न भएको थियो । समय, दुरी र गतिको आधारमा विजेता छनौट गरिएको थियो ।
सोबुकानले सम्मान गर्यो
नेपाल सितेरियो सोबुकान कराँते डो संघ र जिल्ला संघ काभ्रेले संघको प्रतिनिधित्व गर्दै राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा राष्ट्रिय च्याम्पियन भएका २९ जना खेलाडीलाई सम्मान गरेको छ । व्ल्याक बेल्ड ग्रेडिङ(फस्ट, सेकेण्ड थर्ड डान) मा सफल केन्द्रका ३ र काभ्रेका २ जनालाई पनि  केन्द्रिय कार्यलय जापानबाट सफलताको प्रमाणपत्र प्रदान गरिएको छ । पुर्व एसएसपी लक्ष्मीनरसिंहबादेले उनीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा संघका केन्द्रिय सचिव राजु अधिकारी, केन्द्रीय प्रशिक्षण विभागका प्रमुख संघरत्न मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष महेश पौडेल, सम्मानित व्यक्तित्व गणेश दनुवार लगायतले सोबुकान कराँते खेलका बारेमा चर्चा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0