तिमीले खाएका ती वाचा कसम आज फेरि याद आयो ।
बिदाबारी हुने तिमी स“ग आ“खा जुध्दा मन कटक्क खायो ।।
केही मैले बोल्न खोज्दा वाक्य मन मै अड्क्यो त्यसै ।
सपना सबै चकनाचुर भए रित्तिए आशा आज यसै ।।
माया दिएँ मैलै चोखो घात तिमीले उपहार दियौ ।
बा“की के नै अब छ र जीन्दगी नै तिमीले लुटी लियौ ।।
चोट दियौ सबै सहें जति दियौ पीडा मैले पिए“ सबै ।
झुमिरहेछु लाग्यो मात मायाको नशाले लट्ठिए यसै ।।
गयौ जब तिमीले छाडी मलाई नसोचेको सबै मलाई भयो ।
मरिसके“ कि भन्ने थाहा पाउन आफैलाई नियाल्ने चाह मलाई भयो ।।
प्रवीण त कलियुगको प्रेमी प¥यो । न त उनकी प्रेमिका शावित्री नै थिइन् । अझ आधुनिक एक्काइसौं शताब्दीकी प्रेमिका । जो आफ्नै स्वार्थको लागि आफ्नै प्रेमको घाँटी समेत निमोठ्न पछि नपर्ने हुन् की ! उता प्रवीण छिन मै होस आउने त छिन मै बेहोसी मै बर्बराउने क्रम जारी नै थियो । तर पनि पहिले भन्दा केहि सुधार आएको थियो उनको स्वास्थ्यमा । नजिकका मान्छेहरु चिन्न सक्ने भइसकेको थियो ।
माया नै माया अनि विश्वासले भरिएकोछ भन्थे योे संसार । यहाँ माया प्रेमको आ–आफ्नै परिभाषा र बुझाई रहेको पाइन्छ । सबैले आ–आफ्नै तरिकाले माया प्रेमलाई अथ्र्याउने गरेका छन् । माया गर्ने प्रकृति पनि फरक फरक रहेको पाइन्छ । तर पनि कसैको जीवनलाई नकारात्मक असर पार्ने गरी गरिने माया प्रेम पक्कै पनि सहि नहोला । भावना माथि खेलवाड गर्नु पनि पक्कै नै माया कै उपहास होला । माया प्रेममा त्याग हुनछ भन्थे तर त्याग गर्ने सामथ्र्य कसैमा सायदै रहला । सबै जना प्राप्त मात्र गर्न चाहन्छन् ।
निस्वार्थ भावले गरिने मायालाई नै माया भन्दा अनुपयुक्त नहोला भन्ने मलाई लाग्छ । साँचो माया गर्नेहरु जीवनभर यादमा नै डुबिरहँदा रहेछन् । धेरै माया गरेको नाटक गर्नेहरु चाहिँ आफ्नो स्वार्थ पुरा भए पछि घात गर्न कत्ति पनि पछि नपर्दारहेछन् । आखिर दुई दिनको मायाको नाटक गरेर कसलाई के फाइदा होला र ? तर पनि अरुको भावनामा खेलवाड गर्दै दुई दिनको मायाको नाटक गर्नेहरुको कमी छैन । दुई दिनको नक्कली माया गरेर पछि घात पाउँदा साँचो माया गर्नेहरु न त जीउन नै सक्दारहेछन् न त मर्न नै । तड्पाइमा नै जीउन विवश हुँदारहेछन् साँचो, निःस्वार्थ माया गर्नेहरु ।
पल पल माया गर्दै मायामा नै सारा जीवन अर्पण गर्नेहरुको यहाँ कुनै मुल्य नै नहुँदो रहेछ । सारा जीवन अतितको यादमा नै डुबेर पीडामा नै जल्नु नै नियति बन्न पुग्दारहेछन् । सायद माया पे्रम पनि आधुनिक जमानामा प्रवेश गरेकोले हुनुपर्छ नत्र किन त मायामा बारम्बार घात भई कैयौंको जीवन बर्बाद भईरहेको छ त यहाँ ? आखिर दोष कसको ? जीवनभर मायामा डुबी अतितको याद अनि पीडामा जीउनेहरुको या फूलको रस चुसेर चटक्कै माया मार्ने भमरा झैं घातमाथि घात गर्दै भावना माथि खेलवाड गर्नेको ।
आखिर कहाँ हराइन् त रेखा ? आमालाई भेटन् भनेर अस्पताल गएकी उनी आफ्नो बच्चा सहित हराएकी थिईन् । उनको माइती पक्षले खोई मेरी छोरी भन्थे प्रवीणलाई । तर प्रवीणलाई केहि थाह थिएन । कमसेकम उसको ससुराली खलकले प्रवीणलाई सोध्न सक्थ्यो तर विचरा प्रवीणले कसलाई सोधोस् । कोसँग आफ्नो पीडा पोखोस् । यस्तै नै रहेछ यहाँको चलन् ।
यस्तै नै रहेछ संसार । यहाँ कसैले पनि कसैको वेदना देखेर विचरा समेत भन्ने प्रयास नथदाृरहेछन् । सायद यसैलाई संसारको रित भन्दा हुन् । प्रवीण छटपटी नै छटपटीमा आफूलाई भुलाउने कोशिस गर्दैथ्यो । सानो अनि झिनो आशा एकदिन रेखा आउनेछिन् भन्ने थियो । तर त्यो दिन कहिले आउला त्यसैको प्रतिक्षामा उसको पल पल बितिरहेकोथियो । तर आशा सबै निराशामा परिनत भईदिन्थ्यो । रेखालाई उसले पत्ता लगाउनै सकेन ।
करिब दुई वर्ष पछि उसले थाह पायो रेखाले उता कतै तराईतिर घरजम गरेर बसेकीछिन् भनेर । प्रवीणले एक पल्ट आफ्नी प्राणपयारी रेखालाई इकपल्ट भेट्ने इच्छा ग¥यो । उनलाई र आफ्नो मुटुको टुक्रा सन्तनलाई समेत भेट्ने चाहना अनुरुप तराई तिर गयो । धेरै प्रयास पछि ृसले रेखा बस्ने बस्ती पत्ता लगायो । रेखालाई भेट्ने ृसको हर प्रयास असफल भईरहेको थियो । साँच्चै नै भन्नुपर्दा रेखाले नै प्रवीणलाई भेट्न चाहेकी थिईनन् खै किन हो ।
प्रवीण लजमा बसेर रेखासँग र आफ्नो बच्चा भेट्ने आशा गरिरहेको थियो तर उसको आशा निराशामा परिनत हुँदै थियो । कयौं प्रयास गर्दा पनि उ आफ्नो प्रयासमा सफल हुन सकेको थिएन । एवं रितले बस्दा बस्दा एक महिना नै पुग्न लागिसकेछ । तै पनि रेखा भन्दा पनि आफ्नो बिछाृडिएको सन्तान भेट्ने उसको ठूलो इच्छालाई उसले मार्न नसकेर उ प्रतिक्षामा नै बसिरहेको थियो ।
रेखाले पनि प्रवीण त्उहाँ उनीहरुलाई भेट्न आएको थाह पाई सकेकी थिइन् । त्यसैले पनि उनी बाहिर ननिक्ली बसेकी थिइन् । अब त जसरी पनि भेट्नै प¥यो भनेर आँट गरेर नै प्रवीण रेखाको घरमा नै गयो । रेखा बच्चालाई दुध खुवाउँदै थिइन् । पंवीणले रेखा र आफ्नो सन्तानलाई चिनीहाल्यो । उसको आँखाबाट तरक्क दुई थोपा आँशु झ¥यो रेखा र बच्चालाई देख्नासाथ । अनि उसले मधुर स्वरमा बोलायो “रेखा” । रेखा झसङ्ग भईन् । उनी अक्क न बक्क भईन् । उनको मुखबाट वाक्य नै फुरेन । उनी एकोहोरो जमिनमा मात्र हेरेर बसिरहिन् ।
क्रमशः…. (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)
[email protected]
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |