Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्कुल भवन बनेपछि अविभावकले भने “अव हाम्रा सन्तानलाई सरकारी विद्यालयमा नै पढाऔँ ”

प्रभातफेरी अनलाइन १४१५ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ ५, आईतबार (१२ साल अघि)
स्कुल भवन बनेपछि अविभावकले भने “अव हाम्रा सन्तानलाई सरकारी विद्यालयमा नै पढाऔँ ”

कटुञ्जे ÷ “यतिका राम्रा भवन छन्, शिक्षकहरु पनि तालिम प्राप्त हुनुहुन्छ, शुल्क पनि कम नै छ, किन हामी हाम्रा छोराछोरीलाई नीजि विद्यालयमा पढाउने ” इन्द्रावती प्राथमिक विद्यालयका अविभावक विदुर कोइरालाले भने, “अहिलेसम्म जति गएपनि अव नयाँलाई सरकारी विद्यालयमा नै पढाउने प्रतिवद्धता व्यक्त गरौँ । ”
विद्यालयको भवन उद्धघाटन कार्यक्रममा सहभागी उनले सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा दिन सकिने बताए । “इन्द्रावती विद्यालयकै भवन हेर्नुस्, हाम्रा घर, कोठा पनि यति सफा छैनन् होला, समुदायको सकृयतामा भवन बनेको छ, सरकारी विद्यालयलाई राम्रो बनाउन अव  हामी आफैँ लाग्नुपर्छ । ” उनले भने ।
०४७ सालमा स्थापना भएको विद्यालयको लागि सेभ द चिल्ड्रेन, नाङ्शाल एसोशिएसनकोे ९ लाख १० हजार  र स्थानीयको जनश्रमदान र सहयोग गरी कुल १० लाख ११ हजारको लागतमा विद्यालय भवन बनेको हो । कक्षाकोठा व्यवस्थापन, घेराबारा, शौचालय र खानेपानीको लागि पनि ती संस्थाले  विद्यालयलाई सहयोग गरेका छन् । यसअघि विद्यार्थीले भवनको समस्या भोग्दै आएका थिए । विद्यालयमा दुईवटा कक्षालाई बारेर ४ वटा कक्षा सञ्चाालन गरिएको थियो ।
मेथिनकोट ३ का बल च्याङवा लामाले ३ आना जग्गा उपलव्ध गराएपछि रामकृष्ण अधिकारीको सकृयतामा विद्यालय स्थापना गरिएको थियो । माटोको डल्लाले बनेको गाह्रोमा सेउलाले छाएको छानोबाट शुरु भएको विद्यालयलले ०५१ सालमा जिल्ला विकास समिति र गाउँ विकास समितिको सहयोगमा पाएको अधुरो जस्ताले छाएर बनाएको भवनमा पठनपाठन हुँदै आएको थियो । विद्यालयका संस्थापक विद्यार्थी श्रीकृष्ण अधिकारी कष्टकर ती दिन सम्झदैँ भन्छन्, “डल्लाको गारो थियो, कटुसको सेउलाको छानो थियो, घरबाट पिर्का ल्याएर पढ्नुपथर्यो, अझ पानी परेपछि त घरतिर कुद्नुपर्ने बाध्यता थियो । ”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारी समुदायको सकृयतामा विद्यालय भवन बन्न सकेकोमा खुशी व्यक्त गर्छन् । “सबैको सहयोगमा भवन बनेको छ, अझै समस्या रहेकाले सहयोग हुने आशा गर्छौँ । ” उनले भने ।
०६० सालमा आधारभुत तथा प्राथमिक शिक्षा कार्यक्रमको सहयोगमा दुई कोठे भवन बनेपछि हालसम्म त्यसैलाई बारेर कक्षा सञ्चालन हुँदै आएको थियो । विद्यालयका प्रधानाध्यापक मुरारीप्रसाद काफ्ले भवन बनेपछि पनि भवनको समस्या रहने बताउँछन् । “बारेर मात्र समस्या समाधान गरेका छौँ, नयाँ भवन बनेपनि भवनको समस्या भने छ । ” उनले भने ।
तामाङ समुदायको बाहुल्यता रहेको विद्यालयका विद्यार्थी इट्टाभट्टामा जाने गरेकाले विद्यार्थीको संख्या कम छ । “मेथिनकोट र कानपुरको विचमा पर्ने यो विद्यालय नजिकै अरु प्रावि पनि छन्, आर्थिक विपन्न समुदाय भएकाले इट्टाभट्टामा जानुपर्ने उनीहरुको वाध्यता पनि हो । ” प्रअ काफ्लेले भने । विद्यालयमा ६० विद्यार्थी छन् ।  २ दरवन्दी १ नीजि र राहत शिक्षक कार्यरत विद्यालयमा १ शिक्षकको समेत अभाव छ । अभावका कारण बहुकक्षा सञ्चालन गर्ने गरिएको छ । प्रधानाध्यापक कार्यलयको कामले बाहिर जानुपर्दा अझ समस्या हुने गरेको छ ।
भवन बन्दा खुशीयाली
“पहिला हाम्लाई भवनको दु ः ख थ्यो
नयाँ भवन बनेपछि सुख भो ”
भवन उद्धघाटन कार्यक्रममा विद्यार्थीले आफ्नो खुशी गित मार्फत यसरी व्यक्त गरे । उनीहरुले सहयोगी दाताहरुलाई धन्यवाद समेत दिए ।
जिल्ला शिक्षा कार्यलय काभ्रेका विद्यालय निरिक्षक हिराकाजी श्रेष्ठले भवन उद्धघाटन गरेका थिए । कार्यक्रममा शान्ती जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, सेभ द चिल्ड्रेन मध्यमाञ्चालका शिक्षा कार्यक्रम संयोजक हरि डंगोल, नेपाल प्रेस युनियनका केन्द्रिय कोषाध्यक्ष इश्वरी ओझा, जनक उच्च मावि श्रोत केन्द्रका स्रोत व्यक्ति पुर्णचन्द्र काफ्ले, नाङ्शाल एसोशिएसनका कार्यक्रम संयोजक पुस्कर काफ्ले, बुद्ध प्राविका प्रधानाध्यापक इन्द्रजित तामाङ, विद्यालयका  शिक्षक शंकर सिग्देल, पुर्व विद्यार्थी श्याम अधिकारी लगायतले विद्यालय भवन बनेकोमा खुशी प्रकट गरे ।
विद्यालयले उल्लेखनीय योगदान पु¥याउने १२ जनालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा बल च्याङवा तामाङ, कृष्णप्रसाद अधिकारी, माधवप्रसाद अधिकारी (क), माधवप्रसाद अधिकारी (ख), अम्विका तामाङ, चिनीमाया तामाङ, विष्णुमाया तामाङ, चन्द्रमाया तामाङ, भोलानाथ अधिकारी, भगवती प्याकुरेल , रिता कोइराला र धनबहादुर तामाङ छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0