Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मृगौला तस्करी नियन्त्रणमा प्रहरीको ठूलो सफलता १० मृगौला तस्कर समातिए

प्रभातफेरी अनलाइन १७२५ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ ५, आईतबार (९ साल अघि)
मृगौला तस्करी नियन्त्रणमा प्रहरीको ठूलो सफलता १० मृगौला तस्कर समातिए

धुलिखेल ÷ मृगौला तस्करीमा संलग्न ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विगत २० बर्षदेखि तस्करीमा संलग्न मध्येका १० जनालाई जिल्ला प्रहरी कार्यलय काभ्रेले सार्वजनिक गरेको हो । तस्करी नियन्त्रणका लागि प्रहरीको यो हालसम्मकै ठूलो उपलव्धी हो ।
पक्राउ पर्नेमा होक्से १ का प्रेम बजगाई, पनौती ९ का मनोज राउत, नुवाकोट मादनपुर १ की मिना दर्जी, सोही स्थानका कृष्णबहादुर दर्जी, ललितपुर २१ का सचिन महर्जन, ललितपुर  ११ का सानुलाल महर्जन, तनहँु मिर्लुङका कुमार अधिकारी र काभ्रेको काभ्रे गाविस ४ का सुमन श्रेष्ठ, पाँचखाल ६ राजन  दर्जी र काठमाण्डौँ ८ का विनोद ढकाल थिए ।
पक्राउ परे मध्येका बजगाई होक्सेमा तस्करीको शुरुवात गर्ने मध्येका मानिन्छन् । उनी  २०५० सालदेखि नै मृगौला तस्करीमा संलग्न हुँदै आएका थिए । २०६९चैत २५ गते पक्राउ परेका उनी पुर्पक्षका लागि थुनामा छन् । उनीसँगै पक्राउ परेका पनौती ९ का मनोज राउत भने ३५ हजार धरौटी तिरेर रिहा भइसकेको छन् ।
मिनालाई धुलिखेल, बजागाई, राउत, सचिन, सानुलाल लाई  आफ्नै घरबाट र कुमारलाई न्युरोडबाट पक्राउ गरेको थियो । प्रहरी नायव निरिक्षक दिपेन्द्र चन्दको नेतृत्वमा असई होमनाथ भट्टराई, प्रहरी हवल्दार ठुलोबाबु खड्का र प्रहरी शंकर कँडेलको अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको थियो ।
सबैलाई मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्धा दर्ता गर्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल घर्तीले जानकारी दिए । प्रहरीले थप अनुसन्धान गरिरहेको र अन्य केहीको समेत पहिचान भइसकेको उनले जानकारी दिए । “सबै सरोकारवालाको सहयोगमा प्रहरीले ठूलो सफलता हासिल गरेको छ, समाजको कलंको रुपमा रहेको यसलाई निर्मुल गर्न प्रहरी लाग्छ । ” उनले भने ।
जिल्लाको होक्से, ज्याम्दी, काभ्रे, महादेवस्थान लगायतका क्षेत्रमा क्षेत्रमा मात्र मृगौला बेच्नेको संख्या १  सय नाघिसकेको छ । २० बर्षदेखि सुरु भएको मृगौला बेचविखन अझै रोकिएको छैन । बेच्नेलाई २ लाख सम्म दिने प्रलोभन देखाएर ३० देखि ६० हजारसम्म दिने गरिएको छ ।
जनअधिकार संरक्षण मञ्च, नेपाल तामाङ महिला घेदुङ, कानुनी सहायता केन्द्र, बहुसाँस्कृतिक मनोसामाजिक संस्था लगायतले जनचेतनामुलक कार्यक्रम, सुरक्षित बसाइसराई, कानुनी सहायता लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । मञ्चकी काभ्रे संयोजक कृष्णप्यारी नकर्मी जनचेतनाको कारण ढिलै भएपनि मुख्य तस्कर पक्राउ पर्नु उपलव्धी भएको बताउँछिन् । पुर्ण सन्तुष्ट हुने अवश्था नभएपनि यसले केही आशा दिलाएको उनले बताइन् ।
सञ्चारकर्मीलाई धन्यवाद
मृगौला तस्करी नियन्त्रणमा ठूलो सफलता हासिल गरेको काभ्रे प्रहरीले जिल्लामा कृयाशिल सञ्चारकर्मीलाई  धन्यवाद दिएको छ । सञ्चारकर्मीको सहयोग, प्रोत्साहन तथा प्रयत्नको कारण सफलता मिलेको भन्दै प्रहरीले इमेल मार्फत सबैलाई धन्यवाद दिएको हो ।
प्रहरीले इमेल लेखेर औपचारिक धन्मयवाद दिएको यो सम्भवत पहिलो घटना हो । “सञ्चार क्षेत्रकै सकृयताका कारण प्रहरीले यो सफलता हासिल गरेकोले आभार प्रकट गरेका हौँ । ” जिल्ला प्रहरी प्रमुख कमल घर्तीले भने । यसअघिका प्रहरीका सफलतामा उसले सञ्चार क्षेत्रको भुमिका रहेको बताउने गरेपनि यसरी आधारिक रुपमा व्यक्त गर्ने गरेको थिएन । उसले आफ्ना मिडियाबाट सकरात्मक प्रभाव पर्ने खालका सामाग्री प्रकाशन ÷ प्रशारण गरेर हौसला प्रदान गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0