Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यूवाहरु शहरतिर गाउँहरु सुनसान हुन थाले

प्रभातफेरी अनलाइन २०२८ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ १२, आईतबार (१२ साल अघि)
यूवाहरु शहरतिर गाउँहरु सुनसान हुन थाले

ज्ञानमणि कालोटोपी ÷ मण्डन

“गाउँमा कुनै खालको रोजगारी पनि छैन, त्यसैले कोही शहर पसेका छन् त कोही विदेश पुगेका छन् । ” गाउँमा युवा नहुनुको कारण खुलाउँदै चण्डेनीका पदमबहादुर नेपालले भने ।
युवाहरु गाउँमा नहुँदा अहिले प्राय गाउँहरु सुनसान छन् । गाउँमा खेतीपाती गर्न समेत कामदारको अभाव हुने गरेको छ । यसले गर्दा कामको ज्याला समेत महंगो छ । चाडवाडमा समेत युवाहरु गाउँमा नहुँदा रमाइलो समेत हुँदैन । कोही विरामी हँुँदा समेत अभाव खड्किने गरेको छ । गाउँहरुमा बालबच्चा, महिला र वृद्धवृद्धाहरु मात्र छन् ।
देशमा रोजगारी नहुँदा विदेशीने युवाको संख्या ठूलो छ । अझ गाउँमा त रोजगारीका सम्भावना नरहँदा युवाहरु विदेश वा शहर पस्न बाध्य छन् । चण्डेनीमण्डन गाविसबाट मात्र गएको केही बर्ष यता करिव २ सयको हाराहारीमा यूवाहरु विदेशिएका छन् । गाउँ छोडेर देशभित्रैका अन्य शहरहरुमा जाने यूवायुवतीहरुको संख्या ५ सय भन्दा वढी छ ।
गाउँहरुमा उच्च शिक्षाको अवसर राम्रो नभएकाले पनि यूवाहरु गाउँ छोड्न बाध्य भएको विन्धवासिनी माविका प्रधानाध्यापक राजु माझीको तर्क छ । माझीका अनुसार, चण्डेनीस्थित आँपचौरको माझी गाउँबाट मात्र उच्च शिक्षा र रोजगारीका लागि बाहिर जाने यूवायूवतीहरुको संख्या ५० जना जति छ । आफ्ना परम्परागत पेशाहरु लोप भएका र गरिवीका कारणले गाउँ छोड्नेहरुको संख्या उल्लेख्य रहेको उनले बताए । यसरी यूवाहरुको गाउँ पलायन दैनिक रुपमा वढिरहेको भएपनि यसलाई रोक्न सक्ने सम्भावना नभएको शिक्षक माझी बताउँछन् । ‘उनीहरुलाई गाउँमा रोजगारीको वातावरण नमिलाए सम्म यूवाहरु बाहिरिने क्रम रोकिदैंन ।’– उनले भने ।
केही वर्ष अगाडि देखि गाउँ छोडेर फर्केका केहि यूवाहरुले गाउँमै कुखुरापालन, गाईपालन, बाख्रापालन तथा तरकारी खेतीको शुरुवात गरेका भएपनि लगानी गर्न नसक्नेहरुका लागि यो पहुँच बाहिरको विषय भएको छ ।
गाउँमा आयमुलक कार्यक्रमहरु सञ्चालन गर्न सकिए गाउँमा नै रोक्न सकिने केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष दिपक प्रसाद पौडेलको तर्क छ “ सहकारी संस्थाहरु मार्फत सिप सिकाउँदै कृषिमा यूवाहरुलाई परिचालन गर्ने हो भने कहाली लाग्दो तरिकाले बाहिरिएको जनशक्तिबाट देशले राम्रो फाइदा लिन सकिन्छ । ” उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0