Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मृगौला तस्करी नियन्त्रणमा सबै लागौँ

प्रभातफेरी अनलाइन ९०३ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ १३, सोमबार (१० साल अघि)
Post Thumbnail

जिल्लाको होक्से गाविसको खराव परिचय बनेको छ , “मृगौला बेच्नेको गाउँ । ” धेरैले यसलाई “बैँक अफ किड्नी ” भन्ने गरेका छन् । विगत २० बर्षअघि देखि यहाँ शरिरको महत्वपुर्ण अंग मृगौला बेच्ने क्रम शुरु भए पनि अझै पनि यो रोकिएको छैन ।
जिल्लाको होक्से, ज्याम्दी, काभ्रे, महादेवस्थान, बालुवा , जैशीथोक लगायतका क्षेत्रमा क्षेत्रमा मात्र मृगौला बेच्नेको संख्या १  सय नाघिसकेको छ । बेच्नेलाई २ लाख सम्म दिने प्रलोभन देखाएर ३० देखि ६० हजारसम्म दिने गरिएको छ । आर्थिक रुपमा विपन्न यो क्षेत्रका मानिसहरु गरिवी नै मृगौला बेच्नुपर्ने कारण बताउने गरेपनि अरुको देखासिकी, दुईमध्ये एकले काम गर्ने वा अर्को पलाउने गलत जानकारीका कारण अमुल्य अंग मृगौला बेचिरहेका छन् । उनीहरु अहिले सामाजिक, आर्थिक तथा शारीरिक रुपमा पनि कमजोर बन्दै गएका छन् ।
जनअधिकार संरक्षण मञ्च, नेपाल तामाङ महिला घेदुङ, कानुनी सहायता केन्द्र, बहुसाँस्कृतिक मनोसामाजिक संस्था लगायतले जनचेतनामुलक कार्यक्रम, सुरक्षित बसाइसराई, कानुनी सहायता लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । उनीहरुको अभियानले केही उपलव्धी हासिल गरेको त छ, तर यसैमा सन्तुष्ट हुने अवश्था भने छैन ।
हालसम्मकै ठूलो उपलव्धी मान्नुपर्छ की, मृगौला तस्करीमा संलग्न ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विगत २० बर्षदेखि तस्करीमा संलग्न मध्येका १० जनालाई जिल्ला प्रहरी कार्यलय काभ्रेले पक्राउ गरेको हो । पक्राउ परे मध्येका होक्सेका प्रेम बजगाई होक्सेमा तस्करीको शुरुवात गर्ने मध्येका मानिन्छन् । उनी  २०५० सालदेखि नै मृगौला तस्करीमा संलग्न हुँदै आएका थिए ।
प्रहरीको यो सफलतालाई ठूलो उपलव्धी मान्नुपर्छ । तस्करी नियन्त्रणको लागि तदारुकता देखाउने जिल्ला स्थित प्रहरी नेतृत्व र अनुसन्धानमा खटिने प्रहरी धन्यवादका पात्र छन् । प्रत्यक्ष परोक्ष सहयोग गर्ने धेरैको पनि यसमा ठूलो योगदान छ । तर, तस्करी नियन्त्रणको लागि यति मात्र पर्याप्त छैन । स्थानीय राजनैतिक दलहरुले यसमा प्रतिवद्धता व्यक्त गर्नुपर्छ । स्थानीय सचेत नागरिकले प्रहरीलाई सुचना दिएर, स्थानीयलाई सचेत गराएर भुमिका खेल्न सक्छन् । स्थानीय नागरिक समाज, विद्यार्थी, बुद्धिजीवी लगायतले पनि आफ्नो भुमिका देखाउनुपर्छ । पक्राउ परेकालाई कडा कानुनी कार्वाही गर्न सकिएपनि अर्को समुह यसको तसकरीमा नलाग्न सक्छ । समग्रमा सबैको सामुहिक पहलले जिल्लाको र होक्सेको कलंकको रुपमा रहेको “मृगौला तस्करी ” निर्मुल हुन सक्छ । यसको लागि सरोकारवालाहरुले आजैबाट पहल थालौँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0