Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मृगौला तस्करी नियन्त्रणमा सबै लागौँ

प्रभातफेरी अनलाइन ११८१ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ १३, सोमबार (१२ साल अघि)
Post Thumbnail

जिल्लाको होक्से गाविसको खराव परिचय बनेको छ , “मृगौला बेच्नेको गाउँ । ” धेरैले यसलाई “बैँक अफ किड्नी ” भन्ने गरेका छन् । विगत २० बर्षअघि देखि यहाँ शरिरको महत्वपुर्ण अंग मृगौला बेच्ने क्रम शुरु भए पनि अझै पनि यो रोकिएको छैन ।
जिल्लाको होक्से, ज्याम्दी, काभ्रे, महादेवस्थान, बालुवा , जैशीथोक लगायतका क्षेत्रमा क्षेत्रमा मात्र मृगौला बेच्नेको संख्या १  सय नाघिसकेको छ । बेच्नेलाई २ लाख सम्म दिने प्रलोभन देखाएर ३० देखि ६० हजारसम्म दिने गरिएको छ । आर्थिक रुपमा विपन्न यो क्षेत्रका मानिसहरु गरिवी नै मृगौला बेच्नुपर्ने कारण बताउने गरेपनि अरुको देखासिकी, दुईमध्ये एकले काम गर्ने वा अर्को पलाउने गलत जानकारीका कारण अमुल्य अंग मृगौला बेचिरहेका छन् । उनीहरु अहिले सामाजिक, आर्थिक तथा शारीरिक रुपमा पनि कमजोर बन्दै गएका छन् ।
जनअधिकार संरक्षण मञ्च, नेपाल तामाङ महिला घेदुङ, कानुनी सहायता केन्द्र, बहुसाँस्कृतिक मनोसामाजिक संस्था लगायतले जनचेतनामुलक कार्यक्रम, सुरक्षित बसाइसराई, कानुनी सहायता लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । उनीहरुको अभियानले केही उपलव्धी हासिल गरेको त छ, तर यसैमा सन्तुष्ट हुने अवश्था भने छैन ।
हालसम्मकै ठूलो उपलव्धी मान्नुपर्छ की, मृगौला तस्करीमा संलग्न ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विगत २० बर्षदेखि तस्करीमा संलग्न मध्येका १० जनालाई जिल्ला प्रहरी कार्यलय काभ्रेले पक्राउ गरेको हो । पक्राउ परे मध्येका होक्सेका प्रेम बजगाई होक्सेमा तस्करीको शुरुवात गर्ने मध्येका मानिन्छन् । उनी  २०५० सालदेखि नै मृगौला तस्करीमा संलग्न हुँदै आएका थिए ।
प्रहरीको यो सफलतालाई ठूलो उपलव्धी मान्नुपर्छ । तस्करी नियन्त्रणको लागि तदारुकता देखाउने जिल्ला स्थित प्रहरी नेतृत्व र अनुसन्धानमा खटिने प्रहरी धन्यवादका पात्र छन् । प्रत्यक्ष परोक्ष सहयोग गर्ने धेरैको पनि यसमा ठूलो योगदान छ । तर, तस्करी नियन्त्रणको लागि यति मात्र पर्याप्त छैन । स्थानीय राजनैतिक दलहरुले यसमा प्रतिवद्धता व्यक्त गर्नुपर्छ । स्थानीय सचेत नागरिकले प्रहरीलाई सुचना दिएर, स्थानीयलाई सचेत गराएर भुमिका खेल्न सक्छन् । स्थानीय नागरिक समाज, विद्यार्थी, बुद्धिजीवी लगायतले पनि आफ्नो भुमिका देखाउनुपर्छ । पक्राउ परेकालाई कडा कानुनी कार्वाही गर्न सकिएपनि अर्को समुह यसको तसकरीमा नलाग्न सक्छ । समग्रमा सबैको सामुहिक पहलले जिल्लाको र होक्सेको कलंकको रुपमा रहेको “मृगौला तस्करी ” निर्मुल हुन सक्छ । यसको लागि सरोकारवालाहरुले आजैबाट पहल थालौँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0