Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मृगौला तस्करी नियन्त्रणमा लाग्ने प्रतिवद्धता

प्रभातफेरी अनलाइन १२५० पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ १३, सोमबार (१२ साल अघि)
Post Thumbnail

होक्से ÷ होक्सेका स्थानीय राजनैतिक दलका प्रतिनिधी तथा सरोकारवालाहरुले तस्करी नियन्त्रणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले नियन्त्रण अभियानमा सहयोग गर्ने समेत जनाए ।
अमेरिकी सहयोग नियोग, विश्व शिक्षा र द एशिया फाउण्डेशनको सहयोगमा जनअधिकार संरक्षण मञ्च, नेपाल तामाङ महिला घेदुङ, कानुनी सहायता केन्द्र, बहुसाँस्कृतिक मनोसामाजिक संस्था, मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समन्वय समितिले संयुक्त रुपमा होक्सेमा आयोजना गरेको सचेतना कार्यक्रममा बोल्ने अधिकाशंले प्रहरीलाई सहयोग गर्ने र जनचेतना जगाउने प्रतिवद्धता सुनाए ।
नेपाली कांग्रेस होक्सेका प्रतिनिधी रामशरण दंगाले विगतमा पहल गरेपनि अझ दृढ भएर लाग्ने बताए । गरिवीका कारण अधिकाशंले मृगौला बेचेको बताउँदै उनले आयमुलक काम गर्न दातृ निकायलाई सुझाव दिए । “धेरैले गरिवीकै कारण बेचेका छन्, केहीले अन्य कारणले पनि, त्यसैले आयमुलक काम गर्न सकियो भने यो नियन्त्रण हुनसक्छ, उनले भने, “आफ्नो ठाउँबाट हामी पनि सक्दो पहल गर्छौँ । ”
गाविसका पुर्वउपाध्यक्ष समेत रहेका नेकपा एमालेका पुस्कर ढकाल सबै राजनैतिक दलहरु यसको नियन्त्रणमा लाग्ने बताउँछन् । “पहिला पनि प्रयास गरेका हौँ, केही सुधार भएको छ, अव पनि लाग्छौँ । ” उनले भने ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल घर्तीले सबैको प्रयासमा प्रहरीले ठूलो उपलव्धी हासिल गरेको बताउँदै प्रहरी अझ दृढ भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । “हालै केहीलाई पक्राउ गरेका छौँ, यसमा सरोकारवालाहरुको ठूलो योगदान छ, प्रहरीको त १० प्रतिशत मात्रै हिस्सा हो ” उनले भने, “जिल्लाको कलंकको रुपमा रहेको तस्करी नियन्त्रण गर्न हामी कम्मर कसेर लाग्नेछौँ । ”  जिल्लाका साथै देशभर निगरानी बढाएको जानकारी दिँदै उनले विभिन्न तौरतरिका अपनाएर कुनै पनि हालतमा नियन्त्रण गरि छाड्ने दावी गरे ।
नेपाल तामाङ महिला घेदुङकी अध्यक्ष सोनी लामाले यसलाई “हाम्रो समस्या ” को रुपमा लिन सबैलाई आग्रह गरिन् । “पहिला त होक्सेवासी नै लाग्नुपर्यो, त्यसपछि अरु सरोकारवालाको पनि उत्तिकै भुमिका हुन्छ । ” उनले भनिन् ।
जनअधिकार संरक्षण मञ्चका सतिश पोखरेलले सबैले होस्टेमा हैँसे गरे यो समस्या समाधान हुने तर्क गरे । “तस्करका विरुद्ध जाहेरी दिऔँ, उनीहरुलाई कानुनी दायरामा ल्याएर कार्वाही गरौँ, अनि सबैमा यो बेच्नु हुँदैन भन्ने जनचेतना फैलाऔँ । ” उनले भने ।
पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेलले गाउँ स्तरमा नै सरोकारवालाहरुको सञ्जाल बनाएर जान सुझाव दिए । “काभ्रेली मिडियाहरु सधै तपाईहरुको अभियानको साथमा छौँ । ” उनले भने ।
कार्यक्रममा सहभागी विद्यालय, नागरिक समाज, बाल क्लवका प्रनिनिधीहरुले पनि तस्करी नियन्त्रण सबैको भुमिका हुने तर्क गरे । जिल्ला जनस्वास्थ्य अधिकृत राविज शर्मा, पुर्व गाविस अध्यक्ष धर्मसिं तामाङ, एनेकपा माओवादीका उद्धव बहादुर हमाल, नेकपा एमालेका पुष्कर ढकाल, जनता उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान तामाङ, प्राचार्य उपेन्द्र यादव, गाविस सचिव उत्तम लामिछाने, सुरक्षित बसाइसराइ सञ्जालकी यशोदा तिवारी लगायतले सरोकारवालाहरुको भुमिकाबारे चर्चा गरेका थिए ।
जिल्लाको होक्से, ज्याम्दी, काभ्रे, महादेवस्थान, वालुजवा, जैशिथोक लगायतका क्षेत्रमा मात्र मृगौला बेच्नेको संख्या १  सय नाघिसकेको छ । २० बर्षदेखि सुरु भएको मृगौला बेचविखन अझै रोकिएको छैन । बेच्नेलाई २ लाख सम्म दिने प्रलोभन देखाएर ३० देखि ६० हजारसम्म दिने गरिएको छ । प्रहरीले हालै १० जनालाई पक्राउ गरेको छ । १० मध्ये ४ धरौटीमा रिहा भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0