Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ऐतिहासिक चण्डेश्वरी जात्रा

प्रभातफेरी अनलाइन १२१६ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ १३, सोमबार (१२ साल अघि)
Post Thumbnail

बनेपा ÷ बनेपामा हुने सबैभन्दा ठूलो र विशेष उत्सवको रुपमा मनाइने ऐतिहासिक चण्डेश्वरी शुरु भएको छ । धार्मिक महत्व तथा इतिहास बोकेको चण्डेश्वरीको जात्रा शनिवारबाट शुरु भएको हो । जात्राको पुर्वसन्ध्यामा शुक्रवार नै भोज गरिएको थियो ।
प्रत्येक बर्षको बैशाख पुर्णिमाको दिन जात्रा शुरु हुन्छ । पहिलो दिन बिहान बनेपाका स्थानीयबासीले धिमे, नेखिऊ, छुस्याहा, पञ्चे बाजा लगायतका वाजागाजासहित चिराँग जुलुश गरेपछि जात्रा सुरु भएको मानिन्छ । सोही दिन तीनधारामा परम्परा अनुसार भेडा बली दिएपछि रित्तो रथलाई हजारौ भक्तजनको सहभागितामा चण्डेश्वरी मन्दिर पुर्याइएको थियो ।
पगौडा शैलीमा बनाइएको पांग्रा नभएको रथलाई एक सय भन्दा बढी युवाले बोकेर चण्डेश्वरी पु¥याउने गर्छन् ।  पाग्रा नभएको रथलाइ  ठाडो बाटोमा बोकेर नबिसाई लगेको दृष्य सबैका लागि आकर्षक बन्ने गरेको छ । तीनधाराबाट चण्डेश्वरी रथ लाँदा बाटो र घरघरबाट रथलाई पुजाआजा गरिन्छ । विहानै देखि वाजागाजासहित रथ यात्रा गर्ने क्रममा हजारौ भक्तजन सहभागी हुन्छन्  । जात्रामा काठमाण्डौ, भक्तपुर, ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट जात्राका लागि भक्तजन आउने गरेका छन् ।
जात्राको क्रममा रित्तो रथमा चण्डेश्वरीको मुर्ति राखेर वाजागाजासहित बनेपास्थित तीनधारा ल्याइएपछि पुजाआजा गर्ने गर्ने चलन छ । पुरानो बजारमा ल्याएपछि १४ बोका बली दिने गरिएको छ । १४ बोकामध्ये एउटा बोका द्धारे र अर्को बोका जोशीलाई दिइने गरिन्छ भने बाँकी १२ बोकालाई कलनदान दिने गरिन्छ । जात्रामा मासु फालेपछि सिंग, कान, आँखा, वंगारा, जिब्रो भेटाउने भाग्यमानी हुने विश्वास छ । यही विश्वासका कारण कलनदानपछि उक्त बोकाको मासुका टुक्रा भेटाउनका लागि युवादेखि वृद्धसम्मको तँछाडमछाडढ हुने गरेको छ । कलनदान गरेको मासु घरमा लगेर शुद्धीकरण गरी धुप बाल्ने प्रचलन रहेको छ ।
चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रलाई विशेष जात्राको रुपमा लिइने गरिएको छ । सबै समुदायसँग प्रत्यक्ष जोडिएको हुनाले यो जात्रालाई बनेपालीले दशैभन्दा ठूलो जात्राको रुपमा लिने गरेका छन् ।
सत्ययुगमा चण्डासुर दैत्यले भगवान महादेवको तपस्या गरी शक्ति पाएर देवीदेवतालाई वध गर्न थालेपछि चण्डेश्वरी कुमारी भगवतीको रुपमा प्रकट भई चण्डासुर दैत्यलाई मारेको खुशीयालीमा चण्डेश्वरी जात्रा हुँदै आएको इतिहास्विद् ज्ञानकाजी मानन्धरले बताउँछन् ।
उनका अनुसार, पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याईने तरबार (खड्ग) सँगै जात्रामा नेपाल सरकारको तर्फबाट समेत पूजा हुने भएकोले यसको महत्व अझ छ । किंवदन्ती अनुसार, बनेपाका कुनै एक मानन्धर (मोहनसिंह), जो चण्डेश्वरीको नियमित पुजाआजा गर्दथे, उनलाई मद्दत गरी फर्काउनुपर्छ भनी सुनको राँगाको टाउको, अमुल्य हिरा, जवाहरात र एक मुखे रुद्राक्ष एवं बहुमुल्य बस्तुहरु नेपाल सम्बत् ६२२ मा कुमारी कुण्ड कुमारी ले दिएकी थिईन् । यसकै सम्झनामा जात्रा मनाउँदै आएको बुढापाकाहरु बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0