शान्तिको कामना गर्दै बद्ध पूजा
हिराकाजी लामा ÷ तिमाल
कानपुर कालापानी, कोटतिमालवासीले बुद्धजयन्तिको अवसरमा शान्तिको कामना गर्दै भब्य रुपमा बुद्धजयन्ति मनाएका छन् ।
कार्यक्रममा बोल्ने अधिकाशंले मुलुकमा बढ्दो हत्या हिंसाको अन्त्य गर्न र शान्ति स्थापना गर्न बुद्धको सन्देश फैलाउनुको आवश्यकता औँल्याए ।
नेपाली काँग्रेसका जिल्ला सचिव शंखबुद्ध लामाले बुद्ध प्रतिमा पदस्थापन गरेका थिए । बुद्धजयन्तिको अवसरमा लामा गुरु छेडुव नाम्गेल लामाले प्रवचन दिएका थिए भने समाजसेवी गुणराज खकुरेल, शम्शेर लामा, भोरासमान लामा, शम्भुप्रसाद कोईराला, पूर्व वडा अध्यक्ष बुद्धिमान तामाङ्ग, शेरबहादुर तामाङ्ग, लवड तामाङ्ग तथा बुद्ध प्रतिमा संरक्षण समितिका अध्यक्ष मानबहादुर तामाङ्ग लगायतले बुद्धको सान्दर्भिकता अझै रहेको चर्चा गरेका थिए ।
गौतम परिवारको मन्दिर अनावरण
बनेपा÷ नेपालका सम्पूर्ण समुदायले पूजा गर्दै आएको कुलदेवता (बाद्रमष्ट) को मष्टावण्डली सहित कूलदेव कालुदाह्रेमष्टको मन्दिरमन्दिर सिनागालमा स्थापना गरिएको छ । शनिवार मन्दिरमा प्रतिस्थाापन गराईयो । वैशाख १३ गते बिहिबार अछामबाट आएका मुलधामी नन्दकृष्ण जैसीले मन्दिरको उद्धघाटन गरेका थिए ।
करिब १० लाखको लागतमा निर्माण गरिएको सो मन्दिरमा नेपाल अधिराज्यका मष्ट (कुलदेवता) मान्ने सम्पूर्ण समुदायले पूजाआजा गर्न सकिने व्यवस्थापन गरिएको गौतमप्रसाद गौतमले जानकारी दिए । स्थानीय विदूर गौतमलाई उक्त मन्दिरको पूजाआजा चलाउनको लागि धामी तोकिएको छ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |