कृषकहरुको उत्पादनले बजार पाउँदैन, पाइहाले पनि उचित मुल्य पाउने अवश्था छैन । कडा मिहेनत र पसिना बगाएका किसानहरु “कौडीको मोल” मा आफ्ना कृषि उत्पादनहरु बेच्न बाध्य छन् । किसानहरुको लगानी समेत नउठ्ने वातावरण छैन । सोही कारण कृषि प्रतिको अनिच्छा दिनानुदिन बढिरहेको छ ।
चण्डेनी मण्डनका किसानले केही समय अघि गोलभेंडा प्रतिकेजी ४ रुपैँया र बन्दा प्रति केजी २ रुपैँयामा बेचे । धेरैले बन्दा खेत बारीमा नै छोडेका छन् भने केहीले गाइबस्तुलाई खुवाउने गरेका छन् । केही किसान भने यही कम मुल्यमा बेच्न बाध्य छन् । उत्पादन बढी भएको र मुल्य सस्तिएका कारण उनीहरु आफ्ना उत्पादन कम मुल्यमा नै बेच्न बाध्य भएका हुन् ।
कृषि क्षेत्रमा व्याप्त विचौलियका कारण किसान बारम्वार पिडित बनिरहेका छन् । किसानहरुको पसिनामा विचौलियाले आम्दानी गरिरहेका छन् । किसानहरुका सामान सस्तोमा किन्ने र महंगोमा बेचेर उनीहरु धनी बनिरहेका छन् । पसिना, मिहेनत र आर्थिक लगानी गरिरहेका किसान भने सधैँ मर्कामा छन् ।
ठूलो जनसंख्या कृषिमा भएपनि नेपालको कृषि प्रविधी अझै आधुनिक भएको छैन । ग्रामीण भेगमा आफ्नै पहलमा यस्ता प्रविधीको प्रयोग गर्न किसानहरु सामर्थ राख्दैनन् । ज्ञान र अनुभवकै आधार चलेको कृषिले आम्दानी पनि दिन सकिरहेको छैन, मुनाफा त परको कुरा हो ।
मल, विउ तथा कामदारको उच्च ज्यालाको कारण तरकारी खेतीमा समेत किसानको नाफा कम छ । अझ तरकारीको भाउ समेत घट्दा किसानहरु थप मर्कामा छन् ।
हुन त पछिल्लो समय कृषि क्षेत्रमा भएको विकासलाई सन्तोषजनक नै मान्नुपर्छ । पहिलाको अवश्था भन्दा त धेरै सुधार भएको नै हो तर जुन रुपमा हुनुपेर्ने हो त्यो गतिमा भएको छैन । सरकारी निकाय बजेट अभावमा कार्यक्रम गर्न सकिरहेका छैनन् भने गैरसरकारी निकायहरुको प्रयास मात्रै पनि पर्याप्त छैन । संयुक्त प्रयासमा भएका प्रगतिलाई भने हामी सबैले प्रशंसा नै गर्नुपर्छ ।
कृषिको क्षेत्रमा मल तथा विउमा किसानलाई अनुदान दिनुपर्छ ।तरकारीहरुको संकलन केन्द्र गाउँ गाउँमा खोल्नुपर्छ । कोल्डस्टोर स्थापन गर्न सकियो भने धेरै समय सम्म भण्डारण गर्न सकिन्छ । विचौलिया प्रवृतिको अन्त्यय हुनुपर्छ र यसको लागि सरोकारवालाहरु सबैको सामुहिक पहल जरुरी छ । अनि मात्रै कृषि मार्फत देशको विकासको परिकल्पान गर्न सकिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |