Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दाप्चामा एम्बुलेन्स नहुँदा समस्या ……. बोलाउँदा पनि जाँदैनन् एम्बुलेन्स

प्रभातफेरी अनलाइन २५२० पटक पढिएको प्रकाशित मिति: २०७० अषाढ ५, बुधबार (१२ साल अघि)
दाप्चामा एम्बुलेन्स नहुँदा समस्या ……. बोलाउँदा पनि जाँदैनन् एम्बुलेन्स

दाप्चामा एम्बुलेन्स नहुँदा समस्या

दाप्चा ÷ २०६९ साल चैतको अन्तिम साता विष सेवन गरेर छत्रेबाँझ स्थित इलाका स्वास्थ्य चौकीमा पुरयाइएका एक पुरुषको एम्बुलेन्सको ढिलाईको कारण मृत्यु भयो । चौकीका प्राथमिक उपचार गरिएका उनी बाच्न सक्ने स्थितीमा त थिए तर अस्पताल पुरयाउन ढिला हुँदा उनको बाटोमा नै मृत्यु भयो ।

यसअघि पनि रक्तश्रावका कारण एक महिलाको निधन भयो, सुत्केरी गराउनुपर्ने एक केशमा ढिलाईको कारण बच्चाको मृत्यु भयो । समयमा नै अस्पताल पु¥याउन नसक्दा दाप्चामा धेरै मानिसको मृत्यु भएका कयन उदाहरणहरु छन् ।

दाप्चा क्षेत्रको खनालथोक, डराउनेपोखरी, छत्रेबाँझ, पुरानागाउँ, स्यामपाटी, फुलबारी लगायतका गाविसमा एम्बुलेन्सको सुविधा छैन । ६ गाविसका करिव १५ हजार जनसंख्या यो सुविधाबाट बञ्चित छन् । यातायातको समेत असुविधा रहेको यो क्षेत्रमा नीजि सवारी साधनको लागि पनि बनेपा, धुलिखेलको नै भर पर्नुपर्ने अवश्था छ । सार्वजनिक यातायात समेत अनियमित हुँदा सामान्य विरामी हुँदा पनि मृत्युवरण गरिरहेका छन् । नीजि सवारी साधनको महंगो मुल्य धान्न नसक्नेको लागि मृत्यु नै विकल्प बनिरहेको छ ।

स्वास्थ्य चौकीका इञ्चार्ज भगिरथ अधिकारी एम्बुलेन्स सेवा सञ्चालन गर्न सके अकालमा मृत्यु हुनुपर्ने अवश्थाको अन्त्यय हुने बताउँछन् । “स्वास्थ्य चौकीमा उपलव्ध हुने सेवा त हामी दिन्छौँ तर जटिल प्रकृतीका घटनामा भने काठमाण्डौँ, धुलिखेल र बनेपा नै लैजानुपर्छ । ” उनले भने, “६ गाविसमा एम्बुलेन्स सञ्चालन गर्न सकियो भने यहाँका मानिसले राहत महशुस गर्ने थिए । ”

पुरानागाउँमा श्रीकृष्ण सेवा समितिले एक एम्बुलेन्स सञ्चालन गरेको भएपनि सो प्रभावकारी छैन । कम उचाईको माइक्रोलाई एम्बुलेन्सको रुपमा सञ्चालन गरिएको भएपनि दाप्चाको कच्ची बाटोमा यो चल्न सक्दैन । यसले भकुण्डे आसपासमा मात्रै सेवा दिइरहेको छ ।

बोलाउँदा पनि जाँदैनन् एम्बुलेन्स

दाप्चाबाट एक विरामीको आफन्तले शिर ममोरियल अस्पतालमा एम्बुलेन्सको लागि फोन गरे । तर कच्ची बाटो र ४ बर्ष अघि कुटपिट भएको घटनाको कारण देखाउँदै अस्पतालले एम्बुलेन्स पठाउन मानेनन् र आफन्तले महंगो शुल्क तिरेर नीजी भाडाको गाडीमा विरामीलाई अस्पतालमा ल्याए ।

सेवाको लागि सञ्चालन भएका एम्बुलेन्सको नाफा मात्रै हेर्दा सर्वसाधरण मर्कामा पर्ने गरेका छन् । गाउँ गाउँसम्म सेवा दिनुपर्ने एम्बुलेन्स शहर केन्द्रित भएर सेवा दिइरहेका छन् । अधिकाशंमा “फोर ह्विल ” छैनन् । मर्मतको लागि ग्यारेजमा राखिएको , तेल सकिएको बाहनामा उनीहरु गाउँ जान मान्दैनन् । जिल्ला प्रशासन कार्यलयले जिल्लामा सञ्चालित एम्बुलेन्सको लागि तय गरेको सञ्चालन दर “न्युन ” भएको कारण पनि उनीहरु गाउँ जान मान्दैनन् ।

शिरमेमोरियल अस्पतालको एम्बुलेन्समा भएको “फोर ह्विल निकालिएको कर्मचारी नै बताउँछन् । “गाडी जान त सक्छ तर कम भाडा भएको कारण फोर ह्विल नै छैन भन्छन् । ” नाम नबताउने शर्तमा ती कर्मचारीले भने । अस्पतालको लागि रोटरी क्लव लगायतका दातृ निकायले ती एम्बुलेन्स सहयोग गरेका हुन् । सेवाको लागि सहयोगमा आएको एम्बुलेन्स पनि अस्पतालले नाफा ÷ घाटा हेरेर सञ्चालन गर्छ ।

अस्पतालका प्रशासन प्रमुख सुन्दर थापामगर सँग बुझ्न खोज्दा उनको मोवाइल नम्वर ९८५१०६५३४९ उठेन । जिल्ला प्रशासन कार्यलय काभ्रेले पटक पटक सेवा नदिने एम्बुलेन्सलाई कार्वाही गर्ने बताउँदै आएपनि एम्बुलेन्स सञ्चालकहरुले यसको वेवास्ता गर्ने गरेका छन् ।

जिल्लामा शहरी क्षेत्रमा एम्बुलेन्सको सुविधा भएपनि अधिकाशं ग्रामिण भेगमा यसको पहुँच छैन । धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, काभ्रे मिनिबस सेवा समिति, रेयुकाई मासुनागा आँखा अस्पताल, कृष्ण प्रसाद अस्पताल, पनौती नगरपालिका, अरनिको यातायात सेवा समिति लगायतले एम्बुलेन्स सञ्चालन गरेपनि ती प्राय पक्की सडकमा मात्रै कुद्ने गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले किनेको एम्बुलेन्स अहिले अलपत्र रुपमा बनेपा नगरपालिकामा थन्किएको अवश्थामा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0