धुलिखेल ÷ १० बर्षको अवधीमा काभ्रेको गरिवी २१.२ प्रतिशतले घटेको तथ्याकंले देखाएको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्याकं अनुसार काभ्रेमा ५२ हजार १ सय ३१ जना अझै गरिवीको रेखामुनि रहेका छन् । यो कुल जनसंख्याको १३.९ प्रतिशत हो । २०५८ सालमा गरिएको गरिवीको लघुक्षेत्र अनुमानमा काभ्रेको गरिवी प्रतिशत ३५.१ प्रतिशत थियो । काभ्रेको गरीवी औसत गरिवी दर भन्दा पनि कम छ । औसत गरिवीदर २५.२ हो ।
२०५८ को तथ्याकं अनुसार काभ्रे गरिवीको दरका आधारमा मध्यमस्तरको सम्वृद्धिदर भएको जिल्लामा पथ्र्यो । २०६८ अनुसार काभ्रे उच्च सम्वृद्धिदर भएका २५ जिल्ला मध्ये १२ औँ नम्वरमा परेको छ । २०५८ को तथ्याकंमा मध्यमस्तरको सम्वृद्धिदर भएका जिल्लाको धुलिखेल र पनौती नगरपालिका पनि २०६८ मा उच्च सम्बृद्धिदर हुनेमा परेका छन् ।
विभागले जीवनस्तर सर्वेक्षण ०६६÷ ०६७, राष्ट्रिय जनगणना २०६८ र विश्व खाद्य कार्यक्रमबाट प्राप्त भौगोलिक सुचनालाई आधार बनाएको हो । यसमा पारीवारिक उपभोग, रेमिट्यान्स, खाद्यान्नको उपभोग र उत्पादनको आधार पनि समेटिएको छ । औसत बार्षिक उपभोग खर्च, साक्षरता, पारिवारिक बनोट, आवास र आवासीय सुविधा, टिकाउ वस्तुको स्वामित्व र आवास निर्माणमा प्रयोग भएका कच्चा पदार्थ जस्ता आधार पनि तय गरिएको थियो । शाखा तथ्याकं अधिकृत दिननाथ लम्सालले जिल्लामा गरिवी घटेको देखिएको बताए । “काभ्रेमा गरिवी घटेको देखाएको छ, उनले भने यसमा विभिन्न कारणहरु हुन सक्छन् । ” विभिन्न पेशा, व्यवसाय र रोजगारी बढेकाले, गरिवीकोहरु रेखामुनि रहेकाहरु बसाईसराई गरेर गएकाले पनि घटेको हुन सक्ने उनको अनुमान छ ।
तथ्याकं अनुसार, सबैभन्दा कम गरिवी बनेपा नगरपालिकामा छ । कुल २४ हजार ६ सय ७२ जनसंख्या मध्ये ३ सय २८ गरिवीको रेखामुनि छन् । सबैभन्दा बढी गोकुले , घर्तिछाप र बनखुमा छन् । यहाँको कुल जनसंख्या १२ हजार २ मध्येको ४८.०१ प्रतिशत अर्थात ५ हजार ७ सय ६२ जना गरिवीको रेखामुनि रहेका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |