Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निःशुल्क सेक्युरिटी गार्ड तालिम ‘हामी सक्षम भयौं, अब चाकडी गर्नुपर्दैन’

प्रभातफेरी अनलाइन ३२३४ पटक पढिएको प्रकाशित मिति: २०७० अषाढ २४, सोमबार (१२ साल अघि)
निःशुल्क सेक्युरिटी गार्ड तालिम ‘हामी सक्षम भयौं, अब चाकडी गर्नुपर्दैन’

बनेपा ÷ रामेछाप गुप्तेश्वर–३ का योगेन्द्र कुमाल सुनुवार र विरेन्द्र कुमाल सुनुवार रोजगारी पाउने भएकोमा खुसी छन् ।
नेपाल सरकार व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको वित्तीय सहयोगमा नवदुर्गा सेक्युरिटी सर्भिस प्रा.लि. काभ्रेद्वारा एक महिने निःशुल्क सेक्युरिटी गार्ड तालिम पाएपछि सुनुवारका दाजुभाइ खुसीसँगै रोजगारी पाउनेमा ढुक्क देखिएका छन् ।
‘हामी यहि तालिमका लागि पटक पटक व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा सोध्न गयौं र काभ्रेमा हुँदै छ भन्ने जानकारी पाएपछि भएको रोजगारी समेत छाडेर दाजुभाइ नै एक महिनादेखि बनेपामा बसेर तालिम लियौं’ हाँस्दै दाजुभाइले भने ‘अब त रोजगारीका लागि कसैलाई पनि चाकडी गर्नुपर्दैन, हामी नै सक्षम भयौं ।’
प्लस टुसम्म पास गरेका यी दाजु भाइ कोरा शिक्षाले मात्र केही नहुने भएकाले सीपमुलक शिक्षा अहिले आवश्यकता भएको र वैदेशिक रोजगारी तथा स्वेदशमै रोजगारीको लागि पनि सीप सिकेका र दक्ष कामदारलाई मात्र प्राथमिकता दिने भएकाले पनि आफ्नो रोजगारी समेत छाडेर सेक्युरिटी तालिम लिन काभ्रे आएको बताए ।
मेच्छे गाविसका धनबहादुर लामा पनि यस तालिमबाट रोजगारी पाउनेमा ढुक्क छन् । उनी भन्छन्, ‘दिनानुदिन मानिसहरु वैदेशिक रोजगारका लागि विदेशिएका छन्, कति स्वदेशमै बेरोजगार भएर विभिन्न कुलतमा फसेका छन् तर आफुमा भने सेक्युरिटी तालिम लिएपछि विदेशमा गएर वा स्वेदशमै पनि केही गर्न सकिन्छ की भन्ने आँट आएको बताए ।
पोखरी नारायणस्थान–९ का विजय लामाको भने यस तालिम लिएपछि सक्षम भएको र विदेशमा गएर राम्रो रोजगारी पाउनेमा विश्वस्त छन् । ‘स्वदेशमा जतिसुकै तालिम, शैक्षिक योग्यता भएपनि चाकडी, चाप्लुसी नगरी रोजगारी नपाइने भएकाले अब त विदेशमै काम गर्नपनि सक्षम भएकाले विदेशमा गएर काम गर्ने बताए ।
ललितपुर जिल्ला चन्दनपुर –४ का भीमबहादुर तामाङ पनि वैदेशिक रोजगारीमा जानका लागि सेक्युरिटी तालिम लिएको बताउँछन् । ‘सेक्युरिटी तालिम लिएर गयो भने विदेशमा समेत राम्रो कमाइ हुने भएकाले यो तालिम लिएँ’ उनले बताए ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका शाखा अधिकृत भोजराज घिमिरेले बेरोजगारी समस्यालाई समाधान गर्नका लागि हातमा सीप र सिर्जना आवश्यक महसुस गरि नेपाल सरकारले यस्ता कार्यक्रमहरु शुरु गरेको बताए । कोरा शिक्षाले मात्र नहुने भएकाले हामीले वर्षैपिच्छे ४० जनालाई सेक्युरिटी तालिम दिँदै आएका छौं, घिमिरेले भने ।
एक महिनादेखि संचालन भएको उक्त तालिममा पुरुष तथा महिलाहरुले निःशुल्क सेक्युरिटी सम्बन्धी तालिम लिएको नवदुर्गा सेक्युरिटी सर्भिस प्रा.लि. काभ्रेका अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार तालिममा मास्टर गरेका र आठ भन्दा कम पढेकाहरुले तालिम लिएको बताए ।
धैर्यता र लगनशीलता हुनुपर्छः कमल घर्ति
नेपाल सरकार व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको सहयोगमा नवदुर्गा सर्भिस प्रा.लि. काभ्रेको आयोजनामा एक महिने निःशुल्क सेक्युरिटी गार्ड तालिम सकिएको छ ।
तालिम समापनको अवसरमा प्रमुख अतिथि काभ्रेका प्रहरी प्रमुख कमल घर्तिले प्रशिक्षार्थीहरुलाई अनुशासन, धैर्यता र लगनशील हुनुपर्नेमा जोड दिएका थिए । सेक्युरिटी तालिमबाट पाएको कुरा व्यावहारिक रुपमा उतार्न अनुरोध गर्दै सुरक्षार्थ घरबाट निस्कने बेला वा पस्ने बेलामा ३० सेकेण्ड दायाँबायाँ हेरेर हिँड्न समेत प्रमुख घर्तिले जानकारी गराए ।
ड्यिुटीमा निस्कँदा एकमिनेट भएपनि अगाडी पुग्नुपर्ने र ड्यिुटीमा नियम पूर्णपालना गरेमात्र तालिमको सार्थकता रहनेछ, घर्तिले बताए ।
कार्यक्रममा शान्ति समिति बनेपाका अध्यक्ष कृष्णगोपाल भैल, बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेल, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति रमेशप्रसाद हुमागाईं, कार्यक्रम संयोजक अर्जुनप्रसाद सापकोटा, शिक्षासेवी बैकुण्ठ न्यौपाने, प्रशिक्षक हिराबहादुर खड्का लगायतले मन्तव्य राखेका थिए भने तालिममा कुल ४० जना युवायुवतीले सहभागिता जनाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0