ज्ञानमणि कालोटोपी ÷ मण्डनभेग
जिल्लाको उत्तरीभेगमा भर्खरै मात्र रोपिएको धानबालीमा डढुवा रोगको संक्रमण देखा परेको छ ।
यसले गर्दा असारको शुरुवात देखि नै राम्रै वर्षा भएर समयमै रोपाईं सकेका जिल्लाका हजारौं कृषकहरु चिन्तित भएका छन् । मण्डनभेगका धानखेती गरिएका कुन्तावेसि, ज्वानेटार, जोगिटार, रायोबारी तथा माईटारको करिव ५ सय हेक्टर भन्दा वढी क्षेत्रफलमा लगाईएको धानखेतीलाई अहिले डढुवा रोगले सताएको छ । ह्वात्तै देखा परेको यो रोगलाई कसरी नियन्त्रण गर्ने भन्ने जानकारी नहुँदा कृषकहरु के गर्ने भन्ने अन्यौलमा रहेको जोगिटारका कृषक उद्धव पराजुलीले बताए । उनका अनुशार यतिखेर ती भेगहरुमा कालो खवटे किराले डढुवा रोग निम्त्याएको हो । डढुवा सँगै बेरुवा रोगले पनि धानबाली सखाप पार्न थालेको पराजुली बताए ।
मुख्यबालीको रुपमा रहेको धानखेतीमा यसरी विभिन्न रोगहरुको संक्रमण देखिएपछि यसभेगमा धान उत्पादनमा ५० प्रतिशत सम्म कमि आउने पीडित कृषकहरुले अनुमान गरेका छन् । रोपेको एक महिना पनि नबित्दै धानमा देखिएको रोग नियन्त्रणका लागि केहि कृषकहरुले विषादीको प्रयोग गर्न थालेको भएपनि यसको
नियन्त्रण गर्न सकिएको छैन ।
कृषकहरुलाई सल्लाह दिन कृषिविज्ञहरु पनि अहिले सम्म प्रभावित क्षेत्रमा नपुगेकाले उनीहरु अन्योलमा परेको अर्का कृषक दीपक नेपाल बताउछन् । पीडित कृषकहरुका अनुशार यसरी धानबालीमा विभिन्न रोगहरुको समस्या देखिएको यो पहिलो पटक भने होइन । विगत वर्षहरुमा पनि धानबालीमा रोग देखिने गरेको भएपनि अहिले जसरी धेरै समस्या भने परेको थिएन । रोग नियन्त्रणका लागि जिल्ला कृषि विकास कार्यालयमा सल्लाह लिन जाने तयारीमा रहेका पीडित कृषकहरु कृषिविज्ञहरु नै सम्बन्धित ठाउँमा गएमा धेरै कृषकहरुले राहतको महसुस गर्ने बताउँछन् । तर जिल्ला कृषि विकास कार्यालयले भने यसको जानकारी नभएका कारण यस अघि सम्बन्धित ठाउँमा कृषिविज्ञहरु पठाउन नसकिएको र छिट्टै प्रभावित क्षेत्रमा पठाइने जनाएको छ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |