Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धानबालीमा डढुवारोगको प्रकोप

प्रभातफेरी अनलाइन १६०१ पटक पढिएको प्रकाशित मिति: २०७० श्रावण २७, आईतबार (१२ साल अघि)
धानबालीमा डढुवारोगको प्रकोप

ज्ञानमणि कालोटोपी ÷ मण्डनभेग
जिल्लाको उत्तरीभेगमा भर्खरै मात्र रोपिएको धानबालीमा डढुवा रोगको संक्रमण देखा परेको छ ।
यसले गर्दा असारको शुरुवात देखि नै राम्रै वर्षा भएर समयमै रोपाईं सकेका जिल्लाका हजारौं कृषकहरु चिन्तित भएका छन् । मण्डनभेगका धानखेती गरिएका कुन्तावेसि, ज्वानेटार, जोगिटार, रायोबारी तथा माईटारको करिव ५ सय हेक्टर भन्दा वढी क्षेत्रफलमा लगाईएको धानखेतीलाई अहिले डढुवा रोगले सताएको छ । ह्वात्तै देखा परेको यो रोगलाई कसरी नियन्त्रण गर्ने भन्ने जानकारी नहुँदा कृषकहरु के गर्ने भन्ने अन्यौलमा रहेको जोगिटारका कृषक उद्धव पराजुलीले बताए । उनका अनुशार यतिखेर ती भेगहरुमा कालो खवटे किराले डढुवा रोग निम्त्याएको हो । डढुवा सँगै बेरुवा रोगले पनि धानबाली सखाप पार्न थालेको पराजुली बताए ।
मुख्यबालीको रुपमा रहेको धानखेतीमा यसरी विभिन्न रोगहरुको संक्रमण देखिएपछि यसभेगमा धान उत्पादनमा ५० प्रतिशत सम्म कमि आउने पीडित कृषकहरुले अनुमान गरेका छन् । रोपेको एक महिना पनि नबित्दै धानमा देखिएको रोग नियन्त्रणका लागि केहि कृषकहरुले विषादीको प्रयोग गर्न थालेको भएपनि यसको
नियन्त्रण गर्न सकिएको छैन ।
कृषकहरुलाई सल्लाह दिन कृषिविज्ञहरु पनि अहिले सम्म प्रभावित क्षेत्रमा नपुगेकाले उनीहरु अन्योलमा परेको अर्का कृषक दीपक नेपाल बताउछन् । पीडित कृषकहरुका अनुशार यसरी धानबालीमा विभिन्न रोगहरुको समस्या देखिएको यो पहिलो पटक भने होइन । विगत वर्षहरुमा पनि धानबालीमा रोग देखिने गरेको भएपनि अहिले जसरी धेरै समस्या भने परेको थिएन । रोग नियन्त्रणका लागि जिल्ला कृषि विकास कार्यालयमा सल्लाह लिन जाने तयारीमा रहेका पीडित कृषकहरु कृषिविज्ञहरु नै सम्बन्धित ठाउँमा गएमा धेरै कृषकहरुले राहतको महसुस गर्ने बताउँछन् । तर जिल्ला कृषि विकास कार्यालयले भने यसको जानकारी नभएका कारण यस अघि सम्बन्धित ठाउँमा कृषिविज्ञहरु पठाउन नसकिएको र छिट्टै प्रभावित क्षेत्रमा पठाइने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0