पनौती÷संविधान सभा निर्वाचनमा समानुपातिक रुपमा उमेदवार नेपाल महिला संघकी सभापती चन्द्रलक्ष्मी ताम्राकार नै हुनुपर्ने माग गरेका छन् ।
उक्त कुरा विहिवार नेपाल महिला संघको ६६ औं स्थापना दिवसको अवसरमा नेपाल महिला संघ काभ्रेले आयोजना गरेको कार्यक्रममा महिला नेताहरुले बताएका हुन् । सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस काभ्रेका सभापती शिवप्रसाद हुमागाईले नेपाल महिला संघको स्थापना गर्न स्व. मंगलादेवी सिंहले दिएको योगदानको चर्चा गर्दै काभ्रेकी महिला संघकी सभापति चन्द्रलक्ष्मि ताम्राकारको योगदानको बारेमा भेलमा जानकारी गराएका थिए ।
सभापति हुमागाईले उपस्थित महिलाहरुलाई अहिलेको समय हाम्रो लागि चुनौती रहेको छ र निडर निश्वार्थ रुपमा अगाडी बढ्नु पर्ने कुरामा जोड दिएका थिए । राजनीतिमा मूल्याँकन हुने कुरा व्यक्त गर्दै सभापति हुमागाईले समयको माग अनुसार पार्टी चल्दै जाने तर्क समेत राखेका थिए । नेपाल महिला संघकी केन्द्रिय सदस्य एवं बाग्मती अञ्चल संयोजक हरिप्रभा खड्गीले महिला दिदिबहिनिहरुले संगठन सुदृढिकरण गर्न सीप सिक्नुपर्ने कुरामा जोड दिंदै महिलाहरुको एक दिने प्रशिक्षण कार्यक्रम केन्द्रले काभ्रेमा आयोजना गरिने कुरा वताईन् ।
अहिले महिलाहरुलाई स्थान दिएमा पदभार ग्रहण गर्न सक्छन् भन्दै नेता खड्गीले संविधान सभाको निर्वाचनमा त्यागी नेताको छनोट गर्न महिला दिदिवहिनीहरुलाई अनुरोध समेत गरिन् । महिला दिदिवहिनीहरुले समानुपातिकमा मात्र नभै प्रत्येक्षमा पनि आफ्नो उमेदवारको माग गर्नुपर्छ र माग गर्दा जनतामा भिजेको व्यक्ति छनोट गर्नु आजको आवश्यकता रहेको बताईन् । क्षेत्रिय सभापति रमेशप्रसाद हुमागाईलै नेपाली काँग्रेसले आफ्नो प्रत्येक संगठनमा महिलाहरुलाई अनिवार्य रुपमा स्थान दिने गरेको चर्चा गर्दै पार्टीमा जुनसुकै निर्णय गर्दा संस्थागत तहबाट निर्णय हुनु जरुरी रहेको कुरा संकेत गरेका थिए ।
नेपाली काँग्रेस पनौती नगर समितिका सभापति केदारबहादुर भण्डारीले स्थापना कालदेखि महिलाहरुलाई नेपाली काँग्रेस पार्टीले उच्च स्थान दिएको कुरा राख्दै महिलाहरुको उत्थानमा महिला संघकी संस्थापक सभापति स्व. मंगलादेवी सिंहले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । नेता भण्डारीले महिलाहरु उच्च शिक्षाका लागि अगाडी बढ्नुपर्ने तर्क राख्दै संविधान सभा निर्वाचनमा त्यगी व्यक्तिहरुलाई अगाडी बढाईने छ भने ।
कार्यक्रममा महिला संघ ३ नं. क्षेत्रिय सभापति गोमा गोले, क्षेत्र नं. २की सभापति सावित्रि वडाल, क्षेत्र नं. ४ की सभापति सावित्रि लामिछाने,नेपाल महिला संघ बनेपा नगर सभापति रुक्मणी राजभण्डारी, जिल्ला सचिव शुभलक्ष्मी मानन्धर, मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदीप के. सी., नेपाल महिला संघकी जिल्ला सदस्य विष्णुमायाँ पुलामी लगायतले आउँदो संविधान सभा निर्वाचनमा त्यागी महिला नेतृ चन्द्रलक्ष्मी ताम्राकारलाई समानुपातिक तर्फको उमेदवार बनाउन नेतृत्व पक्षसँग माग गरेका थिए ।
सो कार्यक्रमको सभापतित्व नेपाल महिला संघ काभ्रेकी सभापति चन्द्रलक्ष्मी ताम्राकारले गरेकी थिईन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |