Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कलाकारलाई राष्ट्रले उचित स्थान दिनुपर्छ

प्रभातफेरी अनलाइन २४६१ पटक पढिएको प्रकाशित मिति: २०७० श्रावण २७, आईतबार (१२ साल अघि)
कलाकारलाई राष्ट्रले उचित स्थान दिनुपर्छ

दोहोरी कलाकार प्रेमकुमार अर्याल

गोरखा जिल्लाको गोरखाको नामजुङमा केशरबहादुर तथा दुर्गामाया अर्यालका सुपत्रत्तको रुपमाजनिमएका प्रमकुमार अर्याल दोहोरी कलाकारको रुपमा आफ्नो पहचान बनाउँदैछन् । ललितकला क्याम्पसमा संगीतमा पाँचौं तह (बी.एफ.ए) अध्यनरत उनी २०६१ सालदेखि दोहोरी गायनमा सक्रिय छन् । धादिङ दोहोरी साँझदेखि दोहोरी कलाकारको रुपमा पाइला चालेका उनी हाल गण्डकी दोहारीमा गीत गाउँछन् । उनले ‘मुटु जलायौ’ ‘तिम्रो मलाई रिसै लाएन’ दोहोरी एल्बम बजारमा आइसकेका छन् । त्यस्तै ‘हामी हौं नेपाली यूवा’ राष्ट्रिय गीत, ‘तिमीले धोका दियौ र पो’ आधुनिक, ‘झिलि र मिलि नौ लाख तारा’ सालैज्यो गीत लगायत थुपै्र एल्बमहरुमा आफ्नो स्वर दिइसकेका छन् प्रेमले । उनको तीजको गीत रमाउँदै आयो टेलिभिजन च्यानलहरुमा                                                          प्रशारण भइरहेको छ भने इन्दिरा जोशीसँग गाएको आइटम गीत “बारुली कम्मर” बजारमा चााडै आउँदैछ । उनै प्रतिभाका धनी प्रेमकुमार अर्यासँग मध्यमार्ग साप्ताहिकको कला मनोरञ्जन विशेषको लागि अमरकृष्ण चन्दले गरेको कुराकानीको साराँशः–

कहिलेदेखि यो क्षेत्रमा लाग्नुभयो ?

गाउन थालेको त सानैदेखि हो । गाउँघरतिरको कार्यक्रमहरुमा भाग लिइरहन्थें । विद्यालयको कार्यक्रमहरुमा पनि गीत गाउँथें । ०६१ सालदेखि चाहिँ दोहोर िक्षेत्रमा सक्रियताका साथ लागेको हुँ ।

कला क्षेत्रमा के देखेर लाग्नुभयो ?

कला क्षेत्रमा नाम देखेर लागेको हुँ । गीहरु सुन्दा सुन्दै गाउन थालें । आमाले गीत गाउनुहुन्थ्यो ।  मपनि उहाँसँगै गीत गाउने गर्थे र गायन क्षेत्रमा लागें ।

कुन कुन दोहोरी साँझमा दोहोरी गाउनुभयो ?

सुरुमा धादिङ दोहोरी साँझबाट गाउन थालेको हुँ । त्यसपछि मंगोलियन दोहोरी माछापोखरीमा गाएँ । त्यसपछि भेटघाट, रारा, लुम्बिनी, पुन हिल, न्यू भन्ज्याङ् लगायतका दोहोरी साँझमा गाउँदै अहिले गण्डकी दोहोरी ठमेलमा गाइरहेको छु ।

अहिलेसम्म कहाँ कहाँ पुग्नु भो त कार्यक्रमहरुमा ?

भारतको सिक्किम, दार्जिलिङ, कतार पुगें । नेपालको राजधानी तथा राजधानी बाहिर थुप्रै स्थानमा आफ्नो प्रस्तुति दिइसकें ।

दोहोरी साँझहरुका कलाकारहरुले त पारिश्रमिक पाउन पनि गाह्रो छ भन्छन् नी ?

अलि अलि त यो कुरा सहि पनि हो तर मेरो हकमा भन्नुहुन्छ भने मैले चाहिँ त्यस्तो भोग्नुपरेको छैन । अरु साथिहरुको चाहिँ त्यस्तो गुनासो सुनेको छु ।

दोहोरीमा के कस्ता विकृतिहरु छन् त ?

छन् थुप्रै विकृतिहरु । जस्तो की प्रविधिको विकासले पाइरेसी नै प्रमुख विकृति समस्या हो । क्यासेट कम्पनिहरुले पनि ठग्छन् । कलाकारहरुको दलाली र शोषण बढ्दो छ ।

दोहोरी गीतहरु पनि त कमसल, गुणस्तरहिन निस्कन थालेका छन् नी ?

अलिअलि कमसल र गुणस्तर नभएको दोहोरी गीतहरु बजारमा आएको पाइन्छ । कमशल, उच्श्रृङल, द्वीअर्थी शब्द मिसिएको दोहोरीले दोहारी क्षेत्रको बदनाम गराएको छ ।

यस्तो किन भइरहेको छ त ?

कला भन्दा पनि पैसाको भरमा कलाकार बन्ने प्रवृत्तिले यस्तो भएको हो । हामी नेपालीहरु अलि बढी नै अल्छी छौं । साधना छैन मेहेनत छैन त्यसैले पनि यस्तो भएको हो ।

यस क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?

म त सन्तुष्ट नै छु ।

कला क्षेत्रको बिकासको लागि के गर्नुपर्ला ?

कलाकार र कलालाई हेर्ने राष्ट्रको निति नै परिवर्तन हुन आवश्यक छ । कलाकारलाई राष्ट्रले उचित स्थान दिनुपर्छ ।

एउटा गायकमा हुनुपर्ने गुण के के हो ?

कला सँगसँगै एमान्दार, मिलनसार र मेहेनत हुनुपर्छ ।

गाएरै बाँच्न सकिन्छ त ?

आपूmसँग कला छ भने गाएरै बाँच्न सक्ने अवस्था छ भन्ने मलाई लाग्छ ।

अहिले त एल्बम बिक्दैन नी हैन र ?

एल्बम बिक्दैन एल्बमको लगानी एल्बमबाटै उठाउन त कल्पना सम्म पनि नगरे हुन्छ । अलि अलि आश भनेको पिआरबिटि, सिआरबिटि मात्र हो । तर राम्रो गाउनेलेस्टेज कार्यक्रमहरु गाएर बाँच्न चाहिँ सक्छ ।

गायक बन्न चाहनेलाई सुझाव के छ ?

संगीतलाई बुझेर साधना गरेर आउनुहोला । रहर मात्र हैन मेहेनत नै गर्छु भनेर यो क्षेत्रबारे बुझेर मात्रै यस क्षेत्रमा हात हाल्न सुझाव दिन चाहन्छु ।

अन्तमा…………… ?

मध्यमार्ग र तपाईंलाई मलाई पाठक सामु आफ्नो धारणा राख्न दिनुभएकोमा धन्यवाद । सबै दर्शक स्रोताहरुलाईविदेशी गीत संगीतलाई भन्दा नेपाली गीत संगीतलाई माया गरी नेपाली गीत संगीत सुनेर राम्रो नराम्रो प्रतिक्रिया जनाइदिनुहुन आग्रह गर्न  चाहन्छु । मध्यमार्ग साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु ।।

[email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0