नेपालका पुरै गाउँ विकास समिति र नगरपालिकाहरुमा गुणस्तरिय सेवा प्रदान गर्ने नारा दिए पनि नेपाल टेलिकम लगायत एनसेल र स्मार्ट मलले ग्रामिण क्षेत्रमा सेवा गुणस्तर दिन नसक्दा गाउँलेहरु चिन्तित हुन थालेका छन् ।
राजधानीसँग जोडिएका ललितपुर र काभ्रे जिल्लाको डाँडापारी क्षेत्रमा निर्माण भएका टेलिकम टावरहरुबाट सेवा दिन बन्द भएकोले डाँडापारीवासी वर्षायामसँगै आँशिक रुपमा पाएको सुविधाबाट बन्चित हुनुले के संचार क्षेत्रमा नै अन्योल छाएको त हैन भन्ने प्रश्न उठ्न थालेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको सि. डि. एम. ए., एनसेल र स्मार्ट फोनका छुट्टा छुट्टै स्थानमा टावर राखि सेवा प्रदान गरिएको छ । अहिले टेलिफोन सेवा अवरुद्ध हुँदा महँगोमा किनेका सिमकार्डमा फोन नटिप्दा स्थानिय वासिहरु मोवाईलमा गीत सुन्न र भिडियो हेर्नमात्र प्रयोग गरिरहेका छन् । साल्धारा गाउँ विकास समितिमा बनेको सि. डि. एम. ए. टावर सोलारबाट सञ्चालित हँदै आएकामा वर्षा यामको वादल लागेकै कारण सेवा अवरुद्ध हुनपुगेको हो । ग्रामिण क्षेत्रमा गुणस्तरिय सेवा प्रदान गर्न खुलेको स्मार्ट कलले डाँडागाउँ र मकवानपुरको फापरबारीमा टावर बनाई सेवा प्रदान गरेको पनि वर्षा यामसँगै बन्द भएको छ ।
ललितपुरको कालेश्वर, च्याम्रङ्गवेशी र मिल्चे गाउँ विकास समितिको केही क्षेत्रमा सेवा पु¥याउन एनसेलको टावरहरुमा पनि विद्युत लोडसेडिङ्ग र सोलार प्यानलहरु वर्षा याम लागेपछि बन्द भएका छन् । सरकारले राजधानीसग जोडिएका जिल्लाहरुको त यस्तो हालत छ भने सुदुर पश्चिमका जिल्लाहरुमा संचार सेवा कस्तो दिन सकेको छ त्यो त सहजै अनुमान लगाउन सक्छौ । अहिले ति ग्रामिण बस्तीहरुका बासिन्दाहरु हामीले सिमकार्ड लिदा कम्पनीहरुबाटै ठगिएको हो कि भन्ने कुराहरु गर्न थालेका छन ।
सरकारले संचार क्षेत्रमा प्रत्येक व्यक्तिको हातमा मोबाइल सेट बोक्न सक्ने योजना त ल्यायो तर ग्रामिण भेगका बासिन्दाहरुलाई भने सेवा दिने क्षमता भएका टेलिकमहरुले भित्राउन सकेका छैनन । बेलैमा ग्रामिण जनताहरुले गाउ गाउ मोबाईल र गुणस्तरीय सेवा दिन सक्नु पर्दछ । अनि मात्रै सरकारले ल्याएको नारा सार्थक हुनेछ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |