जिल्लामा कृषकहरुको खेतमा धानबालीको डढुवा रोगको संक्रमणले किसानहरु चिन्तित छन् । यसले गर्दा असारको शुरुवात देखि नै राम्रै वर्षा भएर समयमै रोपाईं सकेका जिल्लाका हजारौं कृषकहरु मर्कामा परेका छन् । काभ्रेको मण्डनभेगका धानखेती गरिएका कुन्तावेसि, ज्वानेटार, जोगिटार, रायोबारी तथा माईटारको करिव ५ सय हेक्टर भन्दा वढी क्षेत्रफलमा लगाईएको धानखेतीलाई अहिले डढुवा रोगले सताएको छ ।
ह्वात्तै देखा परेको यो रोगलाई कसरी नियन्त्रण गर्ने भन्ने जानकारी नहुँदा कृषकहरु के गर्ने भन्ने अन्यौलमा रहेकाले धान खेतमा कालो खवटे किराले डढुवा रोग निम्त्याएको हो । डढुवा सँगै बेरुवा रोगले पनि धानबाली सखाप पार्न थालेको छ ।
नेपालको मुख्यबालीको रुपमा रहेको धानखेतीमा यसरी विभिन्न रोगहरुको संक्रमण देखिएपछि धान उत्पादनमा ५० प्रतिशत कमि आउने पीडित कृषकहरुले अनुमान गरिरहेका छन् । रोपेको एक महिना पनि नबित्दै धानमा देखिएको रोग नियन्त्रणका लागि केहि कृषकहरुले विषादीको प्रयोग गर्न थालेको भएपनि यसको नियन्त्रण गर्न सकिएको छैन । वेलैमा जिल्ला कृषि विकास कार्यालयको ध्यान दिनु जरुरी छ ।।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |