श्रीकृष्ण उपाध्याय
श्रीकृष्ण उपाध्यायको जन्म सन् १९४५ जून ११ मा सिराहा जिल्लाको निम्नमध्यमवित्तीय परिवारमा भएको हो । उहाँले सिराहामा नै प्रारम्भिक शिक्षा पूरा गर्नुभएको हो । पछि उहाँ अध्ययनार्थ काठमाडौँ आउनुभयो र त्रिभुवन विश्वविद्यालयबाट सन् १९६४ मा वाणिज्यशास्त्र विषय लिई स्नातक उपाधि हासिल गर्नुभयो । यसका साथै संयुक्त राज्य अमेरिकास्थित नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीबाट उहाँले सन् १९७४ मा अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभयो ।
श्रीकृष्ण उपाध्याय स्नातकोत्तर गरिसकेपछि सन् १९६४ मा कृषि विकास बैङ्कको सेवामा प्रवेश गर्नुभयो । उहाँ सन् १९८५ मा उक्त बैङ्कको महाप्रबन्धक बन्नुभयो । सन् १९८५ देखि १९९१ को फेब्रुअरीसम्म उहाँले उक्त बैङ्कको अध्यक्ष तथा महाप्रबन्धकको गौरवशाली जिम्मेवारी सम्हाल्नुभयो ।
संस्थागत सेवाको आफ्नो अवधिमा विकासवित्तलाई प्रवद्र्धन गर्ने र सहरी क्षेत्रको निक्षेपलाई ग्रामीण क्षेत्रमा पु¥याउन वाणिज्य बैकिङको सुरुवात गर्ने आदिजस्ता कार्यहरूमा उहाँले विशेष योगदान पु¥याउनुभयो । उहाँ कति भिजनरी हुनुहुन्थ्यो भन्ने कुराको उदाहरण साना किसान विकास अभियानले नै देखाइसकेको छ । किनभने उहाँले प्रारम्भ गर्नुभएको साना किसान विकास अभियान नेपालको कालजयी उपलब्धिका रूपमा रहेको छ ।
न्यून आर्थिक स्तर भएका र वञ्चितीकरणमा परेका नेपालका ग्रामीण साना किसानहरूको आर्थिक र सामाजिक उत्थानका लागि प्रविधि–हस्तान्तरण, सीप–विकास, सशक्तीकरण र वित्तीय सेवाको एकीकृत प्रयासलाई लक्षित वर्गमा पु¥याउन स्थानीय तहमा संस्थागत विकासको आवश्यकता महसुस गरी सन् १९८० मा कृषि विकास बैङ्कबाट साना किसान विकास कार्यक्रमको सञ्चालन गरिएको हो । यसको श्रेय श्रीकृष्ण उपाध्यायलाई नै जान्छ ।
साना किसान विकास कार्यक्रम सन् १९९० सम्ममा नेपालको गरिबी–निवारणको राष्ट्रिय कार्यक्रमका रूपमा स्थापित भइसकेको थियो । यो कार्यक्रम त्यस सयमसम्ममा पनि २ लाख सङ्ख्याका साना किसानहरूको परिवारमा पुगिसकेको थियो ।
ग्रामीण गरिबहरूको समग्र विकासका लागि समूहगत पद्धति र बचत गर्ने संस्कारको विकास तथा लगानीका लागि कर्जामाथि सहज पहुँचको सरल प्रणाली रहेको साना किसान विकास कार्यक्रम नेपालमा नै यस प्रकारको पहिलो कार्यक्रमका रूपमा परिचित रहेको छ ।
कृषिक्षेत्रमा प्रविधिको प्रयोग, बायोग्यास प्रविधिको विस्तार, लघु–जलविद्युत आयोजनाको प्रवद्र्धन एवं विस्तारमा निजी क्षेत्रको सहभागिता, दूरदराजमा रहेका ग्रामीण क्षेत्रसम्म उन्नत बीउविजन र कृषिमुखी सीप आदि पु¥याउनमा श्रीकृष्ण उपाध्यायको दूरदृष्टि, लगनशीलता र समर्पणले मुलुकलाई नयाँ बाटोका लागि ढोका खोलिदिएको छ । बैङ्कको सेवामा रहँदा नै उहाँले सुरु गर्नुभएका बालविकास र महिलाविकास जस्ता कार्यक्रमहरूको महàव अहिले पनि उत्तिकै छ ।
श्रीकृष्ण उपाध्याय सन् १९९१ देखि १९९४ सम्म राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा सेवारत रहनुभयो । त्यस बेला उहाँ स्थानीय विकासको विकेन्द्रीकरण, सहरी विकास र गरिबी–न्यूनीकरणसम्बन्धी नीति एवं योजनाको निर्माणमा सरिक हुनुभएको थियो । पछि उहाँ गरिबी निवारण कोषको सदस्यका रूपमा पनि कार्यरत रहनुभयो । त्यहाँ रहँदा विपन्न तथा गरिबकेन्द्रित विकास गतिविधिलाई सोझै दुर्गम र पिछडिएको क्षेत्रमा पु¥याउन उहाँले गर्नुभएको योगदानलाई कसैले पनि बिर्सन सक्तैन ।
श्रीकृष्ण उपाध्याय विश्व बैङ्क, एसियाली विकास बैङ्क, क्ष्ँब्म्, ग्ल्म्ए र ँब्इ जस्ता अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको परामर्शदाताका रूपमा पनि रहनुभएको छ । कृषि, कर्जा, गरिबी–निवारण, विकेन्द्रीकरण, नवीकरणीय ऊर्जा आदिका क्षेत्रमा उहाँले नेपालबाहेकका अन्य विभिन्न देशहरूमा पनि सेवा गर्नुभएको छ । उहाँको सेवाका कारण उहाँलाई यस क्षेत्रका अन्तर्राष्ट्रिय व्यक्तित्वका रूपमा विश्वसामु पहिचान दिलाएको छ ।
श्रीकृष्ण उपाध्याय वैकल्पिक नोबेल पुरस्कारका रूपमा चिनिने च्क्ष्न्ज्त् ीक्ष्ख्भ्ीथ्ज्इइम् ब्ध्ब्च्म्, द्दण्ज्ञण् बाट समेत विभूषित हुनुहुन्छ ।
श्रीकृष्ण उपाध्याय हाल क्गउउयचत ब्अतष्खष्तष्भक ायच एययच एचयमगअभचक या ल्भउब ि९क्ब्एएच्इक् ल्भउब०ि मा आबद्ध रहनुभएको छ । अहिलेसम्म पनि उहाँ नेपालको ग्रामीण गरिबीबाट आम जनताले मुक्ति पाउने बाटोको निरन्तर खोजीमा हुनुहुन्छ । त्यसैले उहाँ सदैव आदरणीय रहनुभएको छ ।
चन्द्रकान्त अधिकारी
चन्द्रकान्त अधिकारी लमजुङ जिल्लाको दुराडाँडा स्वाँरामा वि. सं. १९९५ मा जन्मनुभएको हो । उहाँले ११ वर्षको उमेरमा गाउँबाट ७ दिन पैदल हिँड्दै वि. सं. २००६ सालमा शिक्षा आर्जनका लागि काठमाडौँमा प्रवेश गर्नुभयो । वि. सं. २०१२ मा उहाँले एसएलसी उत्तीर्ण गर्नुभयो । तत्पश्चात् उहाँको सरकारी जागिरे जीवन सुरु भयो । उहाँले जागिरकै क्रममा स्नातक तहसम्मको शिक्षा हासिल गर्नुभयो ।
चन्द्रकान्त अधिकारी २ छोरा र १ छोरीका पिता हुनुहुन्छ ।
तत्कालीन समाजले ब्राह्मणले हलो जोत्नु हुँदैन भन्ने मान्यता बोकेको थियो । चन्द्रकान्त अधिकारीको परिवारले भने आफ्नो गाउँमा आफैँले हलो जोतेर नयाँ सामाजिक क्रान्तिको नेतृत्व गरिरहेको थियो । परिवर्तन, शिक्षा, चेतना र विकासप्रति उहाँमा सानैदेखि जुन आकर्षण बढेको देखिन्छ, त्यस कार्यमा उहाँको त्यही पारिवारिक पृष्ठभूमिले ज्यादै ठूलो सहयोग पु¥याएको थियो ।
वि. सं. २०३२ सालमा सरकारी कार्यक्रमका रूपमा साना किसान विकास कार्यक्रमको आरम्भ भयो । पछि त्यो कार्यक्रम सञ्चालन गर्ने ऐतिहासिक जिम्मेवारी कृषि विकास बैङ्कले पायो । त्यति बेला चन्द्रकान्त अधिकारी कृषि विभागअन्तर्गत कृषि प्रसार लघु सिँचाई कार्यालयमा सरकारी जागिर खाइरहनुभएको थियो । उहाँलाई साना किसान विकास आयोजनाको पहिलो परीक्षण कार्यक्रममा आयोजना प्रमुखको भूमिका दिई नुवाकोटको तुप्चे र कार्कीमनकामना गाविस (तत्कालीन गाउँ पञ्चायत) मा पठाइयो । उहाँले ७ वर्षसम्म तुप्चेमा अवस्थित साना किसान विकास आयोजनामा रही ग्रामीण गरिबी जीवन भोगिरहेका साना किसानहरूमा प्रविधि–हस्तान्तरण, सीप–विकास, सशक्तीकरण र वित्तीय सेवा पुग्ने व्यावहारिक नमुना स्थापित गर्नुभयो ।
नुवाकोटको कार्यक्रमको सफलता बिस्तारै मुलुकका ७५ वटालाई जिल्लालाई चिर्दै विदेशमा पनि चर्चाको विषय बन्न पुग्यो । त्यस समयसम्ममा चन्द्रकान्त अधिकारी साना किसान विकास कार्यक्रमका सिद्धहस्त स्रोतव्यक्ति बनिसक्नुभएको थियो । २०३९ सालदेखि २०४७ सालसम्ममा उहाँका ती अनुभव र क्षमतालाई कृषि विकास बैङ्कले साना किसान विकास कार्यक्रमको विकास र विस्तारका लागि आवश्यक तालिम, अनुगमन र नीतिनिर्माणमा उपयोग ग¥यो ।
तत्कालीन जीटीजेड ÷ धादिङ विकास परियोजनाको सहयोगमा वि. सं. २०४५ सालबाट साना किसान संस्थागत विकास कार्यक्रमको सुरुवात हुँदा चन्द्रकान्त अधिकारीले त्यसको नीतिगत र व्यावहारिक प्रयोगका पक्षमा कृषि विकास बैङ्कका तर्फबाट नजिक रही काम गर्नुभयो । परिणामस्वरूप धादिङका ४ वटा साना किसान विकास आयोजना साना किसान सहकारी संस्थाका रूपमा वि. सं. २०५० मा हस्तान्तरण गरिए । साना किसान विकास अभियानका क्षेत्रमा यो अर्को महàवपूर्ण मोड थियो । विपन्न तथा साना किसानहरू आफ्नै स्वामित्वको स्थानीय सङ्गठनमा गोलबद्ध भई आर्थिक र सामाजिक उत्थानका योजना र कार्यक्रम तर्जुमा गर्न थाले एवं त्यसको व्यवस्थापन गर्ने नयाँ खोजपूर्ण अभ्यासका रूपमा साना किसान विकास आयोजनाको व्यवस्थापन क्रमशः साना किसान सहकारी संस्थाहरूमा हस्तान्तरण हुँदै गयो । साना किसान विकास आयोजनाको व्यवस्थापन हस्तान्तरण र साना किसान सहकारी संस्थाको स्थापनामा सहयोग गर्ने संस्था तत्कालीन जीटीजेड ÷ एसटीडीपी र कृषि विकास बैङ्कबीचको सहमतिमा उहाँ उक्त संस्थामा नै रही वि. सं. २०५८ सम्म साना किसान गतिविधिमा सक्रिय भइरहनुभयो ।
चन्द्रकान्त अधिकारी गोरखादक्षिणबाहु (चौथो) विभूषणबाट विभूषित हुनुहुन्छ । उहाँ ‘गरिबतिर फर्कौं’ र ‘गरिबको विकास संस्थागत रूपमा’ जस्ता सामाजिक परिचालन र ग्रामीण विकासका लागि अमूल्य, उपयोगी र व्यावहारिक ज्ञानमा आधारित पुस्तकका लेखकसमेत हुनुहुन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |