Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानविय सेवामा समर्पित रेडक्रस

प्रभातफेरी अनलाइन २८२८ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार (१२ साल अघि)
Post Thumbnail

राजु सिग्देल,
५० औं नेपाल रेडक्रस दिवस, अभियानको प्रारम्भ एक कोमल हृदयी एवम् मानवताका पुजारी जाँ हेनरी ड्युनाले गरेका हुन् । उनको जन्म १८२८ को मे ८ का दिन स्विजरल्याण्डको जेनेभामा भएको थियो । ड्युनाले सन् १८५४ बाट अज्जेरियामा व्यापारको शुरुवात गरे । पेशाले व्यापारी भएपनि उनको मनमा मानव कल्याणकारी काम गर्ने इच्छा सुशुप्त अवस्थामा रहेको थियो । जसको प्रस्फुटनको खोजी गरिरहेको थियो ।
उनको अल्जेरियामा नै एक मिलको स्थापना गरेका थिए । मिल संचालनको प्रशासनिक कामको सिलसिलामा उनले नेपोलियन तृतीयलाई भेट्नुपर्ने थियो । सोही सिलसिलामा उनी सन् १८५९ को जुन महिनामा इटालीको सल्फेरिनो भन्ने ठाउँमा पुगे । त्यहाँ इटाली, फ्रान्स र अष्ट्रिया बीच त्रिदेशिय युद्ध चलिरहेको थियो । त्यसक्रममा युद्धमा होमिएका ४० हजार जति सैनिकहरु औषधि उपचार र अन्य सहयोगको अभावका साथै भेदभाव जस्ता व्यवहारले भर्न बाध्य भएका थिए ।
यो हृदय विदारक दृश्यले ड्युनको मुटु छिया छिया पारिदियो । उनीभित्र भएको मानवियताको महासागर पग्लन थाल्यो, उनले त्यस घटनाबाट द्रविभूत भै आफ्नो व्यापारिक लक्ष्यलाई परित्याग गरी युद्धको समयमा सेनाको चिकित्सा सेवा अपर्याप्त हुने भएकोले घाइतेहरुको उद्दारका लागि हरेक देशमा स्वयम्सेवी उद्दार संस्था स्थापना गर्न उपयुक्त हुने र यस प्रयोजनको लागि एउटा अन्तर्राष्ट्रिय सम्झौता हुनुपर्ने सुझाव राखे । ड्युनाको प्रस्तावसँग सहमति भएर उनले यस परिकल्पनालाई साकार रुप दिन विभिन्न देशका सरकारहरुलाई यसप्रति सचेत गराई सम्झौतामा आबद्ध भई संसारभरी विकास र विस्तार हुने क्रममा नेपालमा वि.सं. २०२० साल भदौ १९ गते (सन् १९६३ सेप्टेम्बर महिनाको ४ तारिख) का दिन स्व. प्रिन्सेप शाहको संयोजकत्वमा रेडक्रस तदर्थ समिति बनाई विधिवत् रुपले रेडक्रस संस्था स्थापना गरियो ।
त्यसयता यस संस्थाले नेपाल अधिरात्जयभर विकास र विस्तार हुने क्रममा १५ सयभन्दा बढी उपशाखाहरु ५६ हजारभन्दा बढी जुनियर तथा युवा रेडक्रस सर्कलमा आबद्ध ११ लाख भन्दा बढी सदस्यहरु र ९० हजारको हाराहारीमा रहेको प्रशिक्षित कार्यकारीणी र कार्यक्रम स्वयम्सेवकहरुको क्रियाशीलता नै अभिन्न र महत्वपूर्ण अङ्गको रुपमा लिई मानव मात्रको कल्याणमा अहोरात्र जुट्नुपर्दछ भन्ने सर्वव्यापी मान्यता यसले लिएको छ ।
रेडक्रसले मानव सेवामा रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा विस्तार स्वच्छ खानेपानी विपद् व्यवस्थापन तथा न्यूनीकरण वातावरणीय सरसफाई, प्राथमिकता उपचार सेवा, आँखा अस्पताल केन्द्रको स्थापना, लैङ्गिक तथा समावेशीकरणका कार्यहरु, सामुदायिक विकासका कार्यक्रमहरु र जनचेतना, शसस्त्र संघर्षका कारणले परिवारजनसँग विछोड भएकाहरुका लागि पारिवारिक पुनः सम्पर्क तथा स्थापना (ट्रेसिङ्ग सेवा) घाइतेहरुका लागि प्राथमिक उपचार, बेपत्ता पारिवारका लागि मनोसामाजिक कार्यक्रम तथा जिविकोपार्जनका लागि आर्थिक सहायता कार्यक्रम संचालन गरिएको समुदायसँग प्रत्यक्ष साक्षत्कार गरी समस्याको पहिचान गरी सेवात्मक भावनाको विस्तार गर्ने क्रममा दिनरात यस संस्था अन्तर्गतका स्वयम्सेवकहरु निरन्तर परिचालित छन् ।
यो र यस्तो प्रकारको सेवा गर्ने यो संस्थाको जन्मदाता जाँ हेनरी ड्युना संसार रहेसम्म अजर ः अमर भएर रहनेछन्, इतिहासमा उनको नाम स्वर्ण अक्षरले लेखिनेछ । उनी मरेर पनि सँधै बाँचिरहनेछन् । संसारभरका दुःखीहरुले रेडक्रस मार्फत अमुल्य सेवा पाएकोले अनि रेडक्रस प्रेमीहरु सबैले नतमस्तक भै सम्झिरहेका छन् । उनी यस दिव्यलोकको सदैव उज्ज्वल नक्षत्र झै प्रज्वलित भै रहनेछन् । यसरी मानवताका कट्टर पक्षधर एवम् सेवाका शालीन प्रतिमूर्ति जाँ हेनरी ड्युनालाई अन्तर्राष्ट्रिय नोबेल पुरस्कारले सम्मान गरिएको छ । जाँ हेनरी ड्युनाको सन् १९१० को अक्टोबर ३० तारिखका दिन ८२ वर्षको उमेरमा हेडेन भन्ने स्थानमा निधन भयो । प्रत्येक वर्ष जाँ हेनरी ड्युनाको जन्मदिन ८ मे लाई विश्वभर नै रेडक्रस एण्ड रेडक्रिसेन्ट सोसाइटीहरुले दिवसको रुपमा मनाइन्छ ।
मानव सिर्जित तथा प्राकृतिक सिर्जित विपद्को अवस्थामा धार्मिक, राजनैतिक, दुर्घटना, जातिय द्वन्द्व, प्राकृतिक सम्पदाको विनास, सामाजिक अपराध, चेलीबेटी बेचबिखत, महामारी जस्ता समस्यालाई ध्यानमा राखी पूर्वतयारी तथा व्यवस्थापन नेपाल रेडक्रस तथा अन्तर्राष्ट्रिय रेडक्रस एवम् १९२ राष्ट्रहरुमा चुनौती र समुदायको बढ्दो रुपमा देखिएको अवस्थामा नेपाल रेडक्रस सोसाइटीको ५० औं वर्षमा प्रवेश गरेको पुनित अवसरमा ‘समुदायसँग अझ नजिक’ मुल नाराका साथ स्वर्ण जयन्ती वर्ष देशव्यापी रुपमा ‘धेरै गर्ने राम्रो गर्ने र अगाडि पुग्ने’ दृष्टिकोणका साथ विविध कार्यक्रम एवम् गतिविधिहरुको आयोजना गरी भव्यताका साथ मनाउने कार्य भैरहेको छ । (लेखक, नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाका सदस्य हुन्)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0