Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सिताके च्याऊको व्यवसायिक शुरु

प्रभातफेरी अनलाइन ६६२९ पटक पढिएको प्रकाशित मिति: २०७० पौष १६, मंगलबार (१२ साल अघि)
सिताके च्याऊको व्यवसायिक शुरु

ज्ञानमणि कालोटोपी
साँगा ÷ च्याऊका पारखिहरुका लागि राजधानी नजिकै नयाँ प्रजातीको च्याऊको व्यवसायीक शुरुवात गरिएको छ ।
राजधानीको मुलपानी– ८ , नागदहका स्थानिय कृषक नारायणहरी दुलालले सिताके  (मृगे च्याउ) नामको नयाँ प्रजातीको च्याउको व्यवसायीक खेती शुरु गरेका हुन् । आफ्नो नागदह पोल्ट्री एण्ड अर्गानिक फार्म आशापुरी र राजधानीको मुलपानीमा यसको खेती शुरु गरिएको उनले बताएका छन् । जापानी प्रविधीबाट नेपालमा भित्रीएको यस प्रजातीको च्याऊको राजधानी र यस आसपासमा व्यवसायीक शुरुवात गर्ने दुलाल नै पहिलो कृषक हुन् । तरकारीका अतिरिक्त औषधीय गुणले भरिपुर्ण सिताके च्याऊको नेपालमा खेती गर्न थालिएको करिव ४ वर्ष मात्रै भएको छ । राजधानी र काभे्र बाहेक मकवानपुर, पोखरा लगायतमा पनि यसको व्यवसायीक खेती शुरु भईसकेको छ ।
सामान्य प्रजातीको च्याउ उत्पादनका लागि परालको प्रयोग गरिन्छ । तर सिताके च्याऊका लागि काठका टुक्राहरुको प्रयोग गर्नु पर्छ । जसका लागि उटिस, कटुस लगायतका प्रजातीको रुखलाई साना–साना टुक्रा पार्नु पर्छ । ती टुक्राहरुलाई वीच–वीचमा प्वाल पार्दै च्याऊको विऊ राखेर मैनले प्वाल छोपिदिनु पर्छ । घामको सम्पर्क कम हुने ठाउँमा राखेर नियमित पानी दिदैं जाँदा करिव ७÷८ महिना पछि यसमा च्याऊहरु उम्रने कृषक दुलालले बताए । एक पटक प्रयोग गरिएका काठहरु ४ वर्ष सम्म प्रयोग गर्न सकिन्छ । र प्रत्येक काठका टुक्राबाट कम्तिमा ५ के.जी सम्म च्याऊ फलाउन सकिने उनको भनाइ छ । उनका अनुशार एक पटक रोपिएको विउबाट काठ नकुहिए सम्म उत्पादन लिन सकिन्छ ।
सिताके च्याऊ रोप्नका लागि पुस देखि फागुन सम्मको समय उपयुक्त हुन्छ । यस समयमा रोपिएको च्याऊले असोजबाट उत्पादन दिन थाल्छ । च्याऊ नउमे्र सम्म विऊ रोपिएका काठका टुक्राहरुलाई पानीको पोखरीमा राख्नु पर्ने र यो सम्भव नभए नियमित रुपमा पानी हाल्नु पर्ने कृषक नारायणहरिको भनाई छ । उत्पादन भएको च्याऊ झट्ट हेर्दा जंगली च्याऊ जस्तो लाग्छ तर यो विशुद्ध रुपमा अर्गानिक र औषधीय गुणले भरिपुर्ण रहेको उनको भनाई छ । आफ्नो फार्ममा अहिले करिव ३ हजार वटा काठका टुक्रामा यसको खेती गरिएको पनि उनले बताए । ‘एउटा काठ बराबर करिव ४ सय रुपयाँ खर्च लाग्छ । दैनिकरुपमा समय दिन सकियो भने यसबाट सोचे भन्दा वढी नै फाइदा हुने रहेछ ।’ – दुलालले भने ।
सिताके जापानिज भाषाको नाम हो । यसको रङ्ग मृगको जस्तो हुने भएकाले नेपालीमा यसलाई मृगे च्याऊको नामले पनि चिनिन्छ । नेपालमा च्याउका विशेषज्ञ समेत रहनु भएकी डा. केशरी लक्ष्मी मानन्धरको प्रेरणाले यस्तो च्याऊको खेती शुरु गर्नु भएका कृषक नारायणहरिका अनुशार यस किसिमको च्याउको सेवनले मानव स्वास्थ्यका लागि अतिआवश्यकिय तत्वहरु पाइन्छ । यसका अतिरिक्त क्यान्सर र एडस जस्ता प्राणघातक रोगहरुको न्युनिकरणका लागि यो उपयोगि छ ।
नेपाली बजारमा यसको महत्वका बारेमा बुझाउन नसकिएका कारण मानिसहरुले यसको प्रयोग सहज रुपमा गरिनसकेको बताइन्छ । तैपनि यसका ग्राहकहरु दैनिकरुपमा वढीरहेको कृषक दुलाल बताउँछन् । अहिले आफूले राजधानीका स्थानिय बजारका अतिरिक्त सुपरमार्केटहरुमा प्रतिकेजी रु. १ हजारमा यसको विक्रि गर्ने गरिएको उनले बताए । ‘पोखरा लगायतका शहरमा चाहिं प्रतिकेजी २ हजार सम्ममा यसको विक्रि हुने गरेको छ ।’– दुलालले भने । यसको खेती गर्न चाहनेहरुले उपत्यका यस आसपासका भेगका लागि ललितपुरको ग्वार्कोबाट यसको विउ लिन सकिने र बाहिरका लागि पोखरा, हेटौंडा लगायतबाट उपलब्ध हुने बताईएको छ । अहिले उत्पादनको शुरुवाती क्रम भएकाले वार्षिक यति नै उत्पादन र आम्दानी गर्न सकिन्छ भन्न गाह्रो भएपनि नेपालमा यसको राम्रै भविष्य रहेको कृषक नारायणहरिको भनाई छ । नेपालबाट अहिले दैनिक एक हजार भन्दा वढी युवाहरु रोजगारीका लागि विदेश गइरहेका छन् । तिनीहरुलाई आफ्नै देशमा यस्तै काममा परिचालन गर्न सके रोजगारीका लागि बाहिर जानु नै नपर्ने उनले बताएका छन् ।

फोटो ः मुलपानीका कृषक नारायणहरि दुलालले काभे्रको साँगामा गरेको सिताके च्याऊ खेती ।  तस्विर ः ज्ञानमणि कालोटोपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0