Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कफि खेती आम्दानीको स्रोत बन्दै

प्रभातफेरी अनलाइन २११९ पटक पढिएको प्रकाशित मिति: २०७० पौष २४, बुधबार (१२ साल अघि)
कफि खेती आम्दानीको स्रोत बन्दै

 

मण्डनभेग ÷ जिल्लाको देउपुरका कृषक शंकर डोटेलले आजभन्दा करिब डेढ दशक अगाडि देखि आफ्नो पाखो बारीमा कफिखेती शुरु गरेका थिए ।  अहिले उनी वार्षिक एक देखि डेढ लाख सम्म कफि खेती बाटै आम्दानी गर्छन् । देउपुरमा उनी जस्तै करिब पाँच सय भन्दा वढि कफि खेती गर्ने कृषकहरु छन् । न्युनतम दशहजार देखि वढिमा डेढलाख सम्म  वार्षिक आम्दानी कफि खेतीबाटै लिने कृषकहरुको संख्या यहाँ धेरै छ ।     देउपुरमा मात्र होइन, जिल्लाको महादेवस्थान, चण्डेनीमण्डन, जैशिथोक, पाँचखाल, ज्याम्दी, अनेकोट, च्याम्राङ्गवेशि लगायत २ दर्जन भन्दा वढि गाविसका  करिव दशहजार भन्दा वढि कृषकहरु अहिले प्रत्यक्षरुपमा कफिखेती तिर लागेका छन् । यस खेतीबाट अहिले सोचेभन्दा  राम्रो आम्दानी हुन थालेको सम्वन्धित कृषकहरुको भनाई छ । ‘शुरुमा त कफिको पनि  खेती गरिन्छ र ,जस्तो लागेको थियो ।’ मण्डनभेगका कृषक उद्धव पराजुली भन्छन्– “अब त कफि खेती नै हाम्रो आम्दानीको मुख्य स्रोत बनेको छ ।”     कफि खेती नगर्दाका दिनहरु यहाँका कृषकहरुका लागि अत्यन्त कष्टकर थिए । सामान्यरुपमा घर चलाउन पनि आर्थिक समस्या नै जटिल रुपमा देखा पर्ने गरेको थियो । अब त्यस्ता दिनहरु कथा जस्ता भएका छन् । कफि खेतीका लागि कृषकहरुलाई वातावरण त सहज भएको छ नै , यसका अतिरिक्त उत्पादित  कफिलाई बजारको पनि समस्या छैन । यसले गर्दा अझ सजिलो भएको कृषकहरुले बताएका छन् । गाउँ–गाउँका कृषकहरु आफैं संगठित भएर विभिन्न समुहहरु खोलेका छन् ।  यस्ता समुहहरुले उत्पादित कफिहरु कृषकहरुलाई उचित मुल्य दिएर संकलन गर्छन् । समुहहरुले संकलन गरेका कफिहरु जिल्ला कफि विकास समितिले खरिद गरिदिएर कृषकहरुलाई सजिलो बनाइदिएको छ ।     एकपटक रोपेपछि पटक–पटक रोपिरहनु नपर्ने, नियमित सिंचाई र मलको आवश्यकता नपर्ने आदि कारणले गर्दा कफि खेतीगर्न किसानहरुलाई सजिलो भएको छ । नगदे बालीका रुपमा लिइने गरिएको कफि अहिले जिल्लाका सुख्खा डाँडाहरुमा लटरम्म हुने गरि फलेको देखिन्छ । वर्षमा २ पटक आम्दानी लिन सकिने कफि खेती गरिएको जग्गामा घुसुवा बालीका रुपमा अदुवा, हलेदो , तथा तरकारीहरु पनि रोप्न सकिन्छ । जसले गर्दा एउटै जग्गाबाट दोहोरो उत्पादन गर्न सकिने भएकाले धेरै कृषकहरु यस तर्फ लाग्न सकेको उनीहरुले बताएका छन् ।      यहाँ उत्पादित कफि जिल्लाका अतिरिक्त राजधानी लगायत देशका विभिन्न शहरहरुका साथै विदेश तिर पनि निर्यात हुने गरेको छ । किसानहरुले उत्पादित कफि मात्र नभएर यसका विरुवाहरु पनि तयार गरेर बेच्ने गरेका छन् । यसबाट पनि राम्रै आम्दानी हुने गरेको चण्डेनीमण्डनकी कृषक विजया नेपालले बताइन् । पछिल्ला दिनहरुमा परम्परागत खेतीबाट  टाढिदै गएका जिल्लाका अधिकांश कृषकहरु अहिले पशुपालन, तरकारीखेती तथा कफि, अम्रिसो खेती लगायतका नगदेबाली तर्फ आकर्षित हुन थालेको नेपालले जानकारी दिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0