Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

माझी जातीको अलग्गै संस्कृती ‘पितरापर्व’

प्रभातफेरी अनलाइन ११६९ पटक पढिएको प्रकाशित मिति: २०७० माघ ६, सोमबार (१२ साल अघि)
माझी जातीको अलग्गै संस्कृती ‘पितरापर्व’

ज्ञानमणि कालोटोपी
चण्डेनीमण्डन ÷ सबै जातजातीका आ–आफ्नै संस्कृती र परम्परा भए जस्तै माझी जातीको पनि आफ्नै पहिचान जोगाउने संस्कृती पितरापर्व अहिले पनि प्रचलनमा रहेको छ ।

धेरै झण्जट झेल्दै भएपनि उनीहरुले यस पर्वलाई जोगाईरहेका छन् । अन्य जातीहरुमा मानिस मरेपछि वार्षिक पुण्य तिथीमा श्राद्ध गर्ने चलन छ । तर माझि जातीमा मरेका आफन्तको नाममा एकपटक पितरा निकाले पछि कहिल्यै पनि वार्षिक श्राद्ध गर्नु पर्दैन । यो जातीमा परम्परा देखि नै जीवन्त रहेको यस्तो पर्वलाई नै सामान्य बुझिने भाषामा पितरापर्व भनिने गरिएको आँपचौरका रामकृष्ण माझीले बताए । यो परम्परा कहिले देखि र किन प्रचलनमा रहेको हो भन्ने बारेमा अधिकांशहरु अनभिज्ञ रहेपनि यसलाई जोगाउनु पर्छ भन्नेमा युवाहरु देखि वृद्धहरु सबैको एकमत रहेको पाईएको छ ।

किंवदन्ती अनुशार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेऊमा आईपुगेछन् । नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक जना माझीलाई आफूहरुलाई नदी पार गराईदिन अनुरोध गरेछन् । उक्त माझिले पनि नदी पार गराईदिएछ । महादेव र पार्वतीले खुशि भएर तिमीहरु मर्दा बाँच्नेले नाचगान गरेमा सोझै स्वर्ग पुग्छौ भनि वरदान दिएर गएछन् । त्यसैबेला देखि यो संस्कृतीको शुरुवात भएको स्थानिय काले माझीले जानकारी दिए ।

देशभर छरिएर रहेका सबै ठाउँका माझिहरुले यो पर्व मनाउँदै आईरहेका छन् । प्रत्येक वर्ष विजयादशमीको भोलीपल्ट र तिहारको भाईटीकाको भोलीपल्ट यो पर्व मनाउने गरिएको माझीहरुले बताए । यो उनीहरुको संस्कृती नै भएपनि सबैले मनाउनु पर्दैन । वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यहि घरबाट पितरा निकालिन्छ । यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य छैन । तिहारको भाईटिकाको भोलीपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजयादशमीको भोलीपल्ट सम्म जुठो बार्नु पर्छ । र विजयादशमीको भोलीपल्ट देखि भाईटीकाको दिन सम्म मरेकाहरुको त्यहि वर्ष एक वर्ष भरिको काम सकिन्छ ।

यो कुरा सुन्दा उपत्यकामा नेवार समुदायले गाईजात्रा पर्व मनाए जस्तै हो कि भन्ने भान हुन्छ । केहि हद सम्म गाईजात्रा जस्तै भएपनि पितरापर्व फरक संस्कृती भएको आँपचौरका राजु माझीले बताए । उनका अनुशार पितरा निकाल्ने अघिल्लो दिन देखि नै केहि विधी पु¥याउनु पर्छ । मरेका पितृहरुलाई निमन्त्रणा गर्नका लागि उनीहरुलाई विभिन्न बाहनहरुमा चढेर आउनु भनि घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाज लगायतका सवारी साधनहरुको चित्र कोरिन्छ । मृतआत्मा तीनै सवारीसाधनहरुमा चढेर आउँछन् भन्ने उनीहरुको विश्वास छ । महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृती कोरिएको ठाउँमा राखिन्छ । पितरा निकालेको दिन बेलुकाबाट भोलीपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरि उक्त आकृती मेटाइसक्नु पर्छ । पितरा निकाल्ने दिन मुल भोटेले यसको शुरुवात गर्छ । अरुले मुलभोटेलाई विभिन्न काममा सहयोग गर्छन् । यस जातीकै २ जना बालिकाहरुलाई बाहुनको रुपमा पुजिन्छ । बाहुनको रुपमा रहेपनि त्यस दिन भरि उनीहरुलाई अरु जातीहरुले छुन हुदैन भन्ने मान्यता रहेको छ । यदि कसैले छोएमा तीनीहरुको मृत्यु सम्म हुनसक्ने माझीहरु बताउँछन् ।

त्यसपछि मुलभोटेले अरु २ जना गुरुङ्गहरुको छनोट गर्छ । उनीहरुकै साथमा अरु पनि मृतआत्मालाई बोलाउँदै नदी सम्म जान्छन् । यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दुःखसुखका गीतहरु गाउने चलन छ । बाटो मर्मत र सफा गर्दै पुनः घरमा फर्केर मृतकको के इच्छा छ त्यो बकाउनको लागि विभिन्न तन्त्रमन्त्रबाट मृतकको परिवारको सल्लाह अनुशार आत्मालाई बोलाइन्छ । यसरी बोलाउँदा मुलभोटे काप्न थाल्यो भने उसमा मृतआत्मा आएको विश्वास गरिन्छ । उक्त आत्मालाई के चाहिएको छ, अरुले भोटेलाई सोध्छन् । भोटेले भने अनुशार कै मृतआत्मालाई दान गरेपछि पुनः घरमा आएर दःुख नदिनु भनेर पुकार गरिन्छ । त्यस दिन र रातभर विभिन्न भजन गाउँदै नाच पनि देखाइन्छ । भोलीपल्ट सबेरै नदीमा लगेर सेलाए पछि ३ दिन देखिको पितरा पर्वको समापन हुन्छ । मृतकहरुका सबै घरहरुमा एकैसाथ र एउटै तरिकाले यस्तो गर्नु पर्ने परम्परा छ ।

यस पर्वको खास उद्देश्य मरेका आफन्तहरुको आत्मा कहिल्यै फर्केर नआओस् र बाँचेकाहरुलाई कुनै किसिमको विध्नबाधाहरु नपरोस् भन्नु नै रहेको शिक्षक समेत रहेका राजु माझीले बताए । यो पर्व लाग्ने दिन अन्य जातका मानिसहरुको पनि माझीगाउँमा बाक्लै उपस्थिती रहने गरेको उनको भनाई छ । यसरी आफ्नो अस्तित्व सँग जोडिएको पितरा पर्वलाई जोगाउन जस्तो सुकै दुःख झेल्न पनि माझीहरु तयार रहने पनि उनले बताएका छन् ।

फोटो ः पितरा मनाउने क्रममा मुलभोटेले जिउँदो कुखुराको टाउको मुखमा हालेर चपाउँदै गरेको र आत्माको प्रवेश पछि उक्त मुलभोटे आँगनमै सुतेको अवस्था ।
तस्विरहरु ः ज्ञानमणि कालोटोपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0