Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वातावरण संरक्षणमा आश्रयको भुमिका

प्रभातफेरी अनलाइन ३०५८ पटक पढिएको प्रकाशित मिति: २०७० माघ ६, सोमबार (१२ साल अघि)
वातावरण संरक्षणमा आश्रयको भुमिका

ज्ञानमणि कालोटोपी

दुर्गम जिल्लाका केहि गाउँमा रहेका विद्यालयका विद्यार्थीहरुलाई वातावरण सम्बन्धि चेतनामुलक कार्यक्रमहरु संचालन गरेर आश्रय फाउण्डेशन नेपालले पछिल्लो ७ वर्ष यता राम्रो फड्को मारेको छ ।
दोलखा ,रामेछाप,सोलुखुम्बु र झापा जिल्लाका वीसबटा विद्यालयमा जलवायु परिवर्तन, वृक्षरोपण, स्वास्थ्य र शिक्षा तथा विद्यार्थीहरुलाई छात्रवृत्ति कार्यक्रमहरु संचालन गरेर आश्रयले अहिले यस विषयमा नसोचेको सफलता पाएको हो । ती क्षेत्रमा यस संस्थाले कार्यक्रम संचालन शुरु गर्नु भन्दा पहिले धेरै कुराहरुमा सुधार गर्नु आवश्यक थियो । विद्यालयहरुमा शौचालय थिएन । विद्यालय भवन भरपर्दो थिएन । त्यति मात्र होईन , शिक्षकहरुमा पनि तालिमको आवश्यकता थियो । ७ वर्षमा यस संस्थाले यस्ता कुराहरुको आवश्यकता मात्र पुरा गरेन, विकास निर्माणका हरेक विषयहरुमा नौलो कामको शुरुवात पनि ग¥यो ।
यस संस्थाले सोलुखुम्बु जिल्लाको लुक्लामा गएको वर्ष करिब पाँचहजार विरुवाहरुको वृक्षरोपण गरेको र यहाँ अहिले नर्सरीको स्थापना गरि आगामी वर्ष पनि त्यति नै संख्यामा वृक्षरोपण गर्न लागेको आश्रयका अध्यक्ष लाक्पा शेर्पाले बताए । त्यस क्षेत्रमा अत्याधिक मात्रामा वन फडानी हुने गरेकोमा अहिले त्यो कार्य रोक्न संस्था सफल भएको पनि अध्यक्ष शेर्पाले जानकारी दिए । शौचालय भनेको कस्तो हुन्छ भन्ने सम्म नदेखेका यहाँका विद्यार्थी तथा अभिभावकहरुलाई यस संस्थाले शौचालयको महत्व दर्शाएर यसको प्रयोग पनि सिकाएको थियो । अहिले उनीहरु आफु शौचालयको प्रयोग मात्र गर्दैनन्, प्रयोग नगर्नेहरुलाई चेतना जगाउन पनि त्यतिकै लागि पर्नुलाई आश्रयको ठुलै सफलता मान्छन् , उनी । पछिल्ला दिनहरुमा यहाँको वातावरण निकै नै सफा भएको छ । प्रारम्भिक चरणमा वीसवटा विद्यालयमा मात्र कार्यक्रम संचालन गरेपनि विस्तारै ७५ वटै जिल्लाका पिछडिएका विद्यालयहरुलाई सहयोग गर्ने आश्रयको उद्देश्य रहेको पनि अध्यक्ष लाक्पाले जानकारी गराए ।
विद्यार्थी तथा शिक्षकहरुलाई वातावरण सम्बन्धि विषयमा जानकारी गराउन अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रमको शुरुवातमा आश्रयले यस क्षेत्रका करिब ४ हजार विद्यार्थीहरुलाई कापी,कलम, र झोला वितरण तथा विद्यालयमा स्वास्थ्य शिविर संचालन गर्नु परेको थियो । अहिले यसले अभिभावकहरुको राम्रो सहयोग पाएको छ । विद्यार्थीहरुलाई यस्ता विषयमा शिक्षा दिन सके उनीहरुबाट अभिभावकमा पनि चेतना छर्ने काम हुने हुनाले संस्थाको लक्षितवर्ग विद्यालय र विद्यार्थी भएको आश्रयले जनाएको छ ।
पाँच वर्षको समयमा आश्रयले अष्ट्रेलिया र अष्ट्रियामा आफ्नो सम्पर्क कार्यालय खोलेर ती ठाउँबाट  पनि काम शुरु गरिसकेको छ । एउटा संस्थाले मात्र सबेै काम गर्न सम्भव नहुने भए पनि सानो प्रयासले वातावरण संरक्षणमा केहि मात्रामा सहयोग पुग्ने भएकाले आफु र आफ्नो संस्था आश्रयले निरन्तर वातावरणको क्षेत्रमा काम गर्ने अध्यक्ष शेर्पाले मध्यमार्गलाई जानकारी गराए ।

फोटो ः आश्रय संस्थाले संचालन गरेको नर्सरीमा विउ रोप्दै लुक्लाको एक विद्यालयकी वालिका ।
तस्विर ः ज्ञानमणि कालोटोपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0