प्रभातफेरी अनलाइन १९६० पटक पढिएको प्रकाशित मिति: २०७० माघ १२, आईतबार (१२ साल अघि)
दोस्रो संविधान सभाको निर्वाचनसँगै दलहरुले आफूले जनतासामू कबुल गरेको संविधान निर्माण गर्नेभन्दा विभिन्न खाले सामानय तर्ककुतर्क राखि अलमल गरिँदा जनतामा निराशा पैदा हुँदै गएको देखिन्छ ।
चुनावको लगत्तै एमाओवादीले आफूले हार स्विकार गर्नु कता हो कता चुनावमा धाँधली भएको प्रोपोगाण्डा मच्याउँदै संविधान सभा बैठकमै नजाने हुईंया मचायो । त्यस्तै, संसदको बैठक राष्ट्रपतिले कि प्रधानमन्त्रीले बोलाउने भनी दलहरु बीच ध्रुवीकरण हुँदा प्रधानमन्त्रीले बोलाउने निर्णय भएपछि चुनाव सकिएको ६४ दिनपछि मात्र बैठक बस्यो ।
अब अहिले दलहरु राष्ट्रपतिको चुनाव गर्ने कि नगर्ने भन्ने विवादमा रुमलिएका छन् । संविधान सभाको निर्वाचनमा दोस्रो ठूलो दलको रुपमा रहेको नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन हुनुपर्ने अडान राख्दै आएको छ । जब कि संविधान सभाको निर्वाचनमा जाँदा कुनै पनि दलको घोषणा पत्रमा राष्ट्रपति फेर्ने वा नफेर्ने विषयमा कोही पनि बोलेको पाइँदैन । केवल संविधान एक वर्षमा जनताको हातमा सुम्पने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अहिले आएर एमाले जस्तो पार्टीले लोकतान्त्रीक संविधान निर्माण गर्न जुट्नु पर्नेमा सत्ताको वार्गेनिङ्ग गर्दै राष्ट्रपति जस्ता पवित्र पदमा भागवण्डा गर्न खोज्नु कत्ति सम्मको सत्ता मोह हो त ? जुनकि नेपालको अन्तरिम संविधान २०६३ का धारा ३६ ‘ग’ का अनुसार राष्ट्रपतिको पदावधि संविधान सभाबाट संविधान सभा जारी नभएसम्मका लागि रहने र उपराष्ट्रपतिको पदावधि धारा ३६ ‘झ’ को व्यवस्था अनुसार नयाँ संविधान जारी भएपछि स्वतः सकिने प्रावधान रहेको बिहिबार सर्वाेच्च अदालतका न्यायधिश गिरिसचन्द्र लालको इजलासले फैसला गरिसकेको छ ।
जति कुरा लम्बयाउँदै गएपनि दलहरु मिलेर एक वर्षमा संविधान निर्माण गरि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न तर्फ लाग्नुपर्छ । अहिले यस विषयमा विवाद गर्नुपर्ने आवश्यकता नै छैन ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |