Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बाघको बिगबिगीले गाउ“ले त्रसित

प्रभातफेरी अनलाइन २२८० पटक पढिएको प्रकाशित मिति: २०७० माघ १२, आईतबार (१२ साल अघि)
बाघको बिगबिगीले गाउ“ले त्रसित

मेथिनकोट ÷ जिल्लाको मेथिनकोट गाविसको वडा नं.५, ६ र ७ स्थित भेंडाबारीमा विगत डेढ वर्ष देखि नरभक्षी बाघको आतंकले गाउँलेहरु त्रस्त बनेका छन् ।
त्यस यता २ जना बालकहरुलाई बाघले खाएपछि अहिले गाउँलेहरु त्रस्त भएका हुन् । तीन महिना अगाडी भेंडाबारीका केशव भुर्तेलका २ वर्षिय छोरा आँगनमा खेलिरहेको बेला सँसाँझै बाघले लगेर नजिकैको जंगलमा खाएको थियो । गाउँलेहरु खोजीको क्रममा जाँदा आधा शरिर खाईसकेको अवस्थामा भेटिएको थियो । गएको वर्ष पनि सोहि ठाउँका एक ५ वर्षिय बालकलाई बाघले खाएको थियो । स्थानियवासि बुद्धी प्रसाद भुर्तेलका अनुशार अहिले पनि यस ठाउँमा दिउसै बाघ कराउने गरेकोले कुनैपनि बेला मानिसहरुलाई आक्रमण गर्नसक्ने डर रहेको छ ।
पहिले–पहिले यहाँ बाघले घरपालुवा जनावरहरुलाई खाने गरेको थियो । तर अहिले त मानिसमा पनि विशेषगरि बालबालिकाहरुलाई बाघले आक्रमण गर्ने गरेको बताईएको छ ।     पछिल्लो डेढ दशक यता गाउँ वरिपरि जंगल बढेकाले बाघ लगायतका जंगली जनावरहरुको संख्या पनि वढेको र गाउँमा बाघ आतंक फैलिएको हुनसक्ने गाउँलेहरुको अनुमान छ । केहि बुढापाकाहरुका अनुशार गाउँ नजिकैको देवीमन्दिरमा पहिले–पहिले जस्तो पुजा–आजा हुन छोडेकाले यस्तो भएको बताउँछन् ।
गाउँका घरपालुवा जनावरका साथै मानिसहरु पनि सुरक्षित नभएको र कुनै पनि बेला जो सुकै पनि बाघको शिकार हुन सक्ने स्थानिय सिता भुर्तेलले बताइन् । पहिले–पहिले राती अबेर सम्म खेतबारीमा काम गर्नमै व्यस्त रहने गरेका कृषकहरु अहिले साँझ नपर्दै घरका ढोका थुनेर बस्ने गरेको उनको भनाई छ ।
गाउँमा बाघले धेरै नै सताउन थालेका कारण गाउँलेहरुले स्थानिय प्रहरीचौकीहरुमा गस्तिका लागि अनुरोध गरेका थिए । उनीहरुको अनुरोध अनुशार नै इलाका प्रहरी कार्यालय पाँचखाल, वालुवा र भकुण्डेवेंसिबाट हतियार सहितका प्रहरी टोलीहरुले गाउँमा सुरक्षा दिदैं आईरहेका छन् । तर गस्ति प्रहरीको टोली गाउँमा रहेसम्म बाघले कुनै दुःख दिंदैन र टोली चौकी फर्किए लगत्तै पुनः गाउँमा बाघले आफ्नो राज फैलाउने गरेको गाउँलेहरुले सुनाए ।
यसरी अनपेक्षीत रुपमा गाउँमा फैलिएको बाघ आतंकले अहिले मेथिनकोटमा ठूलै चर्चा पाएको छ । यसको नियन्त्रणको केहि उपाय नहुदा गाउँलेहरुले देवी रिसाएर यस्तो भएको अनुमानमा गाउँमा रहेको पुरानो देवी मन्दिरमा क्षमा पुजा गर्ने तयारी गरिरहेका छन् । यसरी पुजा गर्दा पनि बाघले सताउन छोडेन भने के गर्ने भन्ने अन्यौलमा रहेका गाउँलेहरु सँग नियन्त्रणको कुनै उपाय छैन । जसले गर्दा यसभेगका सयौं मानिसहरुलाई बाघ आक्रमणको चिन्ताले सताएको छ । गाउँमा अहिले पाटेबाघ र चितुवाले धेरै नै सताएको गाउँलेहरुले यस प्रतिनिधीलाई जानकारी गराएका छन् । यहाँ एकै समयमा विभिन्न ठाउँमा बाघ कराउने गरेका कारण बाघहरुको संख्या धेरै भएको हुनसक्ने बुद्धीप्रसाद भुर्तेल बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0