Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बाघको बिगबिगीले गाउ“ले त्रसित

प्रभातफेरी अनलाइन १९८५ पटक पढिएको प्रकाशित मिति: २०७० माघ १२, आईतबार (९ साल अघि)
बाघको बिगबिगीले गाउ“ले त्रसित

मेथिनकोट ÷ जिल्लाको मेथिनकोट गाविसको वडा नं.५, ६ र ७ स्थित भेंडाबारीमा विगत डेढ वर्ष देखि नरभक्षी बाघको आतंकले गाउँलेहरु त्रस्त बनेका छन् ।
त्यस यता २ जना बालकहरुलाई बाघले खाएपछि अहिले गाउँलेहरु त्रस्त भएका हुन् । तीन महिना अगाडी भेंडाबारीका केशव भुर्तेलका २ वर्षिय छोरा आँगनमा खेलिरहेको बेला सँसाँझै बाघले लगेर नजिकैको जंगलमा खाएको थियो । गाउँलेहरु खोजीको क्रममा जाँदा आधा शरिर खाईसकेको अवस्थामा भेटिएको थियो । गएको वर्ष पनि सोहि ठाउँका एक ५ वर्षिय बालकलाई बाघले खाएको थियो । स्थानियवासि बुद्धी प्रसाद भुर्तेलका अनुशार अहिले पनि यस ठाउँमा दिउसै बाघ कराउने गरेकोले कुनैपनि बेला मानिसहरुलाई आक्रमण गर्नसक्ने डर रहेको छ ।
पहिले–पहिले यहाँ बाघले घरपालुवा जनावरहरुलाई खाने गरेको थियो । तर अहिले त मानिसमा पनि विशेषगरि बालबालिकाहरुलाई बाघले आक्रमण गर्ने गरेको बताईएको छ ।     पछिल्लो डेढ दशक यता गाउँ वरिपरि जंगल बढेकाले बाघ लगायतका जंगली जनावरहरुको संख्या पनि वढेको र गाउँमा बाघ आतंक फैलिएको हुनसक्ने गाउँलेहरुको अनुमान छ । केहि बुढापाकाहरुका अनुशार गाउँ नजिकैको देवीमन्दिरमा पहिले–पहिले जस्तो पुजा–आजा हुन छोडेकाले यस्तो भएको बताउँछन् ।
गाउँका घरपालुवा जनावरका साथै मानिसहरु पनि सुरक्षित नभएको र कुनै पनि बेला जो सुकै पनि बाघको शिकार हुन सक्ने स्थानिय सिता भुर्तेलले बताइन् । पहिले–पहिले राती अबेर सम्म खेतबारीमा काम गर्नमै व्यस्त रहने गरेका कृषकहरु अहिले साँझ नपर्दै घरका ढोका थुनेर बस्ने गरेको उनको भनाई छ ।
गाउँमा बाघले धेरै नै सताउन थालेका कारण गाउँलेहरुले स्थानिय प्रहरीचौकीहरुमा गस्तिका लागि अनुरोध गरेका थिए । उनीहरुको अनुरोध अनुशार नै इलाका प्रहरी कार्यालय पाँचखाल, वालुवा र भकुण्डेवेंसिबाट हतियार सहितका प्रहरी टोलीहरुले गाउँमा सुरक्षा दिदैं आईरहेका छन् । तर गस्ति प्रहरीको टोली गाउँमा रहेसम्म बाघले कुनै दुःख दिंदैन र टोली चौकी फर्किए लगत्तै पुनः गाउँमा बाघले आफ्नो राज फैलाउने गरेको गाउँलेहरुले सुनाए ।
यसरी अनपेक्षीत रुपमा गाउँमा फैलिएको बाघ आतंकले अहिले मेथिनकोटमा ठूलै चर्चा पाएको छ । यसको नियन्त्रणको केहि उपाय नहुदा गाउँलेहरुले देवी रिसाएर यस्तो भएको अनुमानमा गाउँमा रहेको पुरानो देवी मन्दिरमा क्षमा पुजा गर्ने तयारी गरिरहेका छन् । यसरी पुजा गर्दा पनि बाघले सताउन छोडेन भने के गर्ने भन्ने अन्यौलमा रहेका गाउँलेहरु सँग नियन्त्रणको कुनै उपाय छैन । जसले गर्दा यसभेगका सयौं मानिसहरुलाई बाघ आक्रमणको चिन्ताले सताएको छ । गाउँमा अहिले पाटेबाघ र चितुवाले धेरै नै सताएको गाउँलेहरुले यस प्रतिनिधीलाई जानकारी गराएका छन् । यहाँ एकै समयमा विभिन्न ठाउँमा बाघ कराउने गरेका कारण बाघहरुको संख्या धेरै भएको हुनसक्ने बुद्धीप्रसाद भुर्तेल बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0