Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जलवायु परिवर्तन र लोडसेडिङ्गबारे चिन्तित डाक्टर

प्रभातफेरी अनलाइन १४७० पटक पढिएको प्रकाशित मिति: २०७० फागुन ११, आईतबार (१२ साल अघि)
जलवायु परिवर्तन र लोडसेडिङ्गबारे चिन्तित डाक्टर

ज्ञानमणि कालोटोपी
काठमाडौं

चिन्ता सबैका फरक–फरक हुन्छन् । कसैको कसै सँग मेल खादैंन । पहिले आफ्नो अनि मात्र अरुको चिन्ता गर्नेहरुको भिडमा एउटा बेग्लै चिन्ता लिएर उदाएका छन् , उनी । आफ्नो थोरै पनि चिन्ता छैन, उनलाई । चिन्ता छ , देशको अनि देश भित्रको पनि मुख्य समस्या मानिएको जलवायु परिवर्तन र लोडसेडिङको ।

राजधानीको टेकुका स्थायी वासिन्दा ६४ वर्षिय वैज्ञानिक डा. देववहादुर डंगोल अहिले यी २ विषयमा धेरै चिन्तित छन् । चिन्ताकै कारण त्रिभुवन विश्व विद्यालय किर्तिपुरमा शिक्षा संकाय अन्र्तगत विज्ञान विभागका मुख्य प्रशिक्षकका रुपमा २५ वर्ष काम गरेका उनले यस क्षेत्र बाट स्वेच्छिक अवकास लिए । आफुले अध्ययपन समयमा गरेको अनुभवबाट उनले यी दुवै विषयमा फरक–फरक र वास्तविक सिद्धान्त प्रस्तुत गरे । आफ्ना सिद्धान्तहरु प्रचार गर्नमै अहिले व्यस्त रहेका डंगोलले यस विचमा धेरै हण्डर बेहोर्नु प¥यो । कुरा वास्तविक नै भए पनि धेरैले विश्वास गरे त केहिले हावामा उडाईदिए । न कुनै सरकारी निकायले साथ दियो , न त व्यक्ति अथवा संघ–संस्थाहरुले नै । तैपनि उनी यसमा पछि हटेनन् । ०६६ साल मंशिर देखि सुन्धाराको छेउमा बसेर आफ्ना २ सिद्धान्तका बारेमा त्यहाँ जम्मा भएका व्यक्तिहरुलाई बुझाउन दैनिक घण्टौं खटिए, उनी । तैपनि उनको चिन्ताले विश्राम लिएको छैन । यस सिद्धान्तलाई कसरी व्यवहारमा उतार्ने भन्ने जटिल विषय देववहादुरका अगाडि चुनौतीका रुपमा खडा भएको छ, यतिखेर ।

मानिसहरु जलवायु परिवर्तनको दोष ग्याँसलाई दिईरहेका छन् । ग्याँस कै कारण पृथ्वीमा तापक्रम वढ्दै गएको विश्वका धेरै देशहरुले निश्कर्ष निकाले । यसै विषयलाई लिएर कोपनहेगनमा विश्वका धेरै राष्ट्रहरुको सहभागितामा विश्व सम्मेलन पनि भयो । जलवायु परिवर्तनलाई कसरी रोक्न सकिन्छ भनेर गरिएको यस छलफलमा करोडौं रुपयाँ सक्याईएको थियो । नेपालमा पनि कालापत्थरमा गएर प्रधानमन्त्री, मन्त्री, लगायतका देशका उच्च ओहदाका व्यक्तिहरुले करोडौं रुपयाँ खर्च गरे । देव वहादुर भन्छन्–‘ खोई जलवायु परिवर्तन रोकिएको ? ’ उनको सिद्धान्त अनुशार जलवायु परिवर्तन ग्याँसको कारणले भएकै होईन । वढ्दो शहरीकरणले अहिले नेपालमा मात्र नभएर विश्वमा नै मानिसहरुको ध्यान खिचिरहेको छ । ठुला–ठुला उद्योग, कलकारखाना ,घर र भवनहरुको निर्माण सँगै पक्कि सडक निर्माण गरिनु पनि अहिलेको सन्दर्भमा ठुलो कुरा रहेन । त्यसैले मानिसहरुले गएको २ दशक यता अत्याधिक मात्रामा गरिएको भनिएको विकास नै जलवायु परिवर्तनको मुख्य दोषि रहयो । अधिकांश ठाउँमा जमिनको सतह सिमेण्ट ढलान गरेर पुरिएको छ । वर्षातको पानी जमिनले सोस्नु पर्ने जति सोस्न नसक्दा सूर्यको किरणले पानीलाई वाष्पिकृत गराउन सकेन । परिणाम स्वरुप अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, खडेरी र तापक्रम वृद्धि जस्ता असरहरु देखा पर्न थाले । वाहियात सम्मेलनमा करोडौं रुपयाँ खर्चिएका मानिसहरुले यस तर्फ थोरै पनि सोच्न भ्याएनन् । जमिनको सबैभागमा पानीलाई प¥याप्त मात्रामा छर्न सके जलवायु परिवर्तन आफंै ठिक हुने डंगोलको तर्क छ ।

नेपालमा गएको पाँच वर्ष यता लोडसेडिङ अर्को जटिल र भीमकाय समस्याका रुपमा उभिएको छ । विश्वमा जलस्रोतका धनि भनिएका हामीहरु आफ्ना सम्पदाहरुको चित्तबुझ्दो तरिकाले सदुपयोग गर्न नसक्दा पर्याप्त मात्रामा विद्युत उत्पादन गर्न सकिरहेका छैनौं । देववहादुर भन्छन्–‘ त्यसैले लोडसेडिङ हाम्रो अभिन्न अंग मात्र भएको छैन, विदेशिका लिटरका लिटर पेट्रोलियम पद्धार्थ डकार्ने जेनेरेटर,इन्र्भटर र व्याट्रि हाम्रा साथी नै भएका छन् ।’ जलविद्युत उत्पादनमा पुरानै तरिका वषौं देखि अपनाउदै आउँदा वढि लगानी गर्दा पनि कम विद्युत उत्पादन भएर हामी लोडसेडिङको शिकार बन्नु परेको उनको भनाई छ ।

एउटै आयोजनामा विद्युत निकाल्न प्रयोग गरिएको पानीको पाइपमा थुप्रै ठाउँमा विद्युत टर्वाइनहरु जडान गर्न सकिए थोरै लगानीमा धेरै विद्युत उत्पादन गर्न सकिने डंगोलले यस विषयमा निकालेको आफ्नो सिद्धान्तमा उल्लेख गरेका छन् । विभिन्न ठाउँमा धेरै वटा आयोजनाहरु निर्माण गर्ने खर्च विद्युत टर्वाइनहरुमा खर्च गरिने हो भने एउटै आयोजनाबाट धेरै ठाउँमा विजुली निकाल्न सकिन्छ । कम लगानीमा उत्पादित विद्युत सस्तोमा जनताले उपभोग गर्न पाउँछन् । एउटै पाइपमा थुप्रै ठाउँमा धेरैवटा टर्वाइनहरु जडान गर्दा पनि समानरुपमा विद्युत उत्पादन हुने उनको दावी छ । यसरी नयाँ तरिकाले आयोजना निर्माण गर्ने हो भने विद्युत समस्याबाट पनि छिट्टै मुक्ति पाउन सकिने उनी बताउँछन् ।

यी सिद्धान्तहरुलाई गलत सावित गर्न सक्ने पहिलो व्यक्तिलाई एकलाख रुपयाँ पुरस्कार दिने उनले घोषणा गरेका छन् । तैपनि थोरैले मात्र यस तर्फ चासो दिएका छन् । देववहादुर यसमा चिन्तित् छन् । यी दुवै विषयलाई लिएर उनी केहि समय अगाडि वातावरण मन्त्रालय पुगेका थिए । त्यहाँका सचिवले यस विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् । यसबाट भने डंगोललाई थोरै आशा पलाएको छ । उनी भन्छन्–‘ सम्बन्धित निकायलाई यी दुवै विषयमा सक्रिय गराउन जीवनको अन्तिम सम्म पनि प्रयास गरिरहने छु ।’

फोटो ः आफ्ना प्रतिपादित सिद्धान्तहरुबारे सर्वसाधारणलाई जानकारी दिलाउँदैं डा. डंगोल ।       तस्विर ः ज्ञानमणि कालोटोपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0