Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कस्तो अकल्पनिय बज्रपात

प्रभातफेरी अनलाइन १३१२ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १२, सोमबार (९ साल अघि)
कस्तो अकल्पनिय बज्रपात

सुरेश सैंजू
म काठमाडौंमा एउटा काम विशेषमा गएको थिएँ । भाञ्जा इनेश प्रधानले मलाई फोन गरेर ल्यायो, अचम्म लाग्यो । भर्खरै मात्र उसैलाई भेटेर आएको किन फोन आयो भनेर । अनि उसले सोध्यो कि रविन्द्र बन्जारा भन्ने मान्छे पहिला तपाइको विद्यार्थी हैन ? अनि मैले भनें हो भनेर । उसको प्लेन त हराएको÷सम्पर्क विहिन भएको खबर आयो त । दूर्घठना भएको समाचार आयो नि । म त सुनेर छाँगाबाट खसेझैं भएँ । एकछिन उभिएर अवाक भएँ अनि यो समाचार सत्य नहोस् भनेर दैवलाई पुकारें पछि सम्पर्कमा बस्दै गरें, घटना झन् झन् तीतो रुपमा झाँगिदै आए ममा छटपटाहट बढ्दै गयो, मुटुको धड्कनमा अस्वाभाविकता महसुस गर्दै गएँ । अन्तमा यो तीतो सत्य स्विकार्नु शिवाय केही रहेन ।
रविन्द्र बन्जारा कक्षा तीनदेखि यस स्कूलमा अध्ययनरत अति जेहेन्दार मेधावी र तेजस्वी छात्र थियो, सरस्वती कुञ्जको । बहुप्रतिभाशाली विद्यार्थी थियो । यसमा अद्भूत क्षमता थियो । नयाँ, नौलो कार्यक्रमहरुमा अझ बढी अभिरुचि राख्ने गर्दथ्यो । नियमित तालिकामा सबै विद्यार्थी चल्दथ्यो तर उसले जहिले पनि केही न केही नयाँ कुराहरुको खोजी गर्दथ्यो, पढाइका अलावा अन्य क्रियाकलापहरुमा पनि अत्यन्तै सक्रिय हुने गर्दथ्यो । पढाइमा तेजिलो त थियो नै तर अन्य गतिविधिहरुमा पनि त्यति नै तेजिलो थियो, रविन्द्र बन्जारा, जुन गुण प्रायः न्यून विद्यार्थीहरुमा मात्र हुने गर्दथ्यो, तसर्थ रविन्द्रलाई विद्यालयको ताराको रुपमा तत्कालिन प्रिन्सिपल धर्मराज कार्कीले वर्णन गर्ने गर्नुहुनथ्यो ।
पनौती जेसिजले तीनपटक लगातार गरेको वक्तृत्वकला प्रतियोगितामा तीनै पटक प्रथम स्थान हासिल गरेको थियो, रविन्द्रले, यति मात्र नभई राष्ट्रस्तरको वक्तृत्वकला प्रतियोगितामा पनि तेस्रो स्थान हासिल गरेको थियो । नृत्यमा पनि अत्यन्तै पोख्त थियो, सानैदेखि । मेरो पिता स्व. हरिहर वैद्य सैंजूको स्मृतिमा २०५३ सालमा तयार गरेको साँगितिक कार्यक्रममा रातभरी र दिनभरी नै नयाकीकन कुशल नृत्य प्रदर्शन गरेर दर्शकहरुलाई चकिन पारेको थियो र जिल्लास्तरको नृत्य प्रतियोगितामा रविन्द्र सम्मिलित विद्यालयको नृत्य समूहले प्रथम स्थान हासिल गरेको थियो । रविन्द्र मार्शल आर्टमा पनि त्यति नै कुशल फुटबल लगायत अन्य खेलहरुमा पनि अत्यन्तै कुशल थियो । झन् हाजिरीजवाफ त उहाँले अलौकिक क्षमता नै प्रदर्शन गरेको कुरा देशभर सार्वजनिक गरेको छ । नेपाल टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण गरेको राष्ट्रव्यापी एलजि क्विज प्रतियोगितामा मुलुकभरीको ६३ वटा स्कूलहरु मध्येमा पनि प्रथम स्थान हासिल गरेरै राष्ट्रभरी अद्भूत प्रतिभा नै देखाइदिए । पछि यो व्यक्तित्व हाम्रो स्कूलको मात्र नभएर देशकै कुशल प्रतिभाको रुपमा कदर गरियो र फलस्वरुप सार्कस्तरको हाजिरीजवाफ प्रतियोगिताको लागि रेडियो नेपालका पाण्डव सुनुवार र धनमायाँ गुरुङको समूहले हाम्रा विद्यार्थी रविन्द्र बन्जारा र ध्रुव भण्डारीलाई छनौट गरि पाकिस्तानको इस्लामावादमा भएको सार्क रेडियो क्विज कन्टेस्टमा सहभागिता गरियो । यसरी सार्कस्तर सम्मको यात्रामा रविन्द्र बन्जारा मार्फत यो स्कूलको सहभागिता रहँदै आयो ।
यो विद्यालयको एसएलसीको प्रथम समूह २०५९ को पहिलो विद्यार्थी हो, रविन्द्र बन्जारा । विद्यालयको आशा केन्द्र थियो, रविन्द्र बन्जारा र उसले एउटा गौरवमय पहिचान छाड्ने छ भन्ने आशा माथि तुषारापात भएको छ यो घटनाले । अस्ति माघ २४ गते मात्रै यस विद्यालयका संस्थापक स्व. श्रीराम कर्माचार्यको नातिनीको विवाह भोजमा काठमाडौं सिनामंगलको पार्टीमा भेटेका थियौं । अब छिट्टै नै अन्तर्राष्टि उडान गर्दैछु भनेर अत्यन्त उत्साह लिएर हामी कुराकानी गरेका थियौं । श्रीमतीले अमेरिका बस्ने र मलाई पनि अमेरिका मै बसौं नेर आग्रह गर्दा पनि अमेरिकामा पैसा भएपनि यहाँ जस्तो सन्तुष्टी नपाउने भन्दै देशमै केही गर्ने विचार पनि त्यतिबेला मलाई सुनाइरहेका थिए । हुन पनि रविन्द्र स्कूल जिवनदेखि नै देशको लागि पृथक किसिमको आवश्यकता पुरा गर्नका लागि लाग्ने वचन दिने गर्दथ्यो । जसका लागि थोरै मात्र लाग्ने गर्दछ । आफ्नो जिवनलाई सार्थक बनाउने क्रममा देशको आवश्यकतासँग जोडेर हेर्ने र विश्लेषण गर्ने गर्दथ्यो र पछि पाइलट कार्य गर्दागर्दै पनि यो देशको आर्थिक विकासको लागि अर्थशास्त्रको ठूलो भूमिका रहन्छ भन्दै अर्थशास्त्रमा एमए गर्ने सोचले अर्थशास्त्रको अध्ययनतिर पनि लम्केको थियो । आज एकाएक यसरी प्रगति पथमा लम्किरहेको एउटा तरुण माथि यो बज्रपात आयो । यो अकल्पनिय घटनाले देशका अन्य प्रबुद्ध व्यक्तित्वहरुलाई सखाप पारेकोमा साह्रै दुःख लागेको छ । घटनामा दीवगंत हुनु भएका रविन्द्र बन्जाराले आफ्नो कलिलो जिवनकालमा छाडेर गएका असंख्य डोबहरुलाई कालान्तरसम्म स्मरणमा राख्न योग्य केही कार्य गर्न लाग्नुपर्ने महसुस गरेको छु र यसलाई सार्थक बनाउन मेरो तर्फबाट भएसम्मको सहयोग हुनेछ भन्दै यसका लागि परिवारका सदस्यहरु स्कूल परिवार, विद्यार्थी, दौंतरीहरु र अन्य शुभचिन्तकहरुबीच समझदारीपूर्ण हातेमालो हुनुपर्ने महसुस भएको छ ।
अन्त्यमा, यो दुःखद् र कहालीलाग्दो घटनामा दीवंगत हुनुभएको हाम्रो विद्यार्थी रविन्द्र बन्जार र अन्य सबै दीवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । (लेखक, सरस्वती कुञ्च बोर्डिङ्ग स्कूल, पनौतीका संस्थापक एवं विद्यालय व्यवस्थापक हुन्)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

  • धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0