Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यहाँ यस्तै छ हजुर

प्रभातफेरी अनलाइन १६४४ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १२, सोमबार (११ साल अघि)
Post Thumbnail

तिमीलाई दिएको  माया मेरो अजम्बरी थियो ।
खनायसै कुन हुरीले त्यसलाई अन्तै मोडिदियो ।।
सागरको गहिराइमा पुगे पछि छाडिदियौ साथ किन ।
मन अन्तै मोड्नु थ्यो त ग¥यौ दुई दिनको नाटक किन  ।।
तिमी बिनाको एकलो जीवन भन म कसरी जिउँ ।
रकेकेथें मायामा म घात हुँदा दोष कसलाई दिउँ ।।
जीवनभरलाई दिने साथ दुई दिन मै तोड्यौ किन ?
लाएको थियौ त तिमीले माया आखिर धोका दिन ।।
जीवनको खुसी तिमीलाई मैले मागेथें केवल तिम्रो माया ।
निश्चल चोखो माया पछ्याइ रहन्छ सधैं मात्र तिम्रो छायाँ ।।
सायद आज पनि उनीहरुको मिलन हुन जुरेको थिएन हो वा दैवलाई नै उनीहरुको मिलन स्वीकार्य थिएन । अनिताको घरमा पुगे पछि उसले फेरि एक पटक निरास हुनु प¥यो । ‘खोई, अहिले सम्म उनले घरमा त सम्पर्क पनि गरेकी छैन । खै कहिले आइपुग्ने हुन् कुनै अत्तो पत्तो नै छैन ।’ यहि जवाफ उसले पाएको थियो ।
त्यहाँबाट उनी फर्किए पछि सरासर आफू बसेको भेंडेटार कै होटलतिर निरास मन लिएर फर्कदैं थियो । धरान बसपार्क पुगे पछि । उसले एक युवतीलाई देख्यो । ती युवतीलाई देखेपछि उसलाई ती युवती आफूले चिनेको जस्तो लाग्यो । करिव सय मिटरको दुरी थियो उनीहरु बीच । ती युवती बिरामी झैं देखिन्थिन् । सागरले ती युवतीलाई पछ्याउँदै गयो । ती युवती एक गेष्ट हाउसमा छिरिन् । सागर पनि उनको पछि पछि त्यहि गेष्ट हाउसमा छि¥यो ।
गेष्ट हाउसमा पछ्याउँदै गएको सागरको अनुमान आखिर सहि नै ठहरियो । उनी अनिता नै थिइन् । उनलाई देख्दा लाग्थ्यो उनी भरखरै बिमारीले थलिएकी हुन् । उसले अनितालाई पछ्याएर उनी बसेको रुममा नै छिरिसकेको थियो तर अनिता यी सबबाट अनविज्ञ थिइन् । जब कोठामा सागरलाई देख्यो तब मात्र झसङ्ग हुन पुगिन् । अकस्मात उनको ओठबाट निस्कियो—‘तिमी ।’
अनिता सागरलाई देखेर अचम्मित भएकी थिइन् । अकस्मात सागरलाई देखेर अनिता अचमिमत हुन पुगेकी थिइन् । सागरलाई देख्नासाथ उनको मुहारमा रिस र क्रोध एकै चोटी देखा प¥यो । एक्कासी उनले सागरको कठालोमा समाउँदै भनिन्–‘ किन आयौ तिमी ? कसको अनुमतिले तिमी मेरो कोठामा छिर्ने आँट ग¥यौ ? तिम्रो र मेरो सम्बन्ध छैन अब । त्यसैले तिमी मेरो अगाडि नआउ । मलाई आफ्नै हालतमा छोडिदेउ । मेरो भावनासँग  खेलवाड गर्नु ग¥यौ । अब के बाँकी छ र ?’
अकस्मात अनिताको यस्तो व्यवहारबाट सागर छक्क प¥यो । आखिर किन यस्तो व्यवहार गरिन् त  उनले । केहि बुझ्नै सकिरहेको थिएन सागरले । उसले प्रति प्रश्न ग¥यो–‘अनिता तिमी किन यस्तो व्यवहार गर्दैछौ आज । मैले त केहि बुझ्नै सकिरहेको छैन । आखिर किन तिमी मबाट टाढिन ओज्दैछौ ? आखिर के गल्ती भो र म बाट ? के यति जान्ने अधिकार पनि छैन र मेरो ?’
‘आफैलाई सोधि हेर न के के ग¥यौ भनेर । तिमी आफै नै टाढिन खोज्ने अनि अहिले मलाई उल्टै आरोप लगाउने । आखिर म को हुँ र तिम्रो । जति मेरो भावनामाथि खेल्नुथ्यो खेल्यौ अब त मलाई चैनले आफैमा हराउन देउ । किन दुखेको घाउलाई कोट्याउने कोशिस गर्दैछौ । अब मलाई तिमीसँग कुनै सम्बन्ध गाँस्नु छैन । त्यसैले मेरो पिछा छाडिदेउ ।’ अनिताले आँखाबाट बलिन्द्र धारा आँसु बगाउँदै भनिन् ।
‘खोई मैले त केहि बुझ्नै सकिन के भन्दैछौ तिमी । मबाट त्यस्तो कुनै भूल भए जस्तो त लाग्दैन । मैले आफ्नो सबथोक नै तिमीलाई सुम्पीसकेको छु । आज मलाई एक्लै मझदारमा छाडेर तिमी टाढिने सोच्दै छौ । आखिर किन अनिता ? भनन त ।’सागरको भनाइ भुईंमा खस्न नपाई अनिताले भनि–‘ए त्यसो पो ? गल्ती मेरै हो नी हैन र ? मेरो भावनामा खेलवाड गरि अरुको नै मायाजालमा रम्ने तिमी अनि दोष जति मलाई ! तिम्रो फेसबुक वालमा पे्रम युक्त सन्देश त्यो पनि झुट हो ? ठीक छ अझै अरु केहि भन्नु छ ।’
अनिताको कुरा सुनेर सागर छक्क प¥यो र भन्यो ‘धरोधर्म जे कसम खान पनि तयार छु म । मैले तिमी बाहेक अरुलाई सोचेकै छैन । मेरो जिन्दगी नै तिमीलाई मानिसकेको छु । त्यो फेसबुकमा भएको सन्देश कुनै साथिले त्यतिकै जिस्केर पोष्ट गरिदिएको रहेछ । त्यति सानो कुरालाई पनि यति ठूलो इष्यु बनाएकी तिमीले ?’ अनिताले प्रश्न गरिन्–‘ अनि तिमीले किन मलाई सम्पर्क नगरेको त ? अनि आफैै किन सम्पर्क बिहिन भएको त ?’
सागरले भन्यो ‘मैले तिमीलाई सम्पर्क गर्ने प्रयास गरेको थिउँ तर तिमीले कल नै उठाइनौ । त्यस पछि परीक्षा नजिक आइरहेकोले घरबाट यसपाली परीक्षा बटाउनै पर्ने दवाब आएकोले परीक्षाको तयारीमा लागेको हुँ । त्यसलाई अन्यथा नमान न । परीक्षा सकिएपछि तिमीलाई सम्पर्क गर्ने प्रयास गरेको थिएँ तर तिमीसँग सम्पर्क हुन नसके पछि बाध्यताबस म तिमीलाई नै भेट्न यहाँ सम्म आएको हुँ ।’ सागरले सबै कुरा प्रष्ट पारेपछि खनिता सागरलाई ग्वाम्लाङ्ग अंगालोमा हालेर रुन थाली । उनले रुँदै भनिन्–‘मलाई माफ गरिदेउ सागर ।’ क्रमशः. (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0