प्रभातफेरी अनलाइन७२११ पटक पढिएको प्रकाशित मिति: १२ साल अघि (१२ साल अघि)
ओम शान्ति,
पाठकवृन्द ब्रम्हबाबा प्रति राजघरानाबाट भएको आतिथ्यता सम्बन्धमा हामी अगाडि बढि रहेका छौं ।
जब बाबा राजदरबारको सामने ग्यालरीमा बसिरहनु भएको थियो राजाले देख्नु भयो कि बाबा आफ्ना पत्नि तथा परिवारसँग नभै एक्लै बसि रहनु भएको छ । दादाको पत्नी जसोदा माताजीको विचार थियो । पहिले हामी श्रीनाथद्वारमा दर्शन गर्न जानुपर्ला भनेर ग्यालरी बैठकमा आइनन । त्यसरी बाबालाई एक्लै देखेर राजाले दरबारी बैठक नै शुरु गर्नु भएन र वजिरलाई दादाको परिवार सहित बैठकमा आउन निमन्त्रणा पठाउनु भयो । जब उहाँहरु जानुभयो राजाले नम्रतापूर्वक स्वागत गर्नुभयो र साथै बैण्ड बाजा, नगरा बज्न थाल्यो र दरबारी बैठक चालु भयो । त्यसपछि राजाले बजरिलाई आज्ञा दिनुभयो कि बाबाको परिवारलाई श्रीनाथद्वार जानको व्यवस्था सिघ्र होस् । बाटामा साथमा आएको ड्राइभरले भनेकी राजाले तपाईहरुको विशेष मर्यादा राख्नु भयो यसरी कैले पनि दरवारी बैठक रोकिएको थिएन ।
औपचारिक रितीबाट दादाले खास उच्च शिक्षा हासिल गर्नु भएको थिएन तापनि उहाँको लगनशिलता र निरन्तर अभ्यासबाट सिन्धको विद्वानमा गनिनु हुन्थ्यो । हिन्दु ग्रन्थमा विशेष दखल थियो । गुरुमुखि ग्रन्थको विशेष रुची राख्नु हुन्थ्यो । अंग्रेजी समाचार पत्रको नियमित पाठक हुनुहुन्थ्यो । उहाँलाई पत्र व्यवहारमा कुसाग्रता थियो । उहाँ साहित्य एवं कलाको पारखी हुनुहुन्थ्यो । आफ्नो व्यापारिक जिवनमा हिरा जडित गहनाको आफ्नै मौलिक डिजाइनमा गहनाको नमुना सिर्जना गर्नु हुन्थ्यो । यस कार्यमा अरुको नक्कल गर्ने बानी उहाँमा थिएन ।
दादा और भक्ति
दादा बालक अवस्था देखिनै श्री नारायणको अनन्य भक्त हुनुहुन्थ्यो । श्री नारायणको स्मृती उहाँलाई यति प्यारो थियो कि आफ्नो पूजा कोठाको अतिरिक्त श्री नारायणको चित्र आफ्नो सुत्ने विस्ताराको तकिया मुनि सधैं राख्नुहुन्थ्यो । उहाँको दराज र पर्समा समेत श्री नारायणको चित्र हुन्थ्यो । दिनमा भए दादाको हात जहाँ जान्थ्यो त्यहाँ श्री नारायणको चित्र अगाडि पाउनुहुन्थ्यो । अन्यत्र बजारमा बनेको श्री नारायणको चित्रमा श्री नारायण सयन गर्नु भएको र श्री लक्ष्मी दासि समान नारायणको पाउ दवाई रहेको चित्र दादालाई मन पर्दैन थियो । किनकी स्त्री जातिलाई पुरुषको दासिको रुपमा नभै एक रथको दुई पाङ्ग्रा वरावर हुनुपर्दछ भन्ने दादाको मान्यता थियो ।
त्यसैले दादाले चित्रकारलाई श्री नारायण र लक्ष्मीको समान रुपको चित्र कोर्न लगाउनु भएको थियो । बाबाको भक्तिभाव यति नियमितता थियो कि आफ्नो घर व्यवहारको जस्तोसुकै कठनाईमा पनि भक्ति भावनामा चुक्नु हुन्नथ्यो । गिता प्रति उहाँको अतिनै श्रद्धा थियो । रेलमा यात्रा गर्दा पनि उहाँ गिता साथमा लिएर हिड्नु हुन्थ्यो । निश्चित समयमा पाठ गर्दै रहनु हुन्थ्यो । दादाको श्रद्धाको बारेमा ब्रम्हकुमारी बृजइन्द्राजीले लेख्नु भएको छ जो राजा महाराजा रइसहरुसँग दादाको हिरा ज्वाहरातको ब्यापारिक सम्बन्ध थियो । उहाँहरु बाबाकोमा अतिथि बनेर आउनु हुन्थ्यो । अतिथिहरुको आउने समय त्यहि हुन्थ्यो तर पनि दादा भक्तिभाव छोड्नु हुन्नथ्यो । दादाको भोज भतेर जे जति हुन्थ्यो पार्टिमा आउने पाहुनाहरु रक्सि र चुरोटको सेवन गर्न नपाएर ठट्यौलो पारामा भन्ने गर्दथे दादा पार्टि त फिक्का भयोनी । दादा मुस्कुराएर जवाफ दिनु हुन्थ्यो “तपाईहरुको विनोदको लागि मेरो आफ्नो धर्म थोडै भ्रष्ट गरुँ” तपाईहरुत मलाई कागतको नोट दिनुहुन्छ त्यस्को बदला मत तपाईहरुलाई हिरा ज्वाहारात दिन्छु” यो सुनेर सबै हलल्ल हास्दथे ।
दादाको अमरनाथ, हरिद्वार, प्रयाग, काशी, वृन्दावनको यात्रामा विशेष रुची थियो । साधु महात्माहरुलाई आफु कहाँ अतिथि बनाउन पाउँदा ज्यादै खुसि हुनुहुन्थ्यो । आफ्नो लैकिक गूरूप्रति ज्यादै श्रद्धा राख्नु हुन्थ्यो ।
क्रमशः….