Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खेत बचाउन माझीहरुको सक्रियता

प्रभातफेरी अनलाइन १४६८ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १८, आईतबार (१२ साल अघि)
खेत बचाउन माझीहरुको सक्रियता

चण्डेनीमण्डन ÷ काभे्र र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदी किनारा स्थित काभे्रको आँपचौरमा रहेका माझी समुदायहरु अहिले बगरमा रहेको आफ्नो खेत बचाउने अभियानमा लागेका छन् ।
हरेक दिन इन्द्रावती नदीमा माछा मार्न र घट्ट तथा डुङ्गा चलाउन जाने उनीहरु पछिल्लो एक दशक यता नदीमा माछा पनि पाइन छोडेको र आधुनिक मिलहरुको प्रयोगले घट्ट पनि चल्न छोडेका कारण बगर खेत बचाउने अभियानमा लागेका हुन् ।
कुनै विकल्प नभए पछि आफ्नो नाउँमा थोरै मात्र जग्गा भएका काभे्र चण्डेनीमण्डन –२, आँपचौरका माझीहरुको पछिल्लो समयको दैनिकी आसपासका छिमेकीहरुको खेतबारीमा ज्याला गर्न जाँदैमा बित्ने गरेको छ । ज्याला मजदुरी गरेर दिक्क भएका यीनै माझीहरु अहिले सक्रिय छन्, आफ्नो खेत बचाउने अभियानमा । इन्द्रावती नदी किनारामा भएको सार्वजनिक जग्गा (बगर) मा वर्षौं देखि खेती गर्दै आएका माझीहरु वर्षेनी त्यो खेत नदीमा आएको वाढीले बगाउँदा दिक्क हुने गरेका थिए । खेत बचाउने कुनै विकल्प देखेका थिएनन् , उनीहरुले । एक वर्ष खेत बनायो अर्को वर्ष बगरमा परिणत हुने गरेको समस्या लिएर समाधानका लागि गाविस र जिविस सम्म पुगेका थिए, माझीहरु । गाविसले दिएको थोरै सहयोगले अलिअलि मात्र काम गर्न सकेका यी वासिन्दाहरुको दैनिकीमा पछिल्लो एक वर्ष यता पुरै परिवर्तन भएको छ । उनीहरुको दैनिकीमा परिवर्तन ल्याईदिएको छ , जल उत्पन्न प्रकोप न्युनिकरण डिभिजन कार्यालय ,भक्तपुरले । यस संस्थाको सहयोगले यहाँका ६० घर परिवारका करिब पाँच सय वासिन्दाका लागि ४ सय रोपनी खेत बचाउन सकिने निश्चित भए पछि माझीहरु अहिले ढुक्क मात्र भएका छैनन् , अब अरुको खेतमा ज्याला गर्न जानु नपर्नेमा खुशि पनि देखिएका छन् ।
चण्डेनीमण्डन गाविसकै अहिले सम्मको सबै भन्दा ठुलो यस योजनाका लागि संस्थाले कामको प्रारम्भिक चरणमा २२ लाख रुपयाँ बराबरको आर्थिक सहयोग गरेको छ । योजनाको सम्पुर्ण काम सक्न करिब ४ वर्षको समय लाग्ने र ४ करोड रुपयाँ बराबरको खर्च हुने अनुमान गरिएको छ । चार सय रोपनी खेत जोगाउन इन्द्रावती नदी किनारामा सात सय मिटर लामो बाँध निर्माण गर्नु पर्ने हुन्छ । अहिले यहाँका माझीहरुले काममा सक्रियता देखाएर एक सय मिटर बाँध निर्माण गरिसकिएको र ४ सय पचास थान तारजाली भर्ने काम सम्पन्न भई सकेको संस्था प्रतिनिधी राजन दंगालले जानकारी दिए । उनी भन्छन्–‘ अब यहाँका माझीहरुको दैनिक जीवनमा ठुलो परिवर्तन हुने निश्चित छ । ’
सामाजिक, आर्थिक , राजनितिक र शैक्षिक रुपमा वर्षौं देखि पुरै पछाडि रहेका यहाँको माझी समुदाय अहिले आफैं पनि दंग छ । यसरी बगर खेतलाई जोगाउन सकिएला भनेर थोरै पनि नसोचेका स्थानिय युवा राजु माझी भन्छन्–‘ बगरको खेत बचाउने र बस्ती जोगाउने हाम्रो सपना पुरा हुन लाग्दा हामीलाई खुशि लागेको छ ।’ तर यति ठुलो योजनाको काम शुरु गरिंदा यहाँको माझी समुदाय बाहेक राजनितिक दलका स्थानिय प्रतिनिधीहरु तथा अन्य समुदायले यस तर्फ अलिकति पनि ध्यान नदिएकोमा भने आफु निराश रहेको उनले बताए । जे भए पनि आफ्नो लागि राम्रै कामको शुरुवात गरेको चण्डेनीमण्डनका माझीहरुको सामुहिक भनाई छ –‘ अब हाम्रा दुःखका दिनहरु विस्तारै सकिदै जाने छन् । ’
गएको वर्ष देखि शुरु गरिएको यस अभियानमा पहिलो चरणको काम सकिएपनि यस वर्ष दोस्रो चरणको काम हुनु पर्ने हो । तर अहिले सम्म यस तर्फ कुनै काम भएको छैन । ‘हामीले संस्थालाई अनुरोध गरेका छौं । केहि समय पछि नै काम शुरु हुने आश्वासन आएको छ । हेरौं के हुन्छ । ’ – राजु माझीले भने ।
संस्थाकै आर्थिक सहयोग र जनश्रमदानबाट आफूहरुको खेत बचाउने अभियान पुरा हुने यहाँका माझी समुदायले आशा गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0